Author: Nisha Shrestha

काठमाडौं – प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि छलफल गर्दै निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो।आवश्यक गणपूरक संख्या ६९ जना रहनुपर्नेमा ५८ जनाको उपस्थिति रहेकाले बैठक स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए।

Read More

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरुपले सिफारिस भएको छ । जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नं २ को सम्पन्न बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष यादवलाई सर्वसम्मतरुपले सिफारिस गरिएको जसपाका कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख वृजमान तामाङले जानकारी दिनुभयो । जसपा अध्यक्ष यादव २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नं २ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । यस्तै सप्तरी निर्वाचन क्षेत्र नं १ बाट वर्तमान प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादव, पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं (ख) का प्रदेशसभा सदस्य तथा मधेस…

Read More

काठमाडौ – नेपाली कांग्रेस नेत्री सुजाता कोइरालाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको सहभागिताबारे परराष्ट्र मन्त्रालय र सरकारले स्पष्ट पार्नुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कोइरालाले चीनले अघि सारेको सैन्य रणनीतिमा नेपाल सहभागी भएको हो कि होइन र त्यसमा सरकारको धारणा के हो भनेर जवाफ मागेकी हुन् । परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमण, नेपालका लागि चिनियाँ राजदूतले सार्वजनिक रूपमा राखेका धारणा र चीनका उच्च अधिकारीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग गरेको छलफलमा ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे चर्चा गरेको विषयमा सरकार बोल्नुपर्ने कोइरालाको भनाइ थियो । ‘यी तीनवटै प्रसंगमा नेपालको परराष्ट्र संस्थापन मौन रह्यो। नेपालको स्थापित परराष्ट्र नीतिबमोजिम नेपाल…

Read More

काठमाडौं –  संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने संसदमा आवाज उठेको छ। आफ्नो जिम्मेवारी पालना गर्दा सुरक्षागार्डलाई पक्राउ गरी थुनामा राखिएको घटनाको विषयलाई लिएर मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरिएको हो । बैठकको शून्य समयमा बोल्दै डा। विमला राई पौडेलले जनताले तिरेको करबाट तलबभत्ता खाने शासक नभएर सेवक रहेको भन्दै मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी हुन् । ‘जनताले तिरेको करबाट सेवासुविधा लिने हामी जनप्रतिनिधि, प्रधानमन्त्री, मन्त्री र सरकारका सबै अंगहरु जनताका सेवक हुन्, शासक होइनन् । दुई दिन अगाडि एक जना विद्यमान मन्त्रीले एउटा कार्यालयमा भिसा…

Read More

काठमाडौँ – दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट नेपाल भ्रमणमा आएकी छन् । होर्स्ट मङ्गलवार काठमाडौं आइपुगेकी हुन् । उनले भ्रमण जलवायु परिवर्तनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । भ्रमणका क्रममा उपसहायक मन्त्री होर्स्ट पहिलो पटक हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम छ ।

Read More

काठमाडौं – स्याङजाको हरिनास गाँउपालिका-३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका-६ स्थायी घर भइ हाल तनँहुको शुक्लगण्डकी नगरपालिका ४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ वर्षीय जय प्रकास साह रहेका छन्। हिजो साँझ साढे ५ बजे दुलेगौडाबाट तनँहु जाँदै गरेको ग ११ प १५११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भइ सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ।

Read More

काठमाडौँ – राता मकै नामले परिचित कलाकार किरण केसी पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेल्न प्रस्ताव गर्ने तयारीमा छन्। आफ्नो आगामी फिल्ममा ओलीलाई पनि सानो भूमिका दिने इच्छा रहेको उनले बताएका हुन्। छायाङ्कनका लागि ओलीको दुई दिन मात्रै माग्ने र १० लाख पारिश्रमिक दिने केसीले बताएका हुन्। उनका अनुसार यति वेला फिल्मको पटकथामा काम भइरहेको छ। पटकथाको काम सकिएपछि ओलीलाई औपचारिक रूपमा प्रस्ताव गर्ने तयारीमा रहेको उनले जनाएका छन्। ओलीले हार्मोनियम, गितार बजाउने कलादेखि कलाकारमा हुने सम्पूर्ण गुण भएको र आफ्नो फिल्मको एउटा पात्र ओलीका लागि ठिक हुने उनले बताएका छन्। ओलीले आफ्नो प्रस्ताव स्वीकार गर्ने…

Read More

म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उहाँले बताउनुभयो छ । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । प्रतिलिटर दूधमा रु दश त्यसैगरी गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा रु १० अनुदान दिने निर्णय गरेको छ । दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनका अनुदान…

Read More

महोत्तरी- वर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा–६ कि सरस्वती यादव अहिले निक्कै चिन्तित छन् । रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ । अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुगेपछि सरस्वती चिन्तित बनेकी हुन् । बाँध र कुलो व्यवस्थित हुन नसक्दा सरस्वती मात्र हैन रामवती मण्डलको पनि उस्तै अवस्था छ । बर्षात्को कारण बर्सेनि डुबानको समस्या झेल्दै आएकी मण्डलले अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी क्षति व्यहोर्नुपरेको बताउँछिन् । थोरै खेतमा हुने उत्पादनबाट ५ जनाको परिवार धान्दै आएकी रामवतीलाई यसपालि…

Read More

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका छन् । मंगलबारदेखि काठमाडौँमा ओआरएफको सहयोगमा आइएसएसआरको आयोजनामा सुरु भएको ‘क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क’ (सीएसीएन) परियोजना अन्तर्गतको दुई दिने सम्मेलनको उद्घाटन गर्दै वनमन्त्री यादवले जलवायु परिवर्तनको विश्वव्यापी संकटविरुद्ध नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका हुन् । जलवायु परिवर्तनको गम्भीर असर दक्षिण एसियामा परेको भन्दै नेपाल झन् ठूलो मारमा परेकाले चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्नुपर्ने उनले बताए । ‘विकसित देशहरुले कार्बन उत्सर्जन रोक्न नसक्दा नेपाल जस्ता दक्षिण एसियाका धेरै देशलाई गम्भीर असर गरेको छ’ वन तथा वातावरणमन्त्री यादवले सम्मेलनको उद्घाटन सत्रमा भने, ‘जलवायु…

Read More