Author: Nisha Shrestha

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन् । सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो काममा लागि योगदान पुर्‍याउने नेपाल नेत्रज्योति संघ, चिकित्सकलगायतका सम्बन्धित सबै पक्षप्रति आभार पनि व्यक्त गरे । उनले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकका रूपमा विकास गर्न पनि नेपाल नेत्रज्योति संघलाई आग्रह गरे । संघले नेपालको दूरदराजमा पुगेर अन्धोपना हुनबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै सभामुख घिमिरेले सो कामका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालमा आँखा उपचारका लागि…

Read More

काठमाडौँ – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमतिपत्र कम्तीमा ३ दिनदेखि ७ दिनभित्र छपाइ गरेर दिने व्यवस्था गर्न लागिएको बताएका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ८ महिनापछि यस्तो व्यवस्था लागु हुने बताएका हुन् । अहिले दैनिक ६ देखि ७ हजार लाइसेन्स छाप्नुपर्ने भए पनि ४ हजार मात्रै छाप्ने मेसिन यातायात व्यवस्था विभागसँग भएकाले समस्या भएको मन्त्री श्रेष्ठले बताए । उनले भने, ‘दिनको २ हजार लाइसेन्स छाप्न नसकेर ब्याक लकमा बस्छ । अहिले ८ लाख ब्याक लक छ, ८ लाख ब्याक लकमा लाइसेन्स नछापी ७ दिनभित्रै लाइसेन्स दिन नसकिने अवस्था छ ।…

Read More

काठमाडौँ – सरकारले इम्बोष्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्य योजना अघि बढाएको छ । सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको समेत निर्देशनमा त्यस कामलाई सुरु गरिएको बताएका हुन् । नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो कामलाई अघि बढाउने गरी कार्य योजना बनाएको उनले उल्लेख गरे। उनले भने, ‘सवारी साधनहरूमा राखिने इम्बोष्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो । प्रारम्भमा त्यसबारेमा प्रक्रिया अघि बढेको पनि हो। अहिले अङ्ग्रेजीमा छ। तर हाम्रो…

Read More

काठमाडौँ – कोशी प्रदेश सरकारले विराटनगरमा गत चैत ५ गते भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदमबहादुर लिम्बू (लाजेहाङ)को परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोशी नाम खारेजको माग गर्दै भएको आन्दोलनमा घाइते भएका लाजेहाङको गत १० गते मृत्यु भएको थियो । ‘कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत्र ५, २०७९ मा विराटनगरमा भएको विरोध कार्यक्रममा सहभागी भई चैत १० गते श्री पदम लिम्बू (लाजेहाङ) को दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक पदम लिम्बूप्रति हार्दिक श्रद्धाञ्जली एवं परिवारजनमा गहिरो दुःख एवम् हार्दिक समवेदना…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मङ्गलवार सरकार विस्तार हुने र नयाँ मन्त्रीहरूले शपथग्रहण गर्ने बताइएको छ । । आजै बिहान प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । गत मङ्गलवार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए। नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। पक्राउपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो।

Read More

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम बहसको पेशी स्थगित भएको छ । काठमाडौँ जिल्ला अदालतमा साेमबारका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनका कारण स्थगित गरेको हो । बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो । यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो । सन्दीपको अर्को पेशी आगामी साताको सोमबारका लागि तोकिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध गत…

Read More

काठमाडौँ – सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने भएको छ । सत्ता गठबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा मङ्गलबार अपराह्न गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुनसकेको छैन । सत्ता…

Read More

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन गरिएको छ । संविधान र कानुन विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमवार काठमाडौँको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म -यालीसहितको विरोध प्रर्दशन गरिएको हो । आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रर्दशनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए । उनले संविधान, कानुन विपरित भूमिहिनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौँ महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् । विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै…

Read More

काठमाडौं – कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । प्रहरीको महाराजगञ्ज वृत्तमा थापाले कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दिएका हुन् । शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा आफूमाथि थापासहितका ३ जनाले कुटपिट गरेको रिदम क्षेत्रले बताए । ‘दुर्गेशसहित तीन जनाले मलाई एक्कासि हातपात गरे । मेरो सिक्रीसमेत हराएको छ । सिक्री रकमसहित भराइपाउँ भनेर मैले उजुरी दिएको हो,’ क्षेत्रीले भने । वृत्तका डीएसपी अंगुर जीसीले दुवै पक्षलाई बोलाएर छलफल गर्ने तयारी भएको बताए । कलाकार दुर्गेश थापा विवादमा पर्दै आएका कलाकार हुन् ।

Read More