मुगु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मुगुको अध्यक्षमा नेत्रजङ्ग रावल सर्वसम्मत चयन भएका छन् ।
बुधबार भएको संघको छैटौऔं जिल्ला अधिवेशनले रावललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्ष रावलको नेतृत्वमा उपाध्यक्षमा शैलेन्द्र शाही, कोषाअध्यक्ष डेलीमा भण्डारी (बीशी) सचिवमा धन बहादुर लामा, उपसचिव लोकेन्द्र बुढा, महेन्द्र शाही सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यमा भक्त रावलसहित अन्य ४९ जना चयन भएको राष्ट्रिय युवा संघ नेपाल मुगुका अध्यक्ष रावलले जानकारी दिए ।
नेकपा एमालेका सचिव तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले सभा उद्घाटन गरेका थिए ।
Facebook Comments Box