Author: Nisha Shrestha

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङ्गभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ-आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन् । आज ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए । `कानूनरुपमा वर्जित भए पनि छुवाछूत जस्तो अमानवीय प्रथा पूर्णरुपमा अन्त्य हुन सकेको छैन । यसलाई तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक रहेको छु, उनले जारी सन्देशमा भनिएको छ । उनले पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रूपमा आत्मसात् गरेको समेत बताएका छन् ।…

Read More

काठमाडौँ – नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५०० सयले बढेर तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सयले बढेर तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ३०…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिर्दै उनले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु–संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Read More

काठमाडौँ – दोल्ती पावर कम्पनीको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। यस कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपीओ निष्कासन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ। त्यस्तै, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाको स्थानीय बासिन्दाहरूको लागि २ लाख ६८ हजार २४३ कित्ता निष्कासन गरेको हो। यसमा न्यूनतम १०…

Read More

काठमाडौँ – सांसद सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहालबाट लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई रक्षा हुने आशा गर्दै विश्वासको मत दिएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावमाथि बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् । तर यस सरकारबाट मधेसका मुद्दाको सम्बोधन हुनुपर्ने, नागरिकता विधेयक पारित गर्नुपर्ने लगायतका माग उनले अघि सारेका थिए । प्राचीन कालमा नै देशमा संघीय व्यवस्था रहेको दाबी गर्दै पुष्पकमल दाहालको नेतृत्वमा संघीय गणतन्त्र पुनर्स्थापना भएको उनको दाबी थियो । उनले भने, ‘आफैँले जन्माएको सन्तानको माया धेरै हुन्छ । त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सङ्घीयता लोकतन्त्र र गणतन्त्र रक्षा गर्ने अभिभारा छ । गणतन्त्र र सङ्घीयताका लागि…

Read More

काठमाडौँ – जसपा सांसद प्रदीप यादवले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । उनले राष्ट्र बैंक स्वतन्त्र नेतृत्व नहुँदा समस्या आएको बताएका हुन् । सांसद यादवले राष्ट्र बैंक नै गैर जिम्मेवार हुने अवस्थाले देशलाई दुर्घटना उन्मुख गरेको बताए । उनले भने, ‘सभामुख महोदय, देशको अर्थतन्त्रलाई ट्र्याकमा हिँडाउने काम राष्ट्र बैकको हो । यसले ठिकसँग काम गर्न सके मात्र अर्थतन्त्र ठिक बाटोमा हिँड्न सक्छ । तर, राष्ट्र बैंक नै स्वतन्त्र छैन । एउटा पक्षलाई पक्षपोषण गर्ने राष्ट्र बैंकका कारण देश आर्थिक सङ्कटमा छ ।’ अहिले बैंकहरुले ब्याज घटाएर सहुलियत दिनुपर्ने अवस्था रहे पनि राष्ट्र बैङ्कले सही दिशानिर्देश नगर्दा ब्याज घट्न नसकेको उनको…

Read More

धनगढी – त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ९ क्याम्पसको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। आज वीरेन्द्र विद्या मन्दिर टिकापुरमा मतदान भइरहेको छ। हिजो मतदात भएका ९ क्याम्पस मध्ये नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले कुनै पनि क्याम्पसमा सभापति जित्न सकेको छैन्। यहाँ सबै भन्दा धेरै एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले जितेको छ। यहाँका ५ क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार विजयी हुँदा ४ क्याम्पसमा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले जितेको छ। धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस, गौरीगङ्गाको चौमाला बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्याम्पस, लम्कीचुहाको लम्की बहुमुखी क्याम्पस र घोडाघोडीको बुलबुले बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ। ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका…

Read More

काठमाडौं – मध्य पहाडी लोक मार्ग अन्तर्गत अछामको मंगलसैनमा ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना घाइते भएका छन् । मंगलसैन रंगशाला नजिकै पिपलतोली जाने बाटोमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र सवार गरी २ जना घाइते भएका हुन् । घाइते हुनेमा मोटरसाइकल चालक ढकारी गाउँपालिका वडा नम्बर ३ का जनक बुढा र कमल बुढा रहेका छन् । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मंगलसैनबाट ठुलासैन तर्फ गइरहेको सु.प.प्र.१-०११ प ३०१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ५ प १२४० नम्बरको ट्र्याक्टर पिपलतोलीको घुम्तीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीलाई सनक चलेको बेला संसद विघटन गर्ने जनादेश नभएको बताएका छन् । उनले ५ वर्षसम्म संसद सञ्चालन गरेर देशका समस्याहरू सहमतिका आधारमा हल गर्न प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको प्रस्ताव गरेको बताए । माओवादी सचिवले विष्णु पौडेलको नाम नलिई उनले त्यसको जवाफ समेत दिएका छन् । उनले भने, ‘दुई पटकसम्म संसद विघटन भयो ? कसका कारण विघटन भयो ? संविधानमा कहाँ लेखिएको छ ? । सर्वोच्चले गल्ती भयो भनेर सच्याइदियो । अनि माननीयहरू यहाँ आएर बोल्नुहुन्छ, मैले त बहादुरी गरेँ । त्यसका निम्ति लाहाछाप लगाउन यो प्रतिनिधिसभा आएको हो र ? यही कारण…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताएका छन् । संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपर्ने उनले बताए । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मतका लागि राखेको प्रस्तावमाथि आफ्ना धारणा राख्दै सभापति देउवाले संविधानको पक्षमा गठबन्धन हुनुपर्ने बताएका छन् । उनले भने, ‘राजनीतिक गठबन्धन आत्म केन्द्रित, स्वार्थ प्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुनुहुँदैन । देश र जनताको पक्षमा संविधानको रक्षा गर्ने, देशमा स्थिरता, अमन चयन, शान्ति र विकासका लागि गठबन्धन हुन आवश्यक छ ।’

Read More