काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय वसुन्धरामा सुरु भएको छ । आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा जाने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा आउन आग्रह गरेका छन् । आफूहरूले उठाएको विषय समेटिए सरकारमा जान सकिने रास्वपाका नेताहरू बताएका छन् ।
आज दिउँसो ३ बजे संसदीय दलको बैठक पनि बस्दै छ ।
Facebook Comments Box