दार्चुला – महाकाली नगरपालिकाले बाढीपहिरो पीडितलाई नगरपालिकाको तर्फबाट राहत दिने घोषणा गरेको छ । सोमबार (आज) नगरकार्यपालिकाको आकस्मिक बैठक बसी लास्कु खोलाका बाढी प्रभावित नागरिकलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिए । उनका अनुसार मृतकको परिवारलाई प्रति मृतक एक लाखका दरले राहत उपलब्ध गराइनेछ । महाकालीमा दुई जना मृतकको शव फेला परेको छ भने १० जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरु जीवित भेटिने सम्भावना नरहेको उद्धारमा खटिएकाहरु बताउछन् । बेपत्ताहरु नभेटिएमा प्रहरी प्रशासनको सिफारिसमा गृह मन्त्रालयले मृतक घोषणा गर्ने व्यवस्था छ । सरकारले बेपत्तालाई मृतक घोषणा गरेलगत्तै उनिहरुको परिवारलाई समेत…
Author: Saru Shrestha
काठमाडौं – चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल हुने भएको छ । सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिएको औपचारिक घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले समान विचारधारा भएकाले आफूहरुले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको बताए । निर्वाचनपछि आउने नयाँ राजनीतिक परिस्थितिलाई सामना गर्न पनि आफूहरुबीच सहमति रहेको उनले बताए ।
काठमाडौं – कैलालीको धनगढी पुगेका चिकित्सा शिक्षा अभियन्ता प्रा. डा. गोविन्द केसीले आफ्नो २०औँ सत्याग्रह सुरु गरेका छन्। धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ६ बुँदे मागसहित सत्याग्रह सुरु गरेका हुन्। डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) सम्म अल्टिमेटम दिएका थिए। तर, आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताए।
काठमाडौं – चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले समकक्षी अग्नि सापकोटासँग शिष्टाचार भेट गरेका छन् । नेपालको चार दिने भ्रमणमा रहेका चान्सुले संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा सापकोटासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । चान्सु सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । लिले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् । मंगलबार अध्यक्ष लिले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष…
काठमाडौं – सत्तरुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट अझै टुंग्याउन सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार ५ घण्टा बसेको गठबन्धनआवद्ध दलका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट टुंग्याउन नसकेको हो । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटसहित तालमेल गर्ने तयारी छ । तर, सिट बाँडफाँटका लागि बसेका बैठक निष्कर्षविहीन बनिरहेको छ । सोमबार पनि ५ घण्टा बसेको बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको गठबन्धन कार्यदल सदस्य तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार एउटै सिटमा दोहोरो÷तेहेरो दाबी परेपछि सोमबारको बैठकले पनि सहमति जुटाउन सकेन । तर, गठबन्धन…
काठमाडौँ – सरकारले बाढीको चपेटामा परेको पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जानकारी दिएको हो । ‘बाढीबाट प्रभावितहरूको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्रीहरू प्रदान गर्ने नेपाल सरकार मन्त्रिपरिषद् बाट मिति २०७९/०५/२१ गते निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । सरकारले पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षतिप्रति दुःखसमेत व्यक्त गरेको छ । सरकारले उक्त विपद्मा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको…
काठमाडौँ – विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरूले सोमबार शपथ लिएका छन् । म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।
जनकपुरधाम – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गरेका छन् । जनकपुरमा सोमबार आउँदा ओलीलाई कालो झण्डा देखाएको आरोपमा केही पक्राउ परेका थिए । तर, ओलीले उनीहरुलाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका हुन् । जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न आग्रह गरेका हुन् । गलत सूचनाका आधारमा उनीहरु कालो झण्डा देखाएको भन्दै ओलीले उनीहरुलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका हुन् ।
जनकपुरधाम – प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको माला लगाएर स्वागत गरिएको छ । जनकपुरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीलाई २०५ किलोको माला लगाएर नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष ओलीले जसपाका केन्द्रीय सदस्यहरु रुही नाज, अञ्जुकुमारी यादव, रामउदिन राम, शम्भु साहसहित कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादवलगायतलाई एमालेमा प्रवेश गराएका छन् ।
काठमाडौं – स्वास्थ्य मन्त्रालयले कर्मचारीहरुलाई पूरा बाहुला भएका पोशाक लगाउन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप बढेको भन्दै मन्त्रालयले त्यसबाट जोगिन पूरा बाहुला भएको पोशाक लगाउन आग्रह गरेको हो । मन्त्रालयले आज जारी गरेको सूचनामा लेखिएको छ, ‘डेंगु रोगको संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्त सफा राख्नुहुन र कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा अनुरोध छ ।’ डेंगु एडिज नामको लामखुट्टेको टोकाइबाट सर्छ । यो लामखुट्टे विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुन्छ । त्यसैले डेंगु रोग लाग्नबाट जोगिने सबैभन्दा…