काठमाडौं – प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरू गम्भीर बनेका छन् । संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष भन्दा कम गर्ने तयारी गरिए पछि न्यायधिसहरु गम्भिर र तरंगित बनेका हुन् । गत चैत ५ गते राष्ट्रिय सभामा दर्ता भएको ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ले यसअघि चौथो नम्बरमा रहदै आएको प्रधानन्यायाधीशको मर्यादाक्रम घटाएर पाँचौ नम्बरमा झार्न प्रस्ताव गरे पछि यतिखेर न्यायपालिका र नेपाल बार यशोसियन तरंगितसमेत हुन पुगेको छ । राष्ट्रियसभाका सांसदहरुले गैरसरकारी विधेयकको रुपमा यो विधेयक संसद सचिवालयमा दर्ता गरेका हुन । सो बिद्येयक दर्ता गर्ने सांसदहरुमा एमाले संसदीय दलको नेता देवेन्द्र…
Author: Saru Shrestha
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताएका छन्। उपनिर्वाचन तयारीका लागि चितवन आएका अर्यालले सोमबार पत्रकारहरूसँग कुरा गर्दै सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्रीले पनि आवश्यकता महसुस गरेको बताए। सरकार निर्माणमा रास्वपाको दायित्व हुने भन्दै उनले सरकारमा जान आतुर भने नभएको बताए। ‘सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो। सरकार निर्माणमा हाम्रो आवश्यकता प्रधानमन्त्रीले महसुस गर्नुभएको हुनाले त्यसमा हामी सकारात्मक छौँ’, उनले भने। सरकारमा सहभागी भएको खण्डमा रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुझ्नुपर्ने उनले बताए। सरकारमा जानु नै गलत हो भनेर भाष्य निर्माण गर्नु आफैँमा गलत भएको…
काठमाडौं – नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेकाे छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहिवारका लागि सरेकाे हाे । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ, मुख्य सचिव कृष्णप्साद पाैडेलले भनेका छन’, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’ कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्।…
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने सरकारको प्रतिबद्धता आश्वासनमै सीमित भएको टिप्पणी गरेका छन् । उनले पीडितहरू सधैँ काठमाडौँमा आएर आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बसेको तर्क गरेका छन् । सोमबार खुलामञ्चको गेट अगाडि मिटर ब्याज पीडितहरूले प्रदर्शन गरिरहेका बेला मेयर शाहले समाजिक सञ्जालमा लेखेर सरकारको आलोचना गरेका हुन् । मेयर शाहले लेखेका छन्, ‘विगत केही वर्षदेखि नेपाल सरकारले मिटर ब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सीमित रह्यो । सधैँ काठमाडौँ आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ । हिजो ११ दिन हिँडेर काठमाडौँ आउने…
काठमाडौँ – नेपाल राष्ट्र बैँकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ५० पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको छ। युरो १ को खरिद दर १४१ रुपैयाँ ५६ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ। त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६१ रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ…
काठमाडौँ – सत्ता गठबन्धनको बैठक आज मङ्गलबार बस्ने भएको छ । सत्ता गठबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा आज मङ्गलबार अपराह्न गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । सत्ता गठबन्धन आबद्ध दलहरू सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुन…
काठमाडौं – हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली, देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उता राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना…
बाजुरा – बाजुरामा केन्द्रबिन्दु बनाएर पुनः भूकम्प गएको छ । केही बेरअघि राति दश बजेर २७ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्प मापनकेन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माकाअनुसार बाजुराको सप्पाटा आसपास केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । पछिल्ला केही सातादेखि बाजुराका विभिन्न स्थानमा केन्द्रबिन्दू बनाएर लगातार भूकम्प गइरहेका छन् ।
पोखरा । ४८ जना प्रहरी जवानका लागि भर्ना खुल्दै छ । पोखरा महानगरपालिकाले ४८ जना नगर प्रहरी जवानका लागि भर्ना खोल्न लागेको हो । प्रशासन स्रोतका अनुसार महानगरले सोमबार(भोलि) सूचना प्रकाशन गर्ने तयारी गरेको छ । १५ दिनको समयावधि राखेर महानगरले भर्ना आव्हान गर्दै छ ।
काठमाडौँ – नेपालमा पहिलो पटक अच्युतचण्डी र गणपति विराट महायज्ञ हुने भएको छ । महायज्ञ आगामी वैशाख १० देखि २४ गतेसम्म पशुपतिनाथ एवं वनकाली भगवतीको प्राङ्गणमा हुन लागेको हो । अच्युतचण्डी महायज्ञ आयोजक समितिले आइतबार एक विज्ञप्ति जारी गरेर एक सय कुण्डीय विराट अच्युतचण्डी र गणपति महायज्ञ हुन लागेको जनाकारी गराएको हो । महायज्ञका लागि फागुन २७ गतेदेखि पशुपतिनाथ एवं वनकाली क्षेत्रमा भूमि पूजन एवं सङ्कल्प सुरु भएको छ । महायज्ञमा श्रीमद्भागवत कथा सन्त सम्मेलन एवं श्रीकृष्ण रासलीला कार्यक्रम पनि हुनेछ । महायज्ञ प्रत्येक दिन बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म र दिउसो ३ बजेदेखि बेलुका ६ बजेसम्म आयोजना हुनेछ…