Author: Nisha Shrestha

एजेन्सी – लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै यौन हिंसा हुन नदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । “युएन वुमन सुडानमा जारी द्वन्द्वबाट हामी गम्भीर रूपमा चिन्तित छौँ, हामी हाम्रा साझेदारहरूका साथ छौँ युद्धले सुडानी महिला र युवतीको जीवनमा पनि गम्भीर प्रभाव पारेको छ । हामी सुडानका जनतासँग ऐक्यबद्धता जनाउँछौँ, महिलाहरूलाई हिंसामुक्त राख्न प्रतिबद्ध रहनुहोस्, “लैङ्गिक समानतामा समर्पित उक्त निकायकी कार्यकारी निर्देशक सीमा बहौसले एक विज्ञप्तिमा भनेकी छन् । युद्ध चर्केसँगै यौन हिंसा र महिला हिंसाका घटना बढेका विवरण सार्वजनिक भएसँगै उक्त संस्थाले…

Read More

धनगढी – राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न जाने खेलाडीलाई कैलाली जिल्ला खेलकुद समिति बिदाइ गरेको छ । १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिता खेल्ने खेलाडीहरूलाई बिदाइ गरेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परीसदले प्रदेशका विभिन्न जिल्लामा प्रतियोगिता खेलाउने व्यवस्था गरेको छ । जिल्ला खेलकुदले आज अछाम खेल्न गएका करातको टोली, डडेल्धुरा खेल्न गएको तेक्वान्दो, डोटी गएको भलिबल र कन्चनपुर गएको कवडीको टोलीलाई बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा समितिका अध्यक्ष ललित खत्री, कार्यालय प्रमुख दीपकबहादुर सिंह, तेक्वान्दो प्रशिक्षक देवराज चौधरी, नेपाल एथलेटिक्स संघका वरिष्ठ उपाध्यक्ष तथा सुदुरपश्चिमान्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष तेजेन्द्र थापा,…

Read More

राँझा– बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरूको लागि विद्यालय सञ्चालन गरिएको हो । जानकी–३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छात्राका लागि मात्रै यस वर्षदेखि कक्षा छ सम्म अध्यापन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए। उनका अनुसार यो विद्यालय सञ्चालनसँगै शुक्रबारदेखि भर्ना अभियान पनि सुरु गरिएको छ । यस वर्ष करिब दुई सय छात्रालाई विद्यालयमा भर्ना गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाले यस वर्ष ९० लाखको लागतमा छात्रा विद्यालय सञ्चालन गरिरहेको छ । संघीय सरकारको विशेष अनुदानबाट आएको ५० लाखबाट गाउँपालिकाले…

Read More

धनगढी – दार्चुलामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई भेट्नमा रोक लगाइएको छ। आज (शनिवार) जिल्लाको गोकुलेश्वरमा जगतपुरी शिवधाम क्षेत्रका महाराज रामानन्द स्वामीलाई मुख्यमन्त्री भेट्नमा रोक लगाइएको हो। मुख्यमन्त्री कमलबहादुर शाहलाई उनले त्यहाँको विकास निर्माण र केही विवादास्पद विषयवस्तुमा ध्यानाकर्षण गराउन खोजेका थिए। तर, सो विषयमा कुरा गर्न खोज्दा मुख्यमन्त्री र उनका कार्यकर्ताको निर्देशनमा प्रहरीले स्वामीलाई नियन्त्रणमा लिएको जनाइएको छ। त्यसपछि स्वामीले अहिले गोकुलेश्वरमा मौन अनशन थालेका छन्। यता, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी इन्स्पेक्टर जगतगाहा मगरले भने अहिले अनसनमा नरहेको बताए। प्रहरीले नरोकेको र सिडिओले भेटेपछि स्वामी मन्दिरमा फर्किएको उनले बताए। सुदूरपश्चिमका मुख्यमन्त्री शाहसंगै उक्त टोलिमा सोही क्षेत्रका प्रदेश सभा…

Read More

महेन्द्रनगर – सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले बताउनुभयो । टोलीमा उपकप्तानमा युवराज खत्री, विकेटकिपरमा आशिष लुहार, राजेश ऐर, रितिक थापा, रविन भण्डारी, सुदीपसिंह कार्की, सचिन मल्ल, अशोक धामी, मेट्रिक्स थापा, डम्बर माझी, विक्रम साउँद, आशिष शाह र भुपेश जोशी रहेका छन् । यस्तै प्रजल सुनार, आरिस बोहरा, सचिन भट्ट र कृष शाही वैकल्पिक खेलाडीको रुपमा राखिएको छ । टिम प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द र व्यवस्थापकमा सुरेन्द्रबहादुर सिंहलाई जिम्मा दिएइको छ । वैशाख १ देखि ७ गतेसम्म अछाममा सञ्चालन भएको…

Read More

काठमाडौँ – सिक्किमकी नीलम गुरुङले ‘द पोयट आइडल’ को उपाधि जितेकी छन् । शुक्रवार सम्पन्न ग्रान्ड फिनालेमा कवियत्री गुरुङ पहिलो सिजनको विजेता घोषित भएकी हुन् । विजेता गुरुङले उपाधि जितेसँगै १० लाख रुपैयाँ पुरस्कार पाएकी छन्। ग्रान्ड फिनालेमा निलमसहित नाथान रायन, मिल्सन राई र पल्लविवबीच प्रतिस्पर्धा भएको थियो । ‘डन डिरेक्टर’का रूपमा परिचित अमन प्रताप अधिकारीले निर्देशन गरेको ‘द पोयट आइडल’मा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्त निर्णायक थिए।

Read More

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सुन्तडिमा बास तथा निगालोबाट विभिन्न सामग्री बनाइने भएको छ । युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले सहजीकरण गर्न थालेको छ । यसका लागि घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा विपन्न समुदायको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले ४५ दिने बास तथा निगालोको सामग्री निर्माण गर्ने सीप विकास तालिम गत चैत महिनाको २७ गतेदेखि सुरु गरेको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सब इन्जिनियर करणबहादुर विष्टले बताए । विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हेतुले सञ्चालन…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्‍याउन सरकार कटिबद्ध रहेको बताएका छन् । विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । ‘नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्‍याउन सरकार कटिबद्ध छ । शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रासामु छ’ उनले भने । अहिले देश विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको भन्दै उनले प्रतिगमन विरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन सरकार…

Read More

धनगढी – धनगढीकी मोडल अनु खड्काले वेष्ट मोडल अवार्ड पाएकी छन् । सुप इन्टरटेन्मेन्ट म्युुजिक अवार्ड २०७९ मा सहभागी धनगढीको फूलबारी स्थायी ठेगाना भएकी खड्काले Best model Female-2079(Jury) प्राप्त गरेकी हुन् । स्टाफ नर्स समेत रहेकी खड्कालाई शुक्रबार साँझ एक कार्यक्रमकाबीच आयोजकले अवार्ड प्रदान गरेका हुन् । विगत करीब तीन वर्षदेखि मोडलिङमा आवद्ध खड्काले मेरा गाउँ जाल्ली मुइ जसी होल्ली, तु अब अर्काकी भईगइ, लगायतका विभिन्न दुुई दर्जन बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । अवार्ड प्राप्त गरेपछि खड्काले दर्शकको साथ, सहयोगले नै यो स्थानसम्म आइपुगेको बताउदै अगामी दिनमा समेत यस्तै सहयोगको पाइराख्ने विश्वास व्यक्त गरिन् । ‘पेशाले म अहिले…

Read More

कञ्चनपुर – कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दको शव फेला परेको छ। चन्दको शव २२ घन्टापछि आज बिहान फेला परेको हो। शव आक्रमण गरेको केहि पर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए। उनको शवलाई अहिले अस्पताल लग्ने तयारी भइरहेको डाँगीले बताए। शुक्रवार बिहान चन्दलाई बाघले आक्रमण गरेको हो। गाउँका अरु महिला पनि घाँस काट्न खप्टिनाला क्षेत्रमा गएका थिए। तर चन्दलाई बाघले आक्रमण गरी लगेको थियो। सँगै गएका महिलाले घटनाको बेलिबिस्तार लगाएपछि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला सव–डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी खप्टिनाला क्षेत्र पुगेका थिए। खप्टी नालामा महिलालाई आक्रमण पछि सोही…

Read More