काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश असहज स्थितिमा रहको बताएका छन् ।
काठमाडौँमा आयोजित ग्रासरुट समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
देशमा राजनीतिक स्थिरताको स्थिति नरहेको बताउँदै उनले कसैको बहुमत नआउँदा चारतिर फर्किएका दलहरू मिलेर सरकार चलाउनु परेको उनको भनाई थियो।
चारतिर फर्किएका दलले सरकार बनाउँदा देशको विकास र सुशासन हुन नसकेको बताए । यदि एउटा पार्टीको बहुमत हुने भए यो नीतिका साथ काम गर्छु भन्ने स्थिति हुने ओलीले बताए ।
Facebook Comments Box