काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको मतगणना आजैबाट सुरु हुने बताएका छन् । उनले आजैबाट मतगणना सुरु गर्न निर्देशन दिइएको समेत बताएका छन् । थपलियाले आज गणना नभए भोलि बिहानबाटै सुरु हुने बताए । आज बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन भएको हो । चितवनमा ६१ प्रतिशत र तनहुँमा ५२ प्रतिशत मत खसेको छ । बाराको भने विवरण आउन बाँकी रहेको उनले बताए ।
Author: Saru Shrestha
काठमाडौँ – चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं। २ मा उजुरी दिएका हुन् । मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ । किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस…
महोत्तरी – मटिहानी नगरपालिकामा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । आइतबार मटिहानी नगरपालिका वडा नं ६ स्थित जरलहवा गाछी बस्तीमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका हुन्। दिउँसो १२ बजेतिर स्थानीय राजकिशोर मुखियाको घरमा लागेको आगो अनियन्त्रित हुँदा बेचनी खातुन,सदरे आलम शेष,गफार शेष,गफार शेषलगायतका घरहरू पूर्णरुपमा जलेर नष्ट भएका हुन्। आगलागीबाट करिब २५ लाख मूल्य बराबरको सर-सामान जलेर नष्ट भएको मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले बताएका छन्। आगलागी नियन्त्रणका लागि जलेश्वर नगरपालिका र रामगोपालपुर नगरपालिकाको बारुण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीलगायत स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको हो। यसैबीच आगलागी पीडितलाई…
काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदले किमाथांका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार मन्त्रालयमा सङ्खुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरुले संयुक्त रूपमा किमाथांका नाका खोल्न चीन सरकारसँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र बुझाएका थिए । सो पत्र ग्रहण गर्दै मन्त्री साउदले किमथांका नाका सञ्चालन गर्नेकुरा आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । उनले किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले नाका खोल्नेकुरा पहिलो प्राथमिकतामा राख्ने बताए । उनले नेपाल र चीनबीचको सम्बन्धलाई बढाउन र व्यापार व्यवसाय पनि बिस्तार गर्नका लागि किमथांका नाका सहज र…
काठमाडौं – आज भएको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । बारा–२ र चितवन–२ का केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । बारा जिल्लामा जसपा नेता रामसागर यादव नक्कली मतपत्र सहित पक्राउ परेका छन् भने चितवनको नयाँ किरण माबि भोजाडस्थित मतदानस्थलमा असहज अवस्था आएको तथा चितवनको दुईवटा मतदान केन्द्रमा केही समयका लागि मतदान स्थगित भएको बाहेक अन्यत्र भने सामान्य रुपमा नै मतदान सम्पन्न भएको छ ।
तनहुँ – तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ । प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरिएको र ठ्याक्कै तथ्यांक केहीबेरमा आउने उनले बताए । गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो ।
काठमाडौँ । डढेलोले खानेपानीको पाइप जलेपछि हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित रातमाटे आधारभूत विद्यालयमा खानेपानी आपूर्ति बन्द भएको छ । स्थानीय मार्से-सावाला-कुर्ले-सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानी आयोजनाको पाइप जलेपछि रातमाटे आधारभूत विद्यालयमा खानेपानी आपूर्ति बन्द भएको हो । भिरैभिर भएको ठाउँमा जमिनमा गाड्न सम्भव नभएपछि बाहिरै तन्काएर राखिएको करिब पाँच सय मिटर खानेपानीको पाइप डढेलोले जलेको अध्यक्ष राजन राईले जानकारी दिए । साबिक दुर्छिम-३ छापडाँडा तेलाभिरमा डढेलोले छाडिसकिएको केही घर जलेको निवर्तमान वडा सदस्य फलामसिं राईले बताउनुभएको छ । डढेलोले वनस्पति खसाप पारे पनि अहिलेसम्म मानवीय क्षति भने भएको छैन । यस्तै डढेलोले जन्तेढुङ्गा गाउँपालिका-४ डम्बर्खुशिवालयस्थित कात्तिके…
काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा नेकपा एमालेबाहेक अरु कम्युनिस्ट पार्टीका नेताहरू पनि सहभागी भएका छन् । नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत उक्त कार्यक्रममा सहभागी भएका थिए । नेकपा एमालेका नेताहरू भने उक्त कार्यक्रममा सहभागी भएनन् । महासचिव विप्लवले वर्तमान राज्य व्यवस्था असफल भइसकेको दाबी गरे । देशलाई स्वाधीन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहस सुरु गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । जनताको शासन सत्ता…
काठमाडौँ – निर्वाचन आयोगले बारामा मतदान ढिलो सुरु गर्ने निर्णय खारेज गरेको छ। सर्वदलीय बैठक बसेर मतदान ढिलो सुरु गर्ने निर्णय आयोगले खारेज गरिदिएको हो । आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचन कानुनअनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सक्ने व्यवस्था छ। तर बारा-२ देवताल गाउँपालिका-२ स्थित रहेको सिँचाइ अफिस कल्याणपुर मतदान स्थलको मतदान केन्द्र (क) र (ख)मा मतदान अधिकृत सहितको सर्वदलीय-सर्वपक्षीय बैठकले मतदान समय बढाउने निर्णयलाई आयोगले खारेज गरिदिएको हो। उक्त बैठकले बिहान १० बजेदेखि सुरु गरी राति ८ बजेसम्म गर्ने निर्णय…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप सुधार आएको छ । दिल्लीस्थित नेपाली दूतावासले पौडेलको स्वास्थ्यमा थप सुधार आएको विज्ञप्तिमार्फत जनाएको छ । पौडेल ४ दिनअघि भारतको नयाँ दिल्लीस्थित अखिल भारत आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका थिए । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले भारत लैजान सुझाव दिएपछि उनलाई श्री एयरलाइन्सको जहाजमार्फत दिल्ली लगिएको थियो ।