काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेशमा संसदीय दलको नेतामा गोविन्दवहादुर न्यौपाने सर्वसम्मतिवाट चयन भएका छन । एकीकृत समाजवादी संसदीय दलको बैठकवाट न्यौपाने सर्वसम्मत चयन भएका हुन । मधेश प्रदेशमा सो पार्टीको सात संसद रहेको छ ।
Author: Saru Shrestha
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । शुक्रबार उनले प्रदेश सभाका ९३ मत मध्ये ५९ मत पाएका हुन् । नेकपा एमालेको ४०, माओवादी केन्द्रको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, जनता समाजवादी पार्टीको एक गरी ५९ विस्वासको मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसको २८ र एकीकृत समाजवादी पार्टीको चार गरी ३२ जनाले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन् । माओवादी केन्द्रबाट सभामुख पदमा निर्वाचित भएका बाबुराम गौतमले मत हालेनन् । मुख्यमन्त्री कार्की गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत लिनु अगि माओवादी केन्द्रबाट जीवन आचार्य र दुर्गा चापागाई तथा नेकपा…
काठमाडौं – राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । पोखरेल यातायात व्यवस्था कार्यालय सुकेधारामा निमित्त प्रमुख रहेका वेला अख्तियारले अनुसन्धान थालेको थियो । हाल भूमि आयोगका अधिकृत रहेका पोखरेलमाथि एक करोड ६ लाख ३३ हजार तीन सय ३९ रुपैयाँ ९२ पैसा बिगो दाबी गरिएको छ । अख्तियारले पोखरेलकी पत्नी विमला न्यौपाने पोखरेलाई पनि प्रतिवादी बनाएको छ । अकुत सम्पत्ति जफत गर्ने प्रयोजनका लागि अख्तियारले उनलाई प्रतिवादी बनाएको हो ।
पोखरा – गण्डकीमा माओवादीले पनि मुख्यमन्त्री दाबी गरेको छ । दलका नेता हरिबहादुर चुमानले साढे २ वर्षपछि मुख्यमन्त्री बन्ने दाबी गरेका हुन् । सुरुमा पनि मुख्यमन्त्री दावी गरेको चुमान अन्ततः मन्त्री मात्रै बनेर सरकारमा गएका छन् । उनले मुख्यमन्त्री खगराज अधिकारीसँगै विना विभागीय मन्त्रीको रुपमा सोमबार सपथ लिएका हुन् । चुमानले २ वर्षपछि मुख्यमन्त्री बन्ने तयारीका साथ सरकारमा गएको बताएका छन् । ‘पहिलो पटक एमालेका संसदीय दलका नेतालाई दिने भन्ने निर्णय आएपछि खगराज जी मुख्यमन्त्री बन्नुभएको हो,’ उनले भने, ‘यो भनेकै आलोपालोको कुरा हो । त्यही कुरा आएको छ, अहिले अझै स्पष्ट भएर आएको छ । नेतृत्वले पनि केन्द्रमा आलोपालो…
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले बाँकेमा फैलिएको दादुराको विषयलाई लिएर स्वास्थ्य मन्त्रालयको टोलीसँग छलफल गरेका हो । सबै संयन्त्रहरूलाई परिचालन गरी तत्काल नियन्त्रण गर्नेबारे छलफल भएको छ । त्यसै गरी अवैध ढुङ्गा, गिट्टी, बालुवा रोक्ने गृहको निर्णयबारे पनि प्रधानमन्त्रीले गृह सचिव विनोद प्रकाश सिंह र संघीय मामिला तथा सामान्य प्रशासन सचिव अर्जुन पोखरेलसँग छलफल गरेका छन् । गृहले मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगहरू बन्द गर्ने निर्णयपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्रीले छलफल गरेको स्रोतले बतायाे। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सामाग्री अभाव भएकोले काम गर्न नसकिएको गुनासोसँगै प्रधानमन्त्रीले यसबारे रोक्न निर्देशन दिने…
काठमाडौं – ठमेलस्थित ‘एलओडी’ क्लब यसवर्ष पनि ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी परेको हो। सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट कल्बको ५२औँ स्थानमा परेको थियो। म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ। एलओडीका अनुसार डिजे म्यागको वेवसाइटमा गएर एलओडीलाई भोट गर्न सकिन्छ। एलओडी डिजे म्याग टप १०० को छनौटमा पुनः पर्न सफल भएको क्लबका निर्देशक भुपेन शमशेर कुँवरले जानकारी दिए। सय क्लबको…
मुगु – मुगु जिल्लामा रहको एक सरकारी कार्यालय विगत एक महिनादेखि कार्यालय प्रमुखविहीन रहेको छ । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको कृषि विकास कार्यालय मुगुमा विगत एक महिना बढीदेखि कार्यालय प्रमुखविहीन भएको हो । यहि मंसिर १२ गते खेमराज शाही सरुवा भई संघीय मन्त्रालयमा गई र काजमा जुम्ला फर्किएपछि अहिले कृषि विकास कार्यालय मुगु प्रमुखविहीन रहेको कृषि विकास कार्यालय मुगुले जनाएको छ । कार्यालयमा प्रमुखविहीन भएको आज ठ्याक्कै ४८ दिन पुगेको छ । कार्यालयले दिएको जानकारी अनुसार मन्त्रालयले हालसम्म कुनै पनि कार्यालय प्रमुख पठाउने चाँसो देखाएको छैन । कार्यालय प्रमुख नहुँदा विभिन्न प्रकारका कार्य सम्पादन गर्न असहज बातावरण भएको जनाइएको हो । …
काठमाडौँ – नेपाल प्रहरीका २४ एसएसपीको काज सरुवा भएको छ। सरुवामा महत्त्वपूर्ण कार्यालयका प्रमुखहरू फेरिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँमा दानबहादुर कार्कीको सरुवा भएको छ। त्यस्तै, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोजकुमार केसीलाई पठाइएको छ। ललितपुर परिसरमा एसएसपी सिद्धिबिक्रम शाहको सरुवा भएको छ। त्यस्तै, मानव बेचबिखन अनुसन्धान ब्युरोमा जीवन श्रेष्ठलाई पठाइएको छ।
पोखरा – गण्डकी प्रदेशमा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । १८ गते गण्डकीमा पहिलो बैठक बसेको थियो । त्यसैले बढीमा माघ २ गतेभित्र सभामुख निर्वाचित भैसक्नुपर्छ । विहिबार सर्वदलीय बैठक बसेर ३० गते नै सभामुखको निर्वाचन गर्ने र २ गते उपसभामुखको निर्वाचन हुने निर्णय गरिएको हो । सत्तारुढ दलको शीर्ष निर्णय अनुसार गण्डकीमा माओवादीले पाँचै वर्ष सभामुख पाउने छ भने उपसभामुख एमालेको भागमा परेको छ । माओवादीले कृष्ण धिताललाई सभामुखमा अघि सारेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेद्वार…
काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार विश्वासको मत लिँदै छन् । कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने समयसम्म साथमा रहेको नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व आलोपालो नभए सरकारमा सहभागी नहुने घोषणा गर्यो । यसबाट मुख्यमन्त्री कार्कीलाई केही सकस भएपनि अन्ततः माओवादी पनि सरकारमा सहभागी हुने भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले आलोपालो मुख्यमन्त्रीको विषयमा केन्द्रले निर्णय गरेकाले आफूहरू प्रदेश सरकारमा सहभागी हुन तयार रहेको जनाएका छन् । माओवादीमा क–कसलाई मन्त्रीपरिद्षमा लैजाने भन्ने टुङ्गो लगाउन पार्टीले तीन नेतालाई जिम्मेवारीसमेत दिएको थियो । बिहीबार बसेको माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेता सहभागी बैठकले…