Author: Saru Shrestha

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न माग गरेका छन् । राप्रपा नेपालले ३०१औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचारभन्दा माथि रहेको भन्दै नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभइ नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको बताए । उनले राज्यले शाहलाई सम्मानमा दिन कन्जुस्याइँ गर्न नहुने बताए । ७४ सालमा आफू सरकारमा रहँदा राज्यले नै ओपचारिक रुपमा पृथ्वी जयन्ती मनाइएको स्मरण गर्दै यसपटक पृथ्वी जयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएको प्रति रोश प्रकट गरे…

Read More

काठमाडौं – पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी दिपक गिरीले बताए । मृत्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव छन् । पत्थर कोइला बालेर झ्यालढोका बन्द गरी कोठामा सुतेका दुवै जनाको अक्सिजन कमी हुँदा निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

Read More

सुर्खेत – कर्णाली प्रदेशमा पुरै कार्यकाल मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) लाई दिने शीर्ष नेताले गरेको निर्णय कर्णालीमा उल्टीएको छ । आधा, आधा कार्यकाल माओवादी र नेकपा एमालेले लिने गरी पहिलो चरणमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मालाई मुख्यमन्त्री बनाएसँगै मन्त्रालय समेत घटाउने सहमति भएको छ । मुख्यमन्त्रीसहित आठ मन्त्रालय रहेको कर्णालीमा अब स्थापना कालमा रहेका सात मन्त्रालयलाई नै कायम गर्ने निर्णय सहमतीसमेत गरिएको छ । कर्णालीमा प्रदेश सरकार गठन र सञ्चालनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चारे बुँदे सहमति भएको छ । बुधबार नेकपा एमाले र माओवादी केन्द्र कर्णाली प्रदेशको नेतृत्वबीच चार बुँदे सहमतिमा हस्ताक्षर गरेर सहमति भएको…

Read More

काठमाडौँ – नेपाली सेनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मृतिमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७९ विविध कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ । यसै क्रममा पुस २१ गतेदेखि पुस २७ गतेसम्म एकीकरण मार्ग पदयात्रा सञ्चालन भएको थियो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानको थालनी गर्ने बेला स्थापना भएका पाँच वटा पल्टनको प्रतिनिधित्व हुने गरी सञ्चालन भएको पदयात्रा गोरखाबाट धादिङ, नुवाकोट, काठमाडौँ हनुमानढोका हुँदै जङ्गी अड्डा पुगेर समापन भएको हो । त्यस पदयात्रा टोली काठमाडौँ पुगेपछि पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रममा गरिएको थियो । यस अवसरमा जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डामा रहेको…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोमा पुगेका छन् । बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका छन् । प्रधानमन्त्रीले मङ्गलवार संसदमा असाधारण विश्वासको मत पाएपछि मन्त्रीपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड मन्त्रीपरिषद् विस्तारको तयारीमा छन् ।

Read More

सुर्खेत – कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्माले नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ वमोजिम मुख्यमन्त्रीका लागि दावी गर्न दलहरुलाई आव्हान गरेका थिए।सोही वमोजिम नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी सहितको समर्थनमा शर्माले मुख्यमन्त्रीको दावी पेश गरेका हुन् । कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना प्रदेशसभा सदस्य रहेका छन् । कुल ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक हुन्छ । जसअनुसार माओवादी, एमाले, राप्रपा र समाजवादी गरी २५ सांसदको समर्थन रहेको छ। राप्रपाले एक मन्त्रालय…

Read More

लमजुङ – विपन्न समुदायलाई लक्षित गरी गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच पुर्याउने उदेश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रममा लमजुङमा २८ हजारभन्दा बढीले स्वास्थ् बीमा गरेका छन् । लमजुङमा २०७७ माघ महिनादेखि शुरु भएको उक्त कार्यक्रमअन्र्तगत हालसम्म जिल्लाका १२ हजार ६ सय ३५ परिवारका २८ हजार ४ सय ५८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समिति मार्फत स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो । जिल्लामा स्वास्थ्य बीमामा आवद्धमध्ये विमा शुल्क शतप्रतिशत वुझाउने ५ हजार १ सय ३४ परिवार रहेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी…

Read More

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्न नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ लगायतका मुद्दामा लिखित प्रतिबद्धता मागेको छ । नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले प्रदेश सरकार गठनमा समर्थन गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताउँदै पार्टीले उठाएका माग मुद्दाका विषयमा लिखित प्रतिबद्धता दिनुपर्ने माग अघि सारिएको जानकारी दिए । पार्टीका संस्थापक रेशम चौधरीलाई डिल्लीबजार कारागारमा भेटेर फर्किएका उनले सोमबार रातिसम्म विभिन्न कोणबाट छलफल जारी रहने बताए । चौधरीले पार्टीले उठाएका माग मुद्दा सम्बोधन गर्ने विषयमा लिखित प्रतिबद्धता नआएमा प्रतिपक्षीमा बस्ने बताए । तर नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधिसभाका प्रमुख सचेतक गङ्गाप्रसाद चौधरीले भने अहिलेकै…

Read More

सल्यान – सल्यानमा स्कर्पियो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको बाग्चौर नगरपालिका-२ बाग्चौरबाट थारमारे जाँदै गरेको लु३च ७८४ नम्बरको स्कर्पियो स्थानीय बसपार्क नजिकैको घुम्तीमा मंगलबार बेलुका ७:३० बजे दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा बाग्चौर नगरपालिका ४ सिमखोलीका २५ वर्षीय चालक दिपेन्द्र बस्नेत, थाराचौरका २३ वर्षीय प्रेम डाँगी र वडा नम्बर ९ कुइयापानीका २४ वर्षीय प्रभाकर ओली रहेका छन् । घाइते सबैको अहिले जनप्रिय पोलिक्लिनिक बाग्चौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिलाई प्रवर्धन गर्न सके आर्थिक विकासमा फड्को मार्न सकिने बताएकी छन् । कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्त रूपमा मङ्गलवार काठमाडौँमा आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ कार्यक्रममा राष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिमा आधारित पर्यटन प्रवर्द्धनको ठोस योजना तथा कार्यक्रम अगाडि सारेर यसको कार्यान्वयन गर्न सके आर्थिक विकासमा फड्को मार्न सकिने बताइन् । उनले आधुनिक, भौतिक र पूर्वाधार विकासका दृष्टिले कर्णाली पछि परे पनि सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताइन् । गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी कर्णालीमा रहेको प्राकृतिक स्रोत र साधन सदुपयोग गर्न सके…

Read More