काठमाडौं – चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल हुने भएको छ ।
सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिएको औपचारिक घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले समान विचारधारा भएकाले आफूहरुले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको बताए ।
निर्वाचनपछि आउने नयाँ राजनीतिक परिस्थितिलाई सामना गर्न पनि आफूहरुबीच सहमति रहेको उनले बताए ।
Facebook Comments Box