Author: Saru Shrestha

धनगढी – सिक्किमकी साहित्यकार अप्सरा दाहालले आफूले प्राप्त गरेको पुरस्कार राशीमा पाँच हजार थप गरेर साहित्य समाजलाई नै सहयोग गरेकी छन्। धनगढीस्थित सुदूरपश्चिमाञ्चल साहित्य समाजले चैत १० देखि १३ गतेसम्म आयोजना गरेको विश्व नेपाली साहित्य महोत्सवका अवसरमा दाहाललाई २५ हजार राशीको पुरस्कार प्रदान गरेको थियो। उक्त पुरस्कारमा पाँच हजार थप गर्दै दाहालले समाजलाई नै सहयोग गरेकी हुन्। उनले साहित्य समाजले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा ठूलो टेवा पुर्‍याउँदै आएको भन्दै समाजको कामबाट प्रभावित भएर आफूले प्राप्त गरेको सम्मान राशीमा पाँच हजार थप गरेर सहयोग गरेको बताएकी छन्।

Read More

वासिङ्टन – अमेरिकी सेनाको हेलिकप्टर अमेरिकाको मध्य पूर्वी राज्य केन्टकीमा एक प्रशिक्षण अभियानका क्रममा दुर्घटनाग्रस्त हुँदा नौ सैनिकको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । अमेरिकी सैन्य विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल एन्थोनी होफ्लरले बुधवार राति भएको ब्ल्याक हक हेलिकोप्टर दुर्घटनामा नौ जना सैनिकको मृत्यु भएको पुष्टि गरेका हुन् । अमेरिकी सेनाका दुई वटा हेलिकप्टर केन्टकीमा दुर्घटनाग्रस्त भएका हुन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधवार राति एक आपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ । घटना लगत्तै प्रहरी र आपत्कालीन सेवाका अधिकारीहरू दुर्घटना स्थल पुगेका केन्टकीका गभर्नर एन्डी वेशियरले बताएका छन् ।

Read More

काठमाडौँ – १७ करोड मूल्य बराबरको भएको झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लैजान लागिएको उक्त परिमाणको कोकिन बरामद गरी भारत घर भएका भल्लालोमी र इस्थर ललिमपुईलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार त्यसको अवैध बजार मूल्य अहिले रु १७ करोडभन्दा बढी छ । दुई जनाले फरक फरक झोलामा फरक फरक समयमा हवाई मार्ग हुँदै कोकिन निकासी गर्न लागेको पनि ब्युरोले जानकारी गराएको छ । उनीहरूले लगेजमा फल्सबटम बनाएर अवैध लागुऔषध कोकिन भारत लैजान लागेका थिए । विमानस्थल सुरक्षा कार्यालय…

Read More

पोखरा – नेपाली काँग्रेसले नेता गोविन्द भट्टराईको नाम टुङ्गो लगाएसँगै काँग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् स्वर्णिम वाग्ले उम्मेदवार बन्ने चर्चाले तनहुँमा तरङ्ग ल्याएको छ । गोविन्द र वाग्लेको चर्चाबिच एमालेलाई पनि उम्मेदवार टुङ्ग्याउन दबाब परेको छ । तनहुँ–२ मा काँग्रेसका शङ्कर भण्डारीसँग पराजित भएका एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले आफू उपचुनावमा नउठ्ने बताएका छन् । गुरुङ पछि हटेसँगै एमालेबाट पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको चर्चा सुरु भएको छ । स्थायी कमिटी सदस्य गुरुङले पनि खनालको सम्भावना रहेको बताए । सर्वेचन्द्रले बिहीबार तनहुँ पुगेर क्षेत्रीय समन्वय कमिटीमा आवेदन पेस गरेका छन् ।

Read More

काठमाडौं – नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो । कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । यस्तै अर्का उपसभापति धनराज गुरुङ् सामान्य प्रशासन, एनपी साउँद शहरी विकास, सिता गुरुङ् भूमि ब्यवस्था, डिग बहादुर लिम्बू कानुन, प्रकाश शरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

Read More

काठमाडौँ । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णयविरुद्ध परेको रिट निवेदनलाई दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले रिट निवेदन दर्ता नगर्ने भनी अदालत प्रशासनले गरेको आदेशलाई बदर गरेको हो । अधिवक्ता ज्ञानेन्द्र आरण लगायतले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णयले हिंसालाई प्रोत्साहन गरेको भन्दै त्यसलाई बदर गर्न माग गरी सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए ।

Read More

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले बुधवार(हिजो) विभिन्न निकायमा कार्यरत उपसचिव तथा केही स्थानीय तहहरूका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो । ११ जना उपसचिवहरूलाई प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको छ भने एक/एक जना उपसचिवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला समन्वय समिति ललितपुरमा सरुवा गरेको छ । त्यसैगरी १० जना प्रमुख प्रशासकीय अधिकृतहरू साटफेर भएका छन् भने १ जनालाई प्रदेश र तीन जनालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तान्दै एक जनालाई जिल्ला समन्वय समितिबाट प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

Read More

मुगु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मुगुको अध्यक्षमा नेत्रजङ्ग रावल सर्वसम्मत चयन भएका छन् ।  बुधबार  भएको संघको छैटौऔं जिल्ला अधिवेशनले रावललाई  अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्ष रावलको नेतृत्वमा उपाध्यक्षमा शैलेन्द्र शाही, कोषाअध्यक्ष डेलीमा भण्डारी (बीशी)  सचिवमा धन बहादुर लामा, उपसचिव लोकेन्द्र बुढा, महेन्द्र शाही सर्वसम्मत चयन भएका छन् ।  यस्तै सदस्यमा भक्त रावलसहित अन्य ४९ जना चयन भएको राष्ट्रिय युवा संघ नेपाल मुगुका अध्यक्ष रावलले जानकारी दिए । नेकपा एमालेका सचिव तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले सभा उद्घाटन गरेका थिए ।

Read More

धनगढी – धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस (केएमसी)ले प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सुदूरपश्चिम विश्व विद्यालय अन्र्तगत रहेको केएमसीमा पहिलो पटक सम्मेलन हुन लागेको बिहिबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । यहि चैत १८ र १९ गते हुने सम्मेलनमा मुलुकभरका प्राध्यापक तथा उप–प्राध्याकहरुले आफ्नो अध्ययन र अनुसन्धान प्रस्तुत गर्नेछन् । केएमसीका उप–प्राध्यापक मोहनसिंह साउँदले दिएको जानकारी अनुसार सम्मेलनमा ६२ जनाले विभिन्न विषयमा आफ्नो प्रस्तुति राख्नेछन् । ‘सम्मेलनमा आफ्नो प्रस्तुति राख्नका लागि देशव्यापी रुपमा ७६ जनाको दावी परेको थियो’, साउँदले भने । सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, नेपाल सांस्कृतिक विश्व विद्यालय, त्रिभुवन विश्व विद्यालय, काठमाण्डौँ विश्व विद्यालय, गण्डकी विश्वविद्यालय…

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूलाई निजी क्लिनिकमा नाम नराख्न सचेत गराएको छ। मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मन्त्रालयले यस्तो भएको पाइए उक्त चिकित्सकमाथि प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

Read More