Author: Nisha Shrestha

बझाङ – बझाङमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आईतवार साँझ यार्सागुम्बा टिप्ने ठाँउबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहराले मादक पदार्थ समेत सेवन गरेको बुझिएको छ । साथै, त्यहाँका अहिले गाउँबाट स्थानीय र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको सूचना अधिकारी रमेश अवस्थीले बताए ।

Read More

अछाम- अछाममा जबरजस्ती करणीको आरोपमा एक जना प्रकाउ परेका छन। साँफेबगर नगरपालिकाका अन्दाजी १६ वर्षिय एक किशोर प्रकाउ परेका छ्न । उनी अन्दाजी ६ वर्षकी एक बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा प्रकाउ परेको प्रहरीले जनाएको छ । आइतबार ईलाका प्रहरी कार्यालय बयालपाटाले आफन्तको जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रकाउ गरेको थियोे । किशोरलाई प्रकाउ गरेर घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक कैलाश सिंह बिष्टले बताए ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय वसुन्धरामा सुरु भएको छ । आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा जाने विषयमा छलफल हुने नेताहरूले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा आउन आग्रह गरेका छन् । आफूहरूले उठाएको विषय समेटिए सरकारमा जान सकिने रास्वपाका नेताहरू बताएका छन् । आज दिउँसो ३ बजे संसदीय दलको बैठक पनि बस्दै छ ।

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले अयोग्य लडाकुहरूलाई तत्काल दुई लाख रुपैयाँ दिनुपर्ने बताएका छन् । सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरूलाई दिने भनिएको दुई लाख रुपैयाँ तत्काल दिइनुपर्ने बताएका छन् । “यो यस अघिकै सरकारहरूले गरेको निर्णय हो । वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको हो,” उनले भने, “अयोग्य लडाकुहरूलाई दुई लाख रुपैयाँको दरले दिँदा करिब एक अर्ब रुपैयाँ खर्च हुन्छ । सो रकम राज्यले व्यहोर्न सक्छ ।” उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरूको योगदान रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान हुनुपर्ने बताए ।

Read More

काठमाडौं – नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी मजदुर वर्गका सामाजिक सुरक्षालगायत हक अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उहाँले आज एक शुभकामना सन्देश जारी गर्दै मुलुकको विकास र आर्थिक समृद्धिका लागि श्रमिक वर्गको अधिकार तथा हितको सम्वद्र्धन गर्नुपर्ने बताउनुभएको हो । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरिएको सन्देशमा मे १ तारिख मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइँदै आएको उल्लेख गरिएको छ । देशमा भएका सबै राजनीतिक परिवर्तनका आन्दोलनमा श्रमिक वर्गको उल्लेखनीय सहभागिता तथा योगदान रहेको उल्लेख गर्दै…

Read More

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले एमाले सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चिता गरी एमालेले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र सङ्घर्ष गर्न नपर्ने अवस्थाको सिर्जना गरेको उहाँको भनाइ छ । “विगतका वर्षमा हाम्रो सरकारले उद्यमी…

Read More

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आउनुभएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्छ । विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका उहाँ २०३८ मा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनबाट निर्वाचित बन्नुभयो भने त्यसयता पटकपटक चुनाव जित्दै मन्त्री हुँदै आउनुभएको छ । विसं २०४५ मा पहिलो पटक सहायकमन्त्री बन्नुभएका उहाँले हालसम्म झण्डै डेढ दर्जन पटक मन्त्रीको जिम्मेवारी पूरा गरिसक्नुभएको छ । महोत्तरीबाट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता भण्डारी पछिल्लोपटक गत चैत १७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको हो । संविधानमा श्रमसम्बन्धी हकलाई…

Read More

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग आजै सहमति हुने बताएका छन् । आविष्कार र नवप्रवर्तनका लागि जीडीपीको एक प्रतिशत बजेट छुट्याउनु पर्ने माग गर्दै पुन चार दिनदेखि मातीघरमा धर्ना बसेका छन्। सरकारले आइतबार वार्ता थालेको थियो। त्यसको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले चितवनमा पत्रकारसँग लिखित सहमतिको तयारी रहेको सुनाए। यसअघि आफूसँग भएको भेटमा महावीरले ‘म त माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदौ रैछ विचार गर्नु पनि छ’ भनेर हास्दै निस्किएको प्रचण्डले सुनाएका छन् । आफूले बस्नुस भन्न नमिल्ने तर बस्दा रकम छुट्याउन मद्दत नै हुन्छ भनेको पनि प्रचण्ड बताए । ‘करिबकरिब मैले बुझ्दा त सरकारसँगको…

Read More

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० सयले घटेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज सोही मूल्यमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं- आज एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमस राष्ट्रको अभियान’ तय गरेको छ । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाल तथा विश्वभर छरिएर रहेका श्रमिकलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना दिँदै भन्नुभएको छ, “कामका खोजीमा विदेशिएका नेपाली श्रमिकको रोजगार थप, सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाइनेछ । स्वदेश तथा विदेशमा श्रम गर्ने श्रमिकको हक, अधिकार, सुविधा, र असल सम्बन्ध सुनिश्चित गर्न सरकार निरन्तर लागि गरेको छ ।” यसैबीच श्रमिक संघ संगठनले श्रम हकअधिकारको सुनिश्चितताका लागि…

Read More