Author: Nisha Shrestha

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफ्नो पार्टी सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन् ।पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ पुगेका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा आफ्नो पार्टी जिम्मेवार प्रतिपक्ष बनेर खबरदारी गर्ने बताए ।अर्थतन्त्र सङ्कटमा पर्न नदिन एमालेले जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो । अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षका रुपमा एमालेले खबरदारी जारी राख्ने उनको भनाइ छ ।फरक प्रसङ्गमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताए । उनले भने, “यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरेले घुस मागेको अडियो प्रकरणमा जोडिएका सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय मङ्गलवार गरेका हुन् । उनलाई सांसद पदबाट हटाउन रास्वपाले संसद सचिवालयमा पत्राचार गरेको थियो ।रास्वपाको पत्रहरूका अध्ययनपछि सभामुखले उनको सांसद पद रिक्त हुने निर्णय गरेका हुन् ।

Read More

धनगढीः कैलालीको अत्तरियास्थित एक होटलमा पुरुष मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित बसपार्क (पहाड रोड) रहेको न्यू सत्कार होटलमा दार्चुलाको ब्याँस गाउँपालिका–३ का अन्दाजी ४५ वर्षीय मोहनसिंह मृत फेला परेका हुन्। १० बैशाखमा कोठा लिएर बसेका सिंह हिजो साँझ मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले होटलको १०३ नंम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको बताए। चन्दकाअनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएपनि घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनका आफन्तलाई खबर गरेपछि उनीहरु पहाड (दार्चुला) बाट धनगढी आइरहेको बताइएको छ।

Read More

काठमाडौँ– तनहुँ १ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.स्वर्णिम वाग्लेलाई सभापति रवि लामिछाने बधाई दिएका छन् । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्र्तगत तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट निर्वाचित भएका वाग्लेलाई सभापति लामिछानेले सोमबार सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। सभापति लामिछानेले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईँको प्रतिनिधित्वले स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ।’ यसै क्रममा उनले वाग्लेलाई सधैँ सँगै रहने साथी भन्दै संसद्‌मा उनको प्रतिनिधित्वले पार्टी स्थापनाको उद्देश्यलाई स्वर्णिम आयाम दिने विश्वास व्यक्त गरेका छन्। सभापति लामिछानेले भनेका छन् ‘संसद्‌मा…

Read More

काठमाडौँ – चितवन-२ मा रवि लामिछाने विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् । चितवन-२ मा खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाउँदा काँग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए भने एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन् । यसअघि मङ्सिर ४ को निर्वाचनमा पनि लामिछाने भारी मतका साथ विजयी भएका थिए । अहिले उनले मङ्सिरको चुनाको भन्दा ४ हजार ८७४ मत बढी पाएका छन् ।

Read More

बाजुरा — बाजुराको त्रिवेणी नगरपालिका ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा फरार सुचिमा रहेका काँग्रेस बाजुराका पुर्वसचिव रङ्गसिं अयडी परराष्ट्र मन्त्री एनपी साउदको बधाइ कार्यक्रममा सहभागि भएको फोटो सार्वजनिक भएको छ । प्रहरीको फरार सूचिमा रहेका अयडी भर्खरै नियुक्ति भएका नेपाली काँग्रेसका नेता तथा परराष्ट्र मन्त्री एनपी साउदलाई बधाइ दिने क्रममा काठमाडौको एक कार्यक्रममा उनको फोटो सार्वजनिक भएको हो । फरार सुचिमा रहेका अयडीको फोटो सार्वजनिक भएपनि प्रहरीले भने उनलाई अहिलेसम्म प्रक्राउ गर्न नसकेको चेतनका आफन्तले बताएका छन् । फोटो सार्वजनिक हुने बित्तिकै उनी काठमाडौमा लुकेर बसेको प्रहरीलाइ खबर भएपनि प्रहरीले भने प्रक्राउ गर्न आनाकानी गरिरहेको चेतन अयडीका बुवा गगन…

Read More

तनहुँ- तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.स्वर्णिम वाग्लेले देशको राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई एकसाथ चिर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । मुख्य निर्वाचन कार्यालयबाट विजयीको प्रमाणपत्र लिए पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आज दमौलीको खुलाचौरमा आयोजित सभामा उहाँले भन्नुभयो–“राजनीति सही दिशामा छैन्, दूषित बन्दै गएको छ, यसलाई सङ्ल्याउनुपर्छ ।” राजनीतिलाई सङ्ल्याएर अर्थतन्त्रलाई माथि उकास्नुपर्ने डा वाग्लेको भनाइ थियो । राष्ट्रिय जीवनका विभिन्न पाटा ठप्प रहेका उल्लेख गर्दै उहाँले ती सबै कुरालाई खुकुलो बनाउँदै अन्तरनिहीत सम्भावनालाई प्रष्फुटनका लागि राजनीतिलाई सही दिशामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । एक व्यक्तिको प्रयासले मात्रै देशको विकास गर्न नसकिने उल्लेख गर्दै डा…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज बिहान राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई महत्व दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताउनुभएको हो । भेटमा केन्द्रका अध्यक्ष पुनले ‘यात्री’ लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । पुनले नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्ने र प्रवर्द्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानुन ल्याउने तयारी गरेकामा धन्यवाद दिँदै कानुन निर्माणको…

Read More

काठमाडौँ– नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेलाई प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् । आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि भट्टराईले वाग्लेलाई बधाई दिएका हुन् । कांग्रेसका भट्टराईले भने, ‘चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो । र, संयोगले तपाईँ निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईँले सक्नुभयो ।’ उनले यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा आफूप्रतिको विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब डा वाग्लेको अभिभारा बन्न पुगेको उल्लेख गरे । उनले भने, ‘मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासको अभियन्ताका रूपमा निरन्तर खटेको हुँ । अब…

Read More

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी स्वदेश फर्किएका छन् । नेपालको प्रतिनिधित्व गरेर संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा गएका मन्त्री मोदीसहितको प्रतिनिधिमण्डल दोहा हुँदै स्वदेश फर्किएका हुन् । उक्त सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट महत्त्वपूर्ण सम्बोधन गरेका थिए । उनले नेपालको संविधानमा व्यवस्था भएको समावेशी समानुपातिकता, आदिवासी जनजाति, थारु समुदायको हक अधिकार सुनिश्चितताका सम्बन्धमा मन्तव्य राखेका थिए । मन्त्री मोदीले थारु समुदायमा भयावह रूप लिएको सिकलेस एनिमियाको विषयलाई प्राथमिकताका साथ सत्रमा उठाएका थिए । झण्डै डेढ साताको भ्रमणका क्रममा मन्त्री मोदीले संयुक्त राज्य अमेरिकास्थित विभिन्न क्षेत्रको…

Read More