लमजुङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारी नियम उल्लंघन गर्ने सवारी तथा यातायातका साधनहरुबाट चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४० लाख भन्दा बढी राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार चालु आर्थिक बर्षको शुरु देखि माघ मसान्तसम्म नियम उल्लंघन गर्ने कूल ५ हजार ९ सय ५० सवारी साधनलाई कारबाही गरी जरिवानाबाट ४० लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । ट्राफिक प्रहरी कार्यालयले पुसमा सबैभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । उक्त महिनामा १ हजार १०० सवारी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय, लमजुङका अनुसार गत आर्थिक बर्षमा सवारी नियम उल्लंघन गर्ने ५ हजार ४ सय…
Author: Saru Shrestha
मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रकारका स्रेत साधनहरू जुटाइन्छ, तर त्यसको फलस्वरुप नतिजा भने राम्रो देखिँदैन । पर्यटकलाई थप आकर्षक गर्न रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले मोटरबाेट ल्याएको थियो । गत आर्थिक वर्ष निवर्तमान वार्डेन बद्रि विनोद दाहालको कार्यकालमा ल्याइएको मोटरबाेट करिब आधा बितिसक्दा पनि सञ्चालनमा नआउँदै बिग्रिनुका साथै रारातालको छेउमा थन्किएको छ । दाहालको कार्यकालमा सञ्चालनमा ल्याउने भनिएको उक्त मोटर बुट सञ्चालन नआउँदा रारा राष्ट्रिय निकुञ्ज कार्यालयको एउटा कोठामा थन्किएको थियो । उक्त बुट १८ लाखमा खरिद गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ । विशेष गरेर उक्त मोटर…
धनगढी: धनगढीको छ लेन सडकको एक भिडिओ भाइरल बनेको छ। आज (बिहीवार) धनगढी-अत्तरिया छ लेन सडकस्थित बिचमा राखिएको जाली वारपार गरिरहेको दृश्य भाइरल बनेको हो। सो दृश्य धनगढीका पत्रकार तेज बोहराले कैद गरेर सार्वजनिक गरेका थिए। उनले भिडिओ सार्वजनिक गर्दै लेखेका छन्, ‘हामी कतिसम्म असभ्य छौँ। यो भिडियो हेरेर अनुमान गरौं। ठुलाठुला आदर्शका कुरा गर्छौं। ३ सय मिटर पैदल हिड्न अल्छी गर्छौ। आफू (नागरिक) नसुध्रीएसम्म गोपाल, बालेन, हर्क जो आएपनी केहि हुँदैन। धनगढी-अत्तरिया ६ लाइन सडक।’ यो भिडिओ सार्वजनिक भएर भाइरल बनेपछि अहिले मानव चेतना, ट्राफिक नियम, लेन नियम लगायत समग्र धनगढीका स्थानीयको आलोचना भैरहेको छ। भिडिओको दृश्यमा ट्राफिक प्रहरी…
जनकपुरधाम – उत्पादनको दृष्टिकोणले सबैभन्दा बढी उत्पादन हुने धनुषा जिल्लामा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ९७ करोड १९ लाख ८९ हजार २ सय मुल्य बराबरको ३२ हजार ७ सय ६० मेट्रिक टन कम धान उत्पादन भएको छ । कृषि ज्ञान धनुषाका अनुसार चालु आर्थिक वर्ष साउनदेखि पुससम्मको तथ्यांक हेर्दा किसानहरुले बर्खे धान ४८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा धान खेती गरेकोमा १ लाख ४६ हजार २ सय ८० मेट्रिक टन धान उत्पादन गर्न सकेको छ । तर, त्यही किसानहरुले अघिल्लो वर्ष सोहीअवधिमा ५५ हजार ८ सय ६ हेकटर क्षेत्रफल धान खेती गरेकोमा १ लाख ७९ हजार मेट्रीक…
काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत प्रस्थान गरेका हुन् । जी–२० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयका चुणमणि अर्यालले जानकारी दिए । । उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत प्रस्थान गरेका छन् । नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । जी २०…
काठमाडौँ – सङ्खुवासभाको डिभिजन वन कार्यालयका सहायक वन अधिकृतलाई कुटपिट गरेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का कार्यकर्ता लोकेन्द्र लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए। बुधबार बेलुकी ५ बजे कार्यकक्षमै प्रवेश गरेर विप्लव कार्यकर्ता लिम्बुसहितको टोलीले सहायक वन अधिकृत नविनराज दाहाललाई कुटपिट गरेको डिएसपी गोदारले बताए। प्रहरीले लिम्बुलाई नयाँ बजारबाट बुधबार राति पक्राउ गरिसकेको छ। गिरफ्तार भएका लिम्बुमाथि अनुसन्धान भइरहेको डिएसपी गोदारले बताए। घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। कुटपिटबाट सहायक वन अधिकृतको टाउकोमा गहिरो चोट लागेको छ। कुटपिटबाट घाइते भएका सहायक…
काठमाडौँ – काठमाडौँ उपत्यकामा प्रति घण्टा ५० किलोमिटर भन्दा बढीको स्पिडमा गाडी गुडाउन नपाइने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर गर्दै सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलङ्की(कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै कोटेश्वर(भक्तपुर सडक खण्डमा पनि प्रति घण्टा ५० किलोमिटर गति तोकिएको छ । उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सीमा तोकी सोही स्थानमा गति सिमाना बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौँ- डिआइजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा पुगेर राजीनामा बुझाएका सिंहको राजीनामा पत्र बुधबार नै गृह मन्त्रालय पुगेको थियो । उक्त राजीनामा पत्र गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार स्वीकृत गरेका हुन् ।
काठमाडौं – एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहीबारबाट केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीपसुरु भएको छ ।एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसीको उद्घाटन गरेका छन् । प्रतियोगिताको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने र फाइनल खेल दशरथ रंगशालामा हुने युवा संघले जनाएको छ । १७ फागुनसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् ।
काठमाडौँ – असल चालचलन भएको भन्दै ०७७ मा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी पाएर छुटेका दुई व्यक्ति ७६ लाख रुपैयाँ बराबरको धनमाल चोरीको आरोपमा पक्राउ परेका छन्। मकवानपुरका रेशम रुम्बा र सागर तामाङलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो । उनीहरू कर्तव्य ज्यान मुद्दामा सात वर्ष जेल बसी ०७७ सालको प्रजातन्त्र दिवसमा राष्ट्रपतिबाट बाँकी कैद माफी पाई छुटेका थिए। उनीहरूसहितका व्यक्तिले बौद्ध फूलबारी बस्ने साङ्गे लामाको घरबाट गत ७ माघमा ४२ लाख रुपैयाँ बराबरको गहनासहित अन्य सामान र १ फागुनमा बौद्ध स्तुपास्थित ३५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए। उनीहरूसहित योङ्गा लिम्बू, जीवन मगर, पेम्बा लामा र डिमा…