सुनसरी – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्मचारीहरु काममा भन्दा बढी राजनीतिक गतिविधिमा क्रियाशील भएको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् । सुनसरीको तरहरामा जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरुसँगको छलफलका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । ‘राष्ट्रसेवक कर्मचारीहरु यदि कानुनभन्दा बाहिर गएर राजनीतिक रुपमा क्रियाशील हुनुभयो भने हामी कानुनी दायरामा ल्याएर कारबाही गर्छौ” मन्त्री मोदीले भने । अधिकृतस्तरको कर्मचारीसम्मलाई राजनीतिक गतिविधिमा संलग्न हुने कानुनी अधिकार भए पनि उपसचिवभन्दा माथि दर्जाका कर्मचारी समेत राजनीतिक गतिविधिमा देखिएको गुनासो आएको मन्त्री मोदीले बताए । मन्त्री मोदीले अधिकृतस्तरका कर्मचारीहरुले पनि पहिला जनताको सेवा र त्यसपछि मात्रै राजनीतिक गतिविधि रोज्न निर्देशन…
Author: Saru Shrestha
काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आइतबार साँझ ‘गोप्य भेटवार्ता’ भएको छ । देउवा प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटारमा पुगेका हुन् । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै जाँदा देउवा छलफलका लागि बालुवाटारमा पुगेका हुन् । सो क्रममा राष्ट्रपतिको निर्वाचन र सत्ता सहकार्यका सम्भावित विकल्पका विषयमा छलफल केन्द्रीत भएको बताइएपनि ठोस कुरा बाहिर आउन सकेको छैन । बालुवाटार र देउवाको सचिवालयले यो भेटलाई गोप्य नै राख्न चाहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच राष्ट्रपतिको विषयमा सहमति हुन नसकेको अवस्थामा प्रचण्ड र देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डले आफ्नो पार्टी राष्ट्रपतिबारे राष्ट्रिय सहमतिको पक्षमा रहेको…
काठमाडौँ – महाशिवरात्रिका दिन भारतबाट आएका जोगीहरूले शनिबार पशुपति मन्दिरमा भक्तजनमाथि कुटपिट गरेका छन् । उनीहरूले वाइफाइ चाहियो भन्दै हल्लाखल्ला गर्नेदेखि दर्शनार्थीहरुलाई लखेटेर कुटपिट गर्नेसम्मका हर्कत गरे । तर, प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा नागाबाबाहरुको झुन्डले हातमा लौरो बोकेर दर्शनार्थीलाई लखेटेको र कुटेको देखिन्छ । मन्दिरकै गेटनजिक उनीहरूले यसरी दर्शनार्थीमाथि जाइलागेका थिए । भिडिओमा बाबाहरूले दक्षिणा थोरै भएको भन्दै आक्रोश व्यक्तगरेको पनि सुनिन्छ । हरेक वर्ष महाशिवरात्रिमा भारतबाट हजारौँको संख्यामा नागाबाबा र जोगीहरू आउने गरेका छन् । पशुपति क्षेत्र विकास कोषले उनीहरूको रेखदेख मात्रै होइन केही दिनको खान बस्ने व्यवस्था…
काठमाडौँ – राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको हो । फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले काँग्रेसकै राष्ट्रपति हुने दाबी गरे । राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम पहिलो नम्बरमा रहेको भन्दै उनले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, जनजाति समुदायबाट गोपालमान श्रेष्ठ र दलित समुदायबाट मानबहादुर विश्वकर्मा पनि रहेको बताए । महामन्न्त्री शर्माले अघि भने, ‘शेरबहादुर देउवालाई नै बनाउने हो कि भन्ने हामी सोच्दैछौं ।’ नेताहरूका अनुसार केही दिनअघि नेताहरूसँग भएको छलफलमा पनि शर्माले सभापति देउवा स्वयंलाई राष्ट्रपतिको उम्मेदवार बन्न सुझाएका थिए । तर देउवाले भने कहाँ हुन्छ त्यस्तो भन्दै तत्काल अस्वीकार…
काठमाडौं- कुवेतको जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ । विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान भर्ने भएको हो । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्नेछ । बिहान ७:५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८:५ मा कुवेतका लागि उड्ने उनले बताए ।
काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालका ४ जना वरिष्ठ उपरीक्षक ९एसएसपी०हरू नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन्। गृह मन्त्रालयले चार एसएसपीहरूलाई डीआईजीमा बढुवा गरेको हो। बढुवा हुने एसएसपीहरूमा सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन्। सशस्त्र प्रहरीमा १६ डीआईजी पदमध्ये ४ वटा रिक्त थियो। मन्त्रालयले रिक्त पदमा पदपूर्तिका लागि उनीहरूको बढुवा गरेको हो। मन्त्रालयले उनीहरूलाई २५ माघमा बढुवा गर्न सिफारिस गरेको थियो। उजुरी नपरेपछि उनीहरूको बढुवा भएको हो। एसएसपीहरू दीपेन्द्र शाह, पुरुषोत्तम थापा, अञ्जनीकुमार पोखरेल, सुरेशकुमार श्रेष्ठसहित दीपक अधिकारी, कृष्ण ढकाल, विनोदराज श्रेष्ठ र मनिष थापा पनि बढुवाका दाबेदार थिए। उनीहरू सिसं(१ मा इन्स्पेक्टरमा भर्ना भएका…
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले उपराष्ट्रपतिमा दाबी गर्नुपर्ने जोड दिएका छन्। जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले उपराष्ट्रपतिमा दाबी गर्नुपर्नेमा जोड दिएका हुन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसँगै समसामयिक विषयमा छलफल गर्न आइतबार जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जसपा प्रवक्ता प्रकाश अधिकारीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको बताए। “राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पार्टीको ध्यानाकर्षण भएको छ। पार्टीले यसमा सोचिराखेको छ। अहिले औपचारिक निर्णय भइसकेको छैन,” अधिकारीले भने। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। त्यस्तै, उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते तोकिएको छ। जसपा कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको…
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख २६ हजार ३ सय कतारी रियालसहित एक जना पक्राउ परेका छन् । एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका टर्कीस् नागरिक २९ वर्षीय हिदील कयान करीकमारलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित पक्राउ गरिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज – पर्सामा बन्द गराइएका ९ वटा क्रसर उद्योगमध्ये एउटा मात्रै सञ्चालनमा आउने भएको छ । एउटा क्रसर उद्योगले मात्रै जिल्ला समन्वय समिति पर्साले माग गरेको १० किसिमका कागजपत्र बुझाएको हो । गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय पर्साले मापदण्ड पालना नगरेका तथा कानुन अनुसार दर्ता तथा नवीकरण नगरेका, सञ्चालन अनुमति नलिई तथा एउटा प्रयोजनको लागि दर्ता भई अर्को प्रयोजनमा सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा, उत्खनन प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु बन्द गरेको थियो । क्रसर उद्योग बन्द हुँदा निर्माणको काम प्रभावित भएको गुनासो आउन थालेपछि मन्त्रिपरिषदको निर्णय अनुसार सबै जिल्लामा पत्राचार गरी आवश्यक कागजपत्र लिएर अनुगमन गरेपछि…