बैतडी – बैतडीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका २ डाँगा टोलकी २६ वर्षीया निर्मला लुहारको सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए । शनिबार राती गोठमा चौपायालाई घाँस हाल्न गएकी लुहारलाई सर्पले टोकेको र लुहारलाई स्थानीय बैद्यकहाँ लगिएको थियो । बैद्यकहाँ झारफुककै क्रममा ती महिलाको मृत्यु भएको प्रहरी निरिक्षक जोशीले बताए । लुहारका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् । उनकी एक छोरी रहेको बुझिएको छ । मृतक लुहारको शव पोष्टमार्टम पछि आइतबार आफन्तको जिम्मा लगाएको बैतडी प्रहरीले जनाएको छ ।
Author: Saru Shrestha
सुर्खेत – जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नवीन चापागाईंले विनाकारण प्रहरी हवल्दारलाई कुटपिट गरेका छन्। उनले शनिबार बिदामा रहेका हवल्दार हरि आरसीलाई कार्यालयमा बोलाई कुटेका हुन्। जिल्ला कारागार, डोल्पामा कार्यरत सल्यान सिद्धकुमाख गाउँपालिका(३ घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ। उनको जिल्ला अस्पताल, डोल्पामा उपचार भइरहेको छ। थप उपचारका लागि उनलाई नेपालगञ्ज पठाउन लागिएको छ। ‘बिदाको दिन म साथीहरूसँग बसेर रमाइलो गरिरहेको थिएँ। इन्सपेक्टर साबले बोलाउनुभयो। म विशेष काम परेको होला भनेर मादक पदार्थ सेवन गरे पनि उहाँलाई भेट्न गएँ तर उहाँले मलाई एक्कासी कुटपिट गर्नुभयो’‚ उनले भने, ‘कुटपिटबाट मेरो बायाँ…
काठमाडौँ – ब्ल्याकमेलिङ गर्दै ६ वर्षदेखि यौन शोषण गरेको अभियोगमा विराटनगरका एक जना व्यवसायी पक्राउ परेका छन्। अहिले २० वर्ष पुगेकी ती किशोरी १५ वर्षको हुँदादेखि जबरजस्ती गर्दै आएको अभियोगमा विराटनगर-६ का ३० वर्षीय मोहम्मद रिजवान अन्सारी पक्राउ परेका हुन्। पक्राउ परेका अन्सारीको विराटनगरमा चस्मा पसल छ। अन्सारीमाथि ती किशोरीलाई २०७४ देखि जबरजस्ती गरेको अभियोग छ। पहिलो पटक बलात्कार गरेको भिडिओ खिचेको र त्यही सार्वजनिक गर्ने धम्की दिँदै निरन्तर यौन शोषण गर्दै आएको खुलेको मोरङ प्रहरीले जनाएको छ। यसरी ब्यालकमेलिङ गर्दै अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीले बताएको छ ।बलात्कारको सिकार बनेकी किशोरीको जबरजस्ती करणीबाट…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डोलप्रसाद अर्यालले उपसभापतिबाट राजीनामा दिएका छन्। शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्। आज संसदीय दलको भर्चुअल बैठक बसेर अर्यालले राजीनामा बुझाए । राजीनामा बुझाएसँगै स्वीकृत गर्ने प्रक्रियामा छ। अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन्। यस्तै, पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्दै छन्।
काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्किने भएका छन् । भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार उनी नेपाल वायुसेवा निगमको मुम्बई–काठमाडौं नियमित उडानबाट स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भण्डारीले नेपालमा नै गर्नेछन् । प्रतिनिधिसभा सदस्य समेत रहेका भण्डारी फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारत गएका थिए । ग्यास लिक भएर भण्डारी घाइते भएका थिए । सोही घटनामा घाइते भण्डारीकी आमाको उपचारका क्रममा निधन भएको थियो ।
सर्लाही – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् । सर्लाहीका प्रथम सहिद इन्द्र कोइराला परिवारलाई आवास हस्तान्तरण कार्यक्रममा उनले वर्तमान सरकारलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री श्रेष्ठले अहिले पनि दलितलगायत निमुखा वर्गले विभेदपूर्ण व्यवहारको सामना गर्नु परिरहेको बताउँदै सामाजिक परिवर्तनका लागि थप योगदान आवश्यक रहेको उल्लेख गरे । जनयुद्धबाट प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने चरणमा अहिलेको सरकार लागिपरेको बताउँदै गृहमन्त्री श्रेष्ठले सङ्क्रमणकालीन न्याय, सबै प्रकारका विभेद तथा अन्याय, अत्याचार र उत्पीडित वर्गको मुक्तिका लागि भएको आन्दोलनका उपलब्धिलाई भुल्न नहुने स्पष्ट पारे ।…
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेकोमा नेपाल सरकारले उचित सम्मान गर्ने बताएका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको कुवेत विरुद्धको खेल रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेको हो। भारी वर्षाका कारण रद्द भएपछि नेपालले फाइनल खेल युएईसँग खेल्ने भएको हो। ‘एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले हार्दिक बधाई व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भनेको छ।
काठमाडौँ – नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवशका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरे । सो पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । कार्यक्रममा उपप्रधानमन्त्री खड्काले मुलुकको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताए । ‘राजनीतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा सहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्वपूर्ण योगदान रह्यो’, उनले भने । अधिनायकवादी सोच परास्त गर्न साहित्यकार काइलाले गरेको योगदान बिर्सन नसकिने उनको भनाइ छ । मुलुकमा देखिएको बेथितिको अन्त्य, अर्थतन्त्रलाई माथि उठाउनुपर्ने चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको जनाउँदै उनले देश र जनतालाई…
धनगढी – धनगढीमा एक घरभित्र सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ। धनगढीको मिलन चोक नजिकै रहेको एक घरमा सडेको अवस्थामा शव फेला परेको हो। यस विषयमा थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय कैलालीको टोली घटना स्थल गइरहेको प्रवक्ता कुलदिप चन्दले बताए ।
अछाम – ट्याक्टर दुर्घटना हुँदा अछाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–६ सोडसाबाट नुवाघरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त २९९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३३ वर्षीय ध्रुव कुँवरको मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भएर शुक्रबार राति दुर्घटना हुँदा मेल्लेख गाउँपालिका–१ का कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।