काठमाडौँ – घोराही उपमहानगरपालिका-१६ करौतीडाँडामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरेर वितरणको काम सुरु गरिएको छ । तत्काल सात सय घरमा ग्यास पुर्याउने तयारी रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । उपमहानगरपालिकाको १६ नं वडामा वितरण सुरु गरेको उनले बताए । ग्याससँगै कम्पोस्ट मल उत्पादन गर्ने र फोहोर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको उनले बताए । फोहरबाट ग्यास तथा कम्पोस्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा रहेको उनले बताए । ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोगसमेत भएको छ । नगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ । नगल्ने फोहरसमेत उपमहानगरपालिकाले…
Author: Saru Shrestha
काठमाडौं – गणपूरक संख्या नपुगेपछि शुक्रबारको संसद बैठक स्थगित भएको छ। राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मुल्यांकन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गणपूरक संख्या नपुग्ने भन्दै नियमापत्ति गरेपछि सभामुखले सचिवालयका कर्मचारीलाई यकिन गर्न लगाएका थिए। संसद बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ अर्थात् ६९ सांसद उपस्थित हुनुपर्छ। ३ मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा ५० जना मात्रै सांसद उपस्थित भएपछि सभामुख देवराज घिमिरेले बैठक फागुन १५ गतेसम्मका लागि स्थगित गरे। दिउँसो साढे १ बजे सुरु भएको बैठक चार घण्टासम्म चलेको थियो।
काठमाडौं – एमाले अध्यक्ष ओली बालुवाटारबाट निस्केपछि नेपाली कांग्रेसलगायत दलका नेताहरू बालुवाटार प्रवेश गरेका छन्। आज बिहान पनि कांग्रेससहित चार दलका नेताले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गरी निर्णय लिन अपराह्न ५ बजेका लागि बैठक राखिएको थियो। बैठकमा माओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल आइसकेका छन् । कांग्रेस, माओवादी, नेकपा एस, जसपा, जनमत, लोसपाका अन्य नेताहरु पनि सहभागी हुँदैछन्।
काठमाडौँ – एमाले अध्यक्ष ओली बालुवाटारबाट निस्केपछि नेपाली काँग्रेसलगायत दलका नेताहरू बालुवाटार प्रवेश गरेका छन्। आज बिहान पनि काँग्रेससहित चार दलका नेताले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गरी निर्णय लिन अपराह्न ५ बजेका लागि बैठक राखिएको थियो। काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू बालुवाटार पुगेका हुन्।
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिको उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको छ । राप्रपा कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्नेबारे छलफल भएको थियो । बैठकले राष्ट्रपतिको कुनै पनि उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
काठमाडौं – सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले महान्यायाधिवक्ता कार्यालय र बलात्कार अभियुक्त सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ। पेशी आइतबार तोकिएकोले सन्दीपले भोली नै अरु टिमसँग युएई जान नपाउने भएका हुन् । यदि आइतबारको सुनुवाईबाट सन्दीपलाई युएई जाने बाटो खुलेमा त्यसपछि भने युएई जान सक्नेछन् । उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा रिट दिएका थिए। अदालतले सन्दीप लामिछानेबारे महान्यायाधिवक्ता कार्यालयले दिएको रिट पनि…
काठमाडौँ – नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) बैठकले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति भएको छ । सिंहदरवारमा बसेको तीन दलको बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताएका छन्। यद्यपि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको उम्मेदवारबारे अन्तिम निर्णय गर्न शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने भएका छन्। तीन दलीय बैठक पनि बुधबार फेरि बस्ने भएको छ। सकेसम्म अन्य दलहरूसँग पनि बैठक बस्ने तीन दलका नेताहरुले बताएका छन्। काँग्रेस भने राष्ट्रपतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलामध्ये एक नाममा…
काठमाडौँ – इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा बदल्न फेरि छलफल सुरु भएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सकेसम्म इम्बोस्ड प्लेटमा नेपाली भाषा कायम गर्ने प्रयास गर्न निर्देशन दिएका छन् । यसअघिका यातायात मन्त्रीहरूले पनि यस्तो प्रयास गरेका थिए । यातायात मन्त्री श्रेष्ठले भाषा बदल्न तयारी गरे पनि इम्बोस्ड जडानमा भइरहेको काम र कार्यान्वयनलाई भने नरोक्न भनेका छन् । मन्त्रालय स्रोतका अनुसार उपप्रधानमन्त्री श्रेष्ठले अहिलेको ठेक्का सम्झौतामा रकम नबढ्ने गरी इम्बोस्ड प्लेटमा सकेसम्म नेपाली भाषा कायम गर्नु पर्ने पक्षमा देखिएपछि यसबारे ठेकदार कम्पनीसँग पनि छलफल भएको छ । ठेकेदार कम्पनी टाइगर डेकाटुर आईटीले इम्बोस्ड नम्बर…
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले मुख्य-मुख्य सार्वजनिक स्थानमा सिसिटिभी जडान गर्ने तयारी गरेको छ । बिहीबार बसेको १३औँ कार्यपालिका बैठकबाट महानगरभित्रका मुख्य-मुख्य सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाका ३२ वडामध्ये २५ वडाले ५४ थान सीसीटीभी जडानका लागि १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिसकेको छ भने महानगर आफैँले शहरी सञ्चार सुरक्षाका लागि भन्दै ६ करोड विनियोजन गरेको छ । महानगरका सूचना प्रविधि समितिका संयोजक समेत रहेका प्रवक्ता नवीन मानन्धरका अनुसार काठमाडौँको मूल सडकमा नेपाल प्रहरी मार्फत सीसीटीभी जडान गरिने छ । चोक तथा गल्लीहरूमा नेपाल प्रहरीको प्राविधिक सहयोगमा वडा कार्यालय…
काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने यात्रा प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । यसअघि, बलात्कार मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतले सन्दीपमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । यस्तै, २० लाख रुपैयाँ धरौटी सुनाएको थियो । यही आदेश पुनरावलोकन गर्न भन्दै लामिछाने आज सर्वोच्च पुगेका हुन् । उनको निवेदनमाथि शुक्रबार सुनुवाइ हुने छ । नेपालमा भर्खरै सम्पन्न भएको त्रिदेशीय क्रिकेट सिरिजमा नेपाली टोलीबाट खेलेका उनी संयुक्त अरब इमिरेट्स ९युएई० भ्रमणमा जान पाउने छैनन् । यही प्रतिबन्ध फुकुवा गर्न माग गर्दै लामिछाने अदालत पुगेका हुन् । गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।…