काठमाडौँ – मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले केन्द्रमा समीकरण फेरबदल भए पनि मधेस प्रदेश सरकारबाट आफूहरू नहट्ने बताएका छन् । नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेतासमेत रहेका उनले सरकारबाट बाहिरिने अथवा समर्थन फिर्ता लिने कुनै योजना नरहेको बताएका हुन् । उनले भने, ‘हामीले काँग्रेस र माओवादीलाई समर्थन गरेका होइनौँ, त्यसैले सरकारबाट बाहिरिनु वा समर्थन फिर्ता लिनु आवश्यक छैन ।’ आफूहरूले जसपा नेतृत्वको सरकारलाई समर्थन गरेकाले मधेस प्रदेश सरकारमा एमालेको सहभागिता कायम रहने उनको भनाइ छ । उनले मुख्यमन्त्रीसँग आफूहरू निरन्तर सम्पर्क मै रहेको बताए । यता जसपाका एक नेताले समेत मधेस प्रदेशमा केन्द्रीय राजनीतिको असर नपर्ने…
Author: Saru Shrestha
काठमाडौँ – सरकारले शहीद घोषणा गरेकाहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि मन्त्रिपरिषदबाट शहीद घोषणा भइसकेको तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरूको नाम प्रकाशित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘शहीद घोषणा भएर पनि राजपत्रमा प्रकाशित नभएका कारण त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने । उनका अनुसार उक्त शहीदहरूको नामावलीमा ०६२/०६३ सालको संयुक्त जनआन्दोलन, मधेस आन्दोलन र जनयुद्धमा मृत्यु भएकाहरूको नाम समावेश छ । स्रोतका अनुसार सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको थियो । उक्त घोषणा राजपत्रमा प्रकाशित नभएका कारण सार्वजनिक…
काठमाडौँ – सरकारले २०७९ साउनदेखि माघ महिनासम्म पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको लागि ४५ लाख रुपैयाँ उपलब्ध गराएको छ। विभिन्न व्यक्तिको आर्थिक सहायताको लागि भन्दै साढे ५ करोड रुपैयाँ वितरण गरिएकोमा पूर्व राष्ट्रपति यादवको उपचारमा २५ लाख र पूर्व प्रधानमन्त्री खनालको उपचारमा २० लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको सहायता विवरणमा उल्लेख छ। यादवलाई गत कात्तिक ३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ लाख दिइएको थियो। त्यति बेला सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए। पूर्व प्रधानमन्त्री खनाललाई २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार २० लाख रुपैयाँ उपचार खर्च निकासा गरिएको…
कञ्चनपुर – राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बुडालको रहस्यमयी मृत्यु घटनाको अनुसन्धानका लागि बैतडी प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। बुडालसंगै पिकनिक मनाउन गएका उनका इष्टमित्र र साथीसहित १२ जना विरुद्ध मृतककी श्रीमती अनिशा कुलुमले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। कर्तव्य ज्यान मुद्दा अन्तर्गत किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए। किटानी जाहेरी पछि अनुसन्धानका लागि बुडालसंगै पिकनिक मनाउन गएका १२ जनालाई नियन्त्रणमा लिइएको उनले बताए। शनिबार इष्टमित्र र साथीहरुसंग पिकनिक मनाउन गएका दशरथचन्द नगरपालिका–१० का बुडाल राति दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए। उनी राष्ट्रिय अनुसन्धान विभागको सहायक…
कञ्चनपुर – बझाङको खप्तडछान्ना गाउँपालिका–७ मा दुई वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन्। बालिकाकी आमाले जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले आरोपित वृद्धलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । फागुन १२ गते साँझ पाँच बजेतिर आफू धारामा गएको मौका छोपेर वृद्धले बालिकामाथि बलात्कार गरेको जाहेरीमा उल्लेख छ। आरोपी बालिकाका हजुरबुवा नाता पर्छन्। बालिकाको स्वास्थ्य परीक्षण गर्दा गुप्तांगमा घर्षण भएको पाइएको प्रहरीले जनाएको छ। बालिकाकी आमा र बालिका अहिले सदरमुकाम चैनपुरस्थित अल्पकालीन महिला सुरक्षा आवास गृहको संरक्षणमा छन्।
काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले दिदैं आएको दोहोरो सुबिधा कटौती गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ऐन बिपरित उक्त सुबिधा दिदै आएको भन्दै कटौती गरेको हो । ‘प्रज्ञा प्रतिष्ठानको जीवनको महत्वपुर्ण चासो जीवनमा चासो र आलोचकका रुपमा रहेका आजीवन सदस्यहरुको दोहोरो सुबिधाको बिषयमा निर्णय गर्नै पर्ने आवाश्यक्तालाई ध्यान दिई दोहोरो सुबिधामा रहेका आजीवन सदस्यहरुलाई प्रज्ञा प्रतिष्ठानवाट दिइदै आएको मासिक पारिश्रमिक नदिने निर्णय गरिएको छ’ प्रज्ञा प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी सो बारे जानकारी दिएको हो । प्रतिष्ठानका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को दफा (८) बमोजिम दोहोरो पारिश्रमिक सुबिधा प्रदान गर्न नमिल्ने हुदाँ नेपाल सरकार, विश्वबिद्यालयहरु तथा अन्य निकायवाट निवृतिभरण…
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्ने भएका छन् । सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निस्किएपछि मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंलबारदेखि छलफल सुरु गर्ने भएका हुन् । प्रधानमन्त्री प्रचण्डले भोलि (मङ्गलवार) देखि मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आठ दलीय गठबन्धनका नेताहरूसँग छलफल थाल्ने प्रधानमन्त्री निकट एक नेताले बताए । ‘आज एमाले सरकारबाट बाहिरियो । राप्रपा र रास्वपा केही दिन अघि बाहिरियो’ प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले भने, ‘अब सबै परिस्थितिको विषयमा विश्लेषण हुनेछ । भोलिदेखि नयाँ गठबन्धनका नेताहरूसँग मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुनेछ ।’ आठ…
काठमाडौँ – सशस्त्र प्रहरी बलका ११ डिआइजीको सरुवा भएको छ भने गत साता बढुवा भएका सात जनाको पदस्थापन भएको छ। सरुवा र पदस्थापनमा आठै बाहिनीका प्रमुखहरू हेरफेर भएका छन्। बराह बाहिनी सुनसरीमा अञ्जनीकुमार पोखरेल, छिन्नमस्ता बाहिनी महोत्तरीमा दीपेन्द्र शाह, पशुपतिनाथ बाहिनी, काठमाडौंमा पुरुषोत्तम थापालाई जिम्मेवारी दिइएको छ। त्यस्तै, गढीमाई बाहिनी मकवानपुरमा लक्ष्मण बहादुर सिंह, मुक्तिनाथ बाहिनी कास्कीमा कालीदास धौवजी, विन्ध्वावासिनी बाहिनी लुम्बिनीमा विदुर खड्का, महेश्वरी बाहिनी सुर्खेतमा प्रदीप कुमार पाल र बैद्यनाथ बाहिनी कैलालीमा कुमार न्यौपानेको सरुवा भएको छ। यस्तै गृह मन्त्रालयले सोमबार डिआइजीको सरुवा र पदस्थापन गरेको हो।
काठमाडौँ – सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदर सहित झन् खुकुलो बनाइदिएको छ । उच्च अदातलले उनलाई विदेश जान लगाएको रोक सर्वोच्चले फुकुवा गरिदिएको छ । उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । त्यस्तै विदेश जान पाउनुपर्ने माग गर्दै लामिछानेले पनि सर्वोच्चमा निवेदन दिएका थिए ।दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो । सर्वोच्च अदालतको आदेशमा ‘विदेश गएको अवस्थामा फर्केको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा जानकारी दिनू’ भनिएको छ । लामिछानेले विश्वकप लिग-२ अन्तर्गतको श्रृंखलाका लागि खेल्न पाउँ…
काठमाडौं – साताको दोस्रो कारोबार दिन नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको छ । सोमबार ३.६५ अंकले ओरालो लागि २०२३.५४ बिन्दुमा आएर रोकिएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.२२ प्रतिशतले घटेको छ । आज ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुँदा १ अरब ८९ करोड १७ बढीको कारोबार भएको छ । यस्तै १५९ कम्पनीहरुको कारोबार हुँदा ७१ कम्पनीमा वृद्धि भएको छ । १३५ कम्पनीमा ओरालो लागेको र ११ कम्पनी स्थीर रहेको नेप्सेले जनाएको छ । त्यस्तै, स्वाभिमान लघुवित्त बित्तीय संस्था र समलिङ् पावर कम्पनी को ९ प्रतिशतले वृद्धि भएको छ । यता, हिमालय डिस्टिलरीको ६ करोड बढीको कारोबार भएको छ भने…