काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेकोमा नेपाल सरकारले उचित सम्मान गर्ने बताएका छन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको कुवेत विरुद्धको खेल रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेको हो। भारी वर्षाका कारण रद्द भएपछि नेपालले फाइनल खेल युएईसँग खेल्ने भएको हो।
‘एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले हार्दिक बधाई व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भनेको छ।
Facebook Comments Box