Author: Saru Shrestha

काठमाडौँ – उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश उल्टाइदिएको छ। इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ। लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको हो ।

Read More

काठमाडौं – प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो  ।  पक्राउ पर्नेमा प्रकाश योगी, कपिल गिरि, प्रेम कठायत र डिल्लीराज अवस्थी रहेका छन् । उनीहरुले ईसेवामार्फत सो रकम कारोबार गरेको पाइएको हो । ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट उनीहरू पक्राउ परेको परेको प्रहरीको भनाइ छ । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

चितवन – चितवनका उद्योगीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग उद्योगीले भोगेका समस्याको बारेमा छलफल गरेका छन् । चितवन उद्योग संघको आयोजनामा उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयमा आज छलफल भएको हो । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा भएको छलफलमा संघका उपाध्यक्ष युग राज वस्तीले संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक पाठशाला, औद्योगिक शिक्षालय, बिक्री केन्द्र, वर्तमान समयमा उद्योगीहरुका समस्या र समाधानकालागि सुझावहरु सहितका विषयमा लामिछानेलाई जानकारी गराएका थिए । जानकारीपछि गृहमन्त्री लामिछानेले संघले अघि सारेका परियोजना निकै महत्वपूर्ण रहेको बताए । आफूलाई चितवनका जनताले दिएको…

Read More

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई ६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले राईनास नगरपालिका ९ बस्ने वर्ष ४२ का बेलराम गुरुङलाई पक्राउ गरेको हो । ०७४ मंसिर ११ गते राति साढे ९ बजेको समयमा लमजुङ राईनास नगरपालिका ९ कुडुले बस्ने वर्ष ५४ को हितमान श्रेष्ठलाई चिरपाट दाँउरा(काठ) टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी निज घटनापश्चात फरार रहेका थिए । घटनालगत्तै फरार रहेका प्रतिवादी चितवन जिल्लातर्फ लुकिछिपी बसेको हुन् सक्ने विशेष रुपमा सूचना संकलन गरी जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको विशेष अनुसन्धान प्रहरी टोलीले निज प्रतिवादी बेलराम गुरुङलाई जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १६ विजयनगरस्थित…

Read More

काठमाडौँ – नेपाली काँग्रेसले सभामुख र उपसभामुख निर्वाचनमा उम्मेदवारी दिनुअघि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ। बिहीबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक गरी काँग्रेसले सत्ता र प्रतिपक्षमा रहेका सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

Read More

सुर्खेत – कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै  मन्त्रिमण्डल पनि विस्तार गरेका छन् । मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र नेकपा ( माओवादी केन्द्र)का प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । दैलेखको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित शाह र मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाहीले पनि बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँमन्त्रीको मन्त्रालय तोकिएको छैन । सत्ता गठबन्धनमा थप छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र मन्त्रालयको पनि भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री शर्माले बताए । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच एमालेले तीन र माओवादीले मुख्यमन्त्री तथा…

Read More

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपराह्न एमाले संसदीय दलका नेता समेत रहेका रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । रावलले ३ सदस्यीय मन्त्रिपरिषद् पनि बनाएका छन् । माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले बिहीबार नै मन्त्रीको शपथ लिएका छन् । भट्ट मुख्यमन्त्रीका दाबेदार पनि हुन् । सत्ता गठबन्धनमा भएको आलोपालोमा पहिलो मुख्यमन्त्री एमालेको भागमा गरेपछि भट्ट मन्त्री नै बन्न तयार भएका हुन् ।

Read More

काठमाडौँ – मन्त्रीहरूको भागबण्डा टुङ्गो लगाउन भोलि (बिहीबार) सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार सत्ता गठबन्धनका बैठक तय भएपनि समय भने निर्धारण हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्डले मङ्गलवार प्रतिनिधि सभामा विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार गर्न जुटेका छन् । त्यसै अनुसार प्रधानमन्त्री प्रचण्ड गोरखाबाट आएर आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गर्न उनको निवास बालकोट पुगेका थिए । दुई नेताबीच मन्त्रिपरिषद् विस्तारको विषयमा केही गृहकार्य भएको प्रचण्डको सचिवालयले जनाएका छ । सचिवालयका अनुसार भोलि (बिहीबार) गठबन्धनका नेताहरुबीच थप छलफल गरेर मन्त्रीको टुङ्गो लगाइने छ ।

Read More

काठमाडौँ – नेपाल बैंकर्स सङ्घले माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । २७ पुस बिहीबार बैंकर्स सङ्घले १ माघदेखि नेपाल राष्ट्र बैङ्कले गरेको व्यवस्था भित्र रहेर निक्षेपको ब्याजदर घटाउने निर्णय भएको बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले बताए । हाल वाणिज्य बैङ्कहरूले मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । यस्तै नेपाल राष्ट्र बैंक्ले व्यक्तिगत र संस्थागत मुद्धति निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुले अन्तर कायम गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार संस्थागत मुद्धति निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत रहेको छ । यस्तै मुद्दती निक्षेपको अधिकतम र बचतको न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत कायम गर्नुपर्ने केन्द्रीय बैङ्कको…

Read More

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकका लागि जनताको हितमा सधैँ काम गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताएका छन् । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता महरले मुलुकमा सधैँ अप्ठ्यारो पर्दा कांग्रेसले नै निकास दिने भएकाले कांग्रेस नै जनताको पार्टी र लोकतन्त्रको पर्यायवाची भएको बताए । ‘गठबन्धन गरेर चुनावमा जानु प्रतिउत्पादक हुन्छ भनेर मलगायत केही नेताले भनेका थियौं । तर, तीनै तहको निर्वाचन सम्पन्न गरेर संविधानको सफल कार्यान्वयन र संघीयताको रक्षा गर्नै पर्ने बाध्यता कांग्रेससामू थियो । त्यसैले हामीले प्रतिउत्पादक हुन्छ भन्ने जान्दाजान्दै पनि गठबन्धन गर्‍यौं । यो मुलुकको हितका लागि…

Read More