काठमाडौं – नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका छन् । यस्तै, डेंगु संक्रमणका कारण ११ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए । तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको छ । हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ। डेंगु रोग रोकथाममा सरकारले गरेका यी हुन् प्रयास–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण तथा रोकथाम गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयात्मक प्रयास बारेमा निरन्तर छलफल गरिरहेको छ ।…
Author: Saru Shrestha
काठमाडौं – पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७९० जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । यो अवधिमा देशभर १३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल दुई हजार १२९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ – परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेशमन्त्री एस।जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटघाट भएको छ । जयशंकरले दुई जना बीचको भेटको तस्बिर ट्वीट गर्दै ‘भारतमा भएका उनी ९पौडेल०का छलफलहरू उपलब्धिपूर्ण रहेको थाहा पाउँदा खुसी लाग्यो’ लेखेका छन् । नेपालका परराष्ट्र सचिव पौडेलले उनका भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणमा सेप्टेम्बर १३ देखि भारतको औपचारिक भ्रमणमा छन् । दुई समकक्षीहरूबिच हिजै नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको थियो । दुई सचिव बीचको भेटमा दुई देशको सहकार्यका विविध विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले हिजो ९सेप्टेम्बर १३० जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुबीच ‘भारत तथा नेपालका प्रधानमन्त्रीबाट एक अर्काको…
जुम्ला – जुम्लामा धर्मपुत्रीको रूपमा राखिएकी बालिकामाथि बलात्कारको आरोप लागेका प्रेमराजा भनिने प्रेमजंग महत पुर्पक्षका लागि कारागार चलान भएका छन् । मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोग लागेका पाँच जना भने धरौटीमा छुटेका छन् । जिल्ला अदालत जुम्लाले सोमबार उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । घटनाको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले महतलाई २० वर्षको कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । दायर मुद्दामाथि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले महतलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । आदेशमा घटनाको मिलापत्र गराउने कार्यमा संलग्न रहेकालाई भने धरौटी माग गरिएको छ । त्यस्तै मुलुकी…
काठमाडौँ – पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दसैँको मुखमा व्यवसायीहरूले आफ्नो माग पूरा गर्न दबाब दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा पूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ । तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ ।…
धनगढी – दार्चुलामा भदौ २४ गते रातिको बाढीका कारण दुहु र ब्यास जोड्ने बाटो बन्द भएको छ। सदरमुकामलाई जोड्ने बाटो लास्कु खोलाको पुल बाढीले बगाएपछि पाँच दिनदेखि आवतजावत ठप्प भएको हो। वर्सात सुरु भएदेखि नै जिल्लाका दुई गाउँपालिका ब्यास र दुहुमा यातायात अवरुद्ध छ। लास्कु खोलाको बाढीले अहिले आवतजावत पूर्णरुपमा ठप्प रहेको स्थानीयले बताएका छन्। लास्कु खोलाको झोलुंगे पुल बाढीले बगाएपछि सदरमुकामसित दुहु र ब्यासको सम्बन्ध टुटेको दुहु गाउँपालिका २ का धनराज जोशीले बताए। लास्कुमा काठेपुल राखेर सदरमुकाम आवतजावतको प्रयास गरिए पनि खोलामा पानीको सतह नघटेकोले समस्या भइरहेको महाकाली नगरपालिकाले जनाएको छ। महाकाली नगरपालिका १ को कलौन, श्रीबगर बस्तीसँगै दुहु…
दार्चुला – यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको छ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएकाहरु फेला परेका छैनन् । बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । शुक्रबार रातिको अविरल वर्षाले जिल्लाको महाकाली नगरपालिका–३ मा रहेको दशरथ आधारभूत विद्यालयमा पूर्ण क्षति पु¥याएको थियो । लास्को खोलाको बाढीले डुङ्री विद्युत्को पावर हाउस, दुई झोलुङ्गे पुल र एक मोटरेबल पुल बगाएको थियो । बङ्गाबगरस्थित पार्किङमा राखेका जीप…
धनगढी – कैलालीको धनगढीमा डाक्टर गोविन्द केसीले सोमबारदेखि २०औं सत्याग्रह थालेका छन्। स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता मानिएका केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका हुन्। लामो समयसम्म पानी बाहेक अन्य खानेकुरा नखाँदा डाक्टर केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए। मंगलबार दिउँसोसम्म सामान्य रहेको डाक्टर केसीको स्वास्थ्यमा रातिबाट भने समस्या देखिन थालेको हो। डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा घट्न थालेको छ भने पिसाबमा क्रेटिन बढेको मेडिकल रिपोर्टमा देखिएको छ। डाक्टर केसीले विभिन्न ७ वटा माग राखेका छन्। डाक्टर केसीको सत्याग्रहको बुधबार तीन दिन पुगे पनि सरकारी पक्षबाट भने वार्ताका लागि कुनै पहल भएको छैन। तर…
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बालाजु क्षेत्रमा डोजर चलाएको छ । सरकारी जग्गामा बनाइएका अवैध संरचनामा महानगरले डोजर चलाएको हो । महानगरको अल्टिमेटम अटेर गर्ने व्यापारीहरूले बनाएका अवैध संरचनामा डोजर चलाइएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । उनकाअनुसार अवैध टहरा, आगन, पाली, बार्दली भत्काइएको हो । महानगरले यसअघि आजै सोह्रखुट्टे क्षेत्रमा पनि डोजर चलाएको थियो ।
काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरू संसद्को महाभियोग सिफारिस समितिमा बयान दिन नजाने भएका छन्। बुधबार बसेको सर्वोच्चको फुलकोर्ट बैठकले न्यायाधीशहरू समितिमा बयान दिन नजाने निर्णय गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आजको बैठकले उक्त निर्णय गरेको हो। यसअघि आजै समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आरोप लगाएका सर्वोच्चका न्यायाधीशहरूलाई पनि बयानमा बोलाउने निर्णय गरेको थियो। उनीहरूलाई समितिले चिठीसमेत काटिसकेको थियो। संसद पुनर्स्थापनाको फैसला गर्ने इजलासमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई थिए। समितिमा बयान दिने क्रममा राणाले सर्वोच्चका अन्य न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतलाई पनि नाम नै किटेर आरोप लगाएका थिए। सर्वोच्चका…