काठमाडौं – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले रंग फेर्ने प्रतियोगितामा छेपारोले पुष्पकमल दाहाल प्रचण्डसँग हार्ने टिप्पणी गरेका छन् । एमालेसँग सहमति तोडेर राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिए पछि एमाले नेता बास्कोटाले सो टिप्पणी गरेका हुन् । ‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ,’ बाँस्कोटले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।’ एमालेसँग १० पुसमा भएको सहमति तोडेर अघि बढेका प्रचण्ड प्रति आक्रोशित बाँस्कोटाले एमालेले अब आफनै लयमा हिडनु पर्ने पनि बताएका छन् । ‘एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा…
Author: Saru Shrestha
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा संयुक्त बैठक बोलाएको प्रवक्ता एवंम प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। परिवर्तित राजनीतिक परिस्थितिबारेछलफल गर्न बैठक बोलाइएको उनले जानकारी दिए। यसअघि शुक्रबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ । संयुक्त बैठकले सरकारमा बस्ने नस्नेबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।
डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिकाले पालिका भित्र रहेका ८१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई शुक्रबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ । स्वयम्सेवि भावका साथ निरन्तर समुदायमा रहेर महिलाहरूको स्वास्थ्य तथा सामाजिक सचेतना फैलाउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष बिस्ना देउवा बमले बताइन् । उपाध्यक्ष देउवाले भनिन् ‘बोगटान फुड्सिलका महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यका क्षेत्रमा मात्र नभई राज्यका महत्त्वपूर्ण अभियानहरूलाई सफल बनाउनमा अहम् भूमिका खेलेकोले प्रोत्साहन स्वरूप सम्मान गरेको बताए । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मान गरिएको हो । उपाध्यक्ष बमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा…
काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ। आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
तेह्रथुम – तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्ती खर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन् । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ । तामाङ समुदायको बसोबास रहेको हात्ती खर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए । आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको…
काठमाडौँ – राष्ट्रपतिको उम्मेदवार तय गर्न काँग्रेसले भोलि बिहान साढे ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण सिटौलाको दाबी छ । कतिपयले सभापति शेरबहादुर देउवा राष्ट्रपति बन्न सुझाएका छन् । तर उनले अहिलेसम्म कुनै रुचि देखाएका छैनन् । एक नेता भन्छन्, ‘उहाँले नै चाहनुभयो भने त सजिलै सहमति जुट्छ ।’ त्यसैले भोलि पौडेल र सिटौला मध्ये एक उम्मेदवार हुने सम्भावना छ । काँग्रेसका शीर्ष नेताहरूका अनुसार काँग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम करिब टुङ्गिए जस्तै हो । यद्यपि सिटौलाले अझै आस मारिसकेका छैनन् । उनले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लबिङ गर्दै…
काठमाडौं – नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ। बालुवाटारमा आठ दलले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएको एमाले उच्च स्रोतले जानकारी दिएको छ। शीतल निवासमा भएको भेटघाटमा अध्यक्ष ओलीले भोलि (शनिबार) बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने जानकारी राष्ट्रपतिलाई दिएको एमालेका एक नेताले बताए।
काठमाडौं – बालुवाटारमा बसिरहेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो । राष्ट्रपति कांग्रेसले लिने सहमति भएको स्रोतले बतायो । बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो ।
काठमाडौं – आकाशमै विमान परिचारिका (एयर होस्टेस)लाई काखमा राखेर ल्याएको पाइएपछि दुई पाइलट निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ बाट १२ साउनमा काठमाडौं फर्कँदै गर्दा आकाशमै एयर होस्टेसलाई ‘दुर्व्यवहार’ गरेको भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त उडानका चालक दलका सदस्यहरूलाई निलम्बन गरेर छानबिन थालेको हो । प्राधिकरणका स्रोतका अनुसार क्याप्टेन र को–पाइलटले एयर होस्टेसलाई ककपिटमा बोलाएर उडान अवधिभर काखमा राखेको पाइएको छ । ‘इनफ्लाइट सुपरभाइजर (‘एयर होस्टेस’को लीडर)लाई ककपिटमा बोलाएर उडान अवधिभर काखमा राखेको र जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्दा समेत ती ‘एयर होस्टेस’ आफ्नो जिम्मेवारीमा नफर्किएको भन्दै अन्य ‘एयर होस्टेस’ले उजुरी दिएपछि…
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ जना सहसचिवको सरुवा गरेको छ । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ६१ जना सहसचिवको सरुवाको निर्णय गरेका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव श्यामप्रसाद भण्डारी प्रदेश-१ को आर्थिक तथा योजना मन्त्रालयमा सरुवा भएका छन् । अख्तियारमा भने बद्री बहादुर कार्की पठाइएका छन् । यस्तै प्रदेश-१ मा आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सहसचिव शिवकुमार कार्कीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरूवा गरिएको छ । गृहमन्त्रालयमा कार्यरत सहसचिव उमेश कुमार ढकाललाई मधेश प्रदेशको प्रदेश तथा नीति योजना आयोगमा पठाइएको छ भने गृहकै अर्का सहसचिव प्रेमप्रसाद भट्टराईलाई मधेश…