Author: Saru Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्द भएको छ । अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम थियो । तर राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएको प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

Read More

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका–३ घर भइ काठमाडौं टोखा नगरपालिका–४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।      उच्च अदालत पाटनको २०७९ पुस १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २० लाख २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदातलको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाएको प्रहरीले जनाएकाे छ ।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आज (आइतवार) बालुवाटारमा मुख्यमन्त्री शाह र प्रचण्डबीच भेटवार्ता भएको हो। मुख्यमन्त्री शाहको सचिवालयले भेटमा समसामयिक राजनीतिक घटनाक्रम, प्रदेश सरकार तथा मुख्यमन्त्रीले लिने विश्वासको मत लगायत सुदूरपश्चिमको विकासका सन्दर्भमा बातचीत भएको जनाएको छ।प्रदेश सभामा विश्वासको मत लिने तयारीमासमेत रहेका मुख्यमन्त्री शाहले प्रधानमन्त्रीसँग गरेको भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ।मुख्यमन्त्री शाहले मुख्यमन्त्री शाहले भेटका क्रममा आफूले विश्वासको मत लिन लागकोले मत दिन आग्रह गर्दै सुदूरपश्चिम प्रदेशको विकास योजना, आवश्यक ऐन कानुन लगायतका विषयमा कुराकानी भएको बताए। ‘उहाँको र मेरोबीचमा सकारात्मक छलफल भएको…

Read More

काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासङ्घले स्वदेशी निर्माण कम्पनीहरूले काम पाउने गरी अन्तर्राष्ट्रिय स्तरको बोलपत्र भन्दा राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्न आग्रह गरेको छ । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेटी यस्तो आग्रह गरेको हो । स्वदेशी निर्माण कम्पनीले काम पाउँदा उनीहरूले आयोजनाप्रति अपनत्व महसुस गर्ने, नेपाली मुद्रा विदेश जानबाट रोकिने र आयोजनाहरू समयमा सम्पन्न हुने तर्क महासङ्घ प्रतिनिधिमण्डलले प्रधानसेनापति शर्मा समक्ष राखेको छ । प्रधानसेनापति शर्माले महासङ्घको अवधारणालाई सकारात्मक रूपमा लिँदै नेपाली निर्माण कम्पनीहरू पनि आफूले सक्षम पाएको बताए थिए। महासङ्घको अवधारणा कार्यान्वयनका लागि आफ्नो तर्फबाट सकारात्मक पहल हुने उनले बताए ।…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन्। मावअधिकार परिषद्को ५३ औं सभामा सहभागी हुन आजै साँझ जेनेभा जान लागेकी पौड्यालको भ्रमण प्रधानमन्त्रीले रोकेका हुन्। प्रधानमन्त्री प्रचण्डले फोन गरेरै मन्त्री पौड्याललाई नजान भनेका थिए। एमालेबाट मन्त्री बनेकी पौड्याललाई नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्रीले विदेश जान रोकेका हुन्। परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लागेकी थिइन्। उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ। नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो। मन्त्री पौड्यालले आइतबार दिउँसोमात्रै पत्रकार सम्मेलन गरेर परिषद्को ५२ औं सत्रमा नेपालले हालसम्म गरेको उपलब्धिहरु र भएका कामहरुको बारेमा परिषद्को सत्रमा…

Read More

धादिङ – कुटपिट गरी हत्या गरेको आरोपमा धादिङवाट एक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार धुनबेशी नगरपालिका– ६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानियालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार धुनिबेशी नगरपालिका–६ देवीस्थान घर भई सोही नगरपालिका–७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । बानियाले १० फागुनमा कुटपिट गर्दा गम्भीर घाइते भएका उप्रेतीको आइतबार बिहान नेपाल भारत मैत्री अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ८ दलीय गठबन्धनको सयुक्त बैठक बैठक जारीे छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने दलहरुको उपस्थिति रहेको छ । सो बैठकमा नेकपा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रि समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन । नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा सहयोग माग्दै पत्र पठाएको देखी अन्य समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने बताईएको छ ।

Read More

पोखरा – जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको छ । पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतकाे आदेश बिरुद्द पाेखरा उच्च अदालतमा पुनरावेदन गरेका थिए । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने यसअघि तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो। शाह एक वर्षयता कारागारमा छन्। आदेशसँगै उनी अब जेलमुक्त हुने भएका छन्…

Read More

खोटाङ – खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले आग्रह–पुर्वाग्रहले जिल्लाको विकास नहुने बताएका छन् । शनिबार खोटाङ उद्योग बाणिज्य संघको २५ औं साधारणसभा तथा ११ औं जिल्ला अधिबेसनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य राईले आग्रह–पुर्वाग्रह त्यागेर खोटाङ बनाउन लागि पर्न आग्रह गरे । ‘आग्रह–पुर्वाग्रह राखियो भने विकास सम्भव छैन,’ प्रतिनिधिसभा सदस्य राईले भने, ‘खोटाङ बनाउन लागौं । खोटाङ अघि बढे मात्र हामी अघि बढ्न सक्छौँ ।’ प्रतिनिधिसभा सदस्य राईले वार्षिक १५ करोडको निर्यात हुँदा २५ करोडको आयत हुनु जिल्लाका लागि राम्रो संकेत नभएको उल्लेख गरेका छन् ।

Read More

काठमाडौँ – पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो । विभागमा गत मङ्सिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी परेको अभिलेख छ । एक महिनाको अन्तरालमा चार सय आठ उजुरी थपिएको विभागका उप रजिष्ट्रार खिमानन्द आचार्यले जानकारी दिए । सहकारीमा सङ्गठित सदस्यलाई आर्थिक समस्या पर्दा त्यस स्रोतको जोहो गर्न उनीहरूबाट केही एकाइ रकम सङ्कलन गरी सम्बन्धित पक्षको हित प्रवर्द्धन तथा सामाजिक उत्थान गर्न गरिने एकीकृत प्रयास सहकारीको अवधारणा हो । सर्वसाधारणलाई ठगेका यस्ता संस्थालाई कडा कारबाही…

Read More