Author: Nisha Shrestha

सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारले विश्व अहिले एक सानो गाउँमा रुपान्तरण हुन पुगेको छ । विश्वका जुनकुनै स्थानमा बस्ने नागरिक सूचना र सञ्चार प्रविधिको प्रयोगबाट वञ्चित हुनु परेको छैन । यसकोे प्रयोगमार्फत प्राप्त हुने विभिन्न सेवाका अतिरिक्त यो प्रविधि सुशासनको प्रत्याभूत गर्न सहयोगी भइरहेको छ । विश्वव्यापी रुपमा सूचना प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तरक्रिया, सार्वजनिक सेवा तथा सूचना प्रवाहका माध्यमले भूगोलरहित समाजको निर्माण गर्न सहयोग गरेको छ । यसले निम्न वर्गको मानिसलाई सूचनाको हक र पहँुचमा स्थापितसमेत गरेको छ । ज्ञान र सीप सिक्न सक्ने सम्भावनाहरुका ढोका खोलिदिएको छ । सूचना तथा सञ्चार प्रविधि आम मानिसको स्वार्थरहित अनन्य…

Read More

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु भनेर चिनिने दिलबहादुर थापाको निधन भएको छ। उपचुनावको समयमा चितवनस्थित लामिछाने निवासको छतबाट खसेर घाइते भएका उनको ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा आज मृत्यु भएको बताइएको छ। गत वैशाख ४ गते भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको तीन तले घरबाट खसेर गम्भीर घाइते भएका थापालाई तत्काल भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि बैशाख ५ गते हेलिकप्टरमा राखेर मेडिसिटी ल्याइएको थियो। मेडिसिटीको आइसीयु बेड नम्बर ५६९ मा भर्ना गरिएका थापाको आज दिउँसो पौने २ बजे निधन भएको प्रहरीले जानकारी दिएको छ। थापा घरको छतबाट खसेको सिसिटिभीमा…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश असहज स्थितिमा रहको बताएका छन् । काठमाडौँमा आयोजित ग्रासरुट समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । देशमा राजनीतिक स्थिरताको स्थिति नरहेको बताउँदै उनले कसैको बहुमत नआउँदा चारतिर फर्किएका दलहरू मिलेर सरकार चलाउनु परेको उनको भनाई थियो। चारतिर फर्किएका दलले सरकार बनाउँदा देशको विकास र सुशासन हुन नसकेको बताए । यदि एउटा पार्टीको बहुमत हुने भए यो नीतिका साथ काम गर्छु भन्ने स्थिति हुने ओलीले बताए ।

Read More

सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा आगलागी भएको छ । मङ्गलवार ९आज० बिहान करिब ५स्४० बजेतिर विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाले जनाएको छ । विद्युत् सर्ट भई आगलागी हुँदा नागरिकता प्रतिलिपि फाटका कम्प्युटर, प्रिन्टर, स्क्यानरलगायतका विद्युतीय उपकरण जलेर नष्ट भएका छन् । आगलागी भई धुवाँमाथि जाँदा ड्युटीमा बसेका सुरक्षाकर्मीले देखेका थिए । तत्कालै सुरक्षाकर्मी आइ आगो निभाउँदा थप क्षति भने भएको छैन । छेउमै रहेको वारुण यन्त्र, सुरक्षाकर्मी र कार्यालयका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा आएको हो। आगो नियन्त्रण गर्ने क्रममा राहदानी शाखाको कम्प्युटरमा समेत क्षति पुगेको छ ।

Read More

काठमाडौँ – सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टेड पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरू प्रिन्टेड पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि बनाउने तयारी सुरु भएको छ । आज मङ्गलवारदेखि काठमाडौँमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा। मतिना जोशी वैद्यले सस्तो र मिठो हुने भएकाले ‘स्ट्रिट फुड’ को उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टेड पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको स्पष्ट पारिन् । महानिर्देशक…

Read More

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको ‘एजेन्डा’लाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुने बताएकी छन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा व्याप्त बेथितिको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिरहेको बताइन् । वर्तमान सरकार गठन भएदेखि नै सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अघि बढाइरहेको उनको भनाइ थियो । उनले राहदानी, राष्ट्रिय परिचय पत्र, वैदेशिक रोजगारीमा जाने नेपालीका लागि स्थानीयस्तरबाटै श्रम स्वीकृति, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई…

Read More

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई दिएकी छन् । विजेता नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिँदै उनले आजको यो जितले नेपाल र नेपालीको शिर उचो बनाएको र क्रिकेट खेलप्रेमीहरुलाई खुसी तुल्याएको जनाएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी कामना गरेको उनको सचिवालयले जनाएको छ । आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आज सम्पन्न फाइनलमा युनाइेटड अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।

Read More

काठमाडौँ – बारा– २ बाट उपनिर्वाचनमा निर्वाचित जसपाका उपेन्द्र यादवले सांसद पदको शपथ लिएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवलाई सभामुख देवराज घिमिरेले केही बेरअघि सिंहदरवारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले २८ हजार ४ सय १५ मतसहित निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहकलाई ५ हजार ८१ मतले पराजित गरी विजयी भएका थिए ।

Read More

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको हो । मुख्यमन्त्री चौधरीलाई माओवादी, नागरिक उन्मुक्ति लगायतका ८ दलले पक्षमा मत दिए भने एमालेले विपक्षमा मत दिएका हुन् । बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

Read More

काठमाडौं – सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन । उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन । सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन् । खानले सर्वाधिक १७ विकेट लिन सफल भएका थिए । यसैगरी, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । प्रतियोगितामा दुईवटा १ सय ५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएर रेकर्ड कायम गरेका छन ।

Read More