Author: Nisha Shrestha

काठमाडौँ –   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ। खुमलटारस्थित प्रचण्ड निवासमा बुधबार बिहान अध्यक्ष प्रचण्डसँग राजदूत बेरीले बिदाई भेटवार्ता गरेका हुन्। भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए। नेपालका लागि अमेरिकी राजदूतमा डीन थम्पसन सिफारिस भइसकेका छन्। राष्ट्रपति जो वाइडेनले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्य एसिया हेर्दै आएका थम्पसनलाई नेपालको नयाँ राजदूतमा प्रस्ताव गरेको ह्वाइट हाउसले जनाएको छ।

Read More

काठमाडौं – सिक्लेस हाइड्रोपावर कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो । यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Read More

काठमाडौं – नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा आइपुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं –  भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानहरुमा गरगहना लुटपाट गर्ने व्यक्तिहरुलाई पक्राउ गरिएको छ । बिगत लामो समयदेखी सुनका गरगहना लगाएका व्यक्तिहरुलाई पिछा गरी एकान्तमा पारी लुटपाट गर्दै आइरहेका ४ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो । लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको २ वटा मोटरसाइकल सहित प्रहरी वृत्त ठिमी र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । साथै लुटिएको सुनको स्वरुप परिवर्तन गर्ने २ जनालाई लुटिएको करिब २ तोला सुन सहित चाबहिल काठमाण्डौबाट नियन्त्रणमा लिएको, साथै लुटपाट गिरोहमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ – सरकारले भूमिहीन, सुकुमबासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । राष्ट्रिय भूमि आयोगले बुधबार सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । आयोगले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन भनेको छ । यसपटक आयोगले सात प्रदेशका २८ जिल्लाका लागि निवेदन आह्वान गरेको हो । जसअन्तर्गत प्रदेश १ का सोलुखुम्बु र तेह्रथुम, मधेशका सप्तरी, धनुषा, महोत्तरी र रौतहट, बागमतीका रामेछाप, काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोक रहेका छन् । यस्तै, गण्डकीको नवलपरासी पूर्व, स्याङ्जा र मुस्ताङ, लुम्बिनीका बर्दिया, रुकुम पूर्व, रोल्पा र नवलपरासी पश्चिम, कर्णालीका रुकुम पश्चिम, जुम्ला, कालीकोट, मुगु, डोल्पा, सल्यान, हुम्ला र दैलेख र सुदूरपश्चिम प्रदेशका अछाम,…

Read More

काठमाडौँ –  सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गरेको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले सीमा सुरक्षा विभागमा एआइजीको दरबन्दी थप्ने निर्णय गरेको हो । हाल सशस्त्र प्रहरीमा एआइजीका दुई दरबन्दी छन् । कार्य तथा सीमा सुरक्षा विभागलाई छुट्टाछुट्टै विभाग बनाउन लागिएको हो । स्रोतका अनुसार सीमा सुरक्षा विभागको दरबन्दी संरचना पनि स्वीकृत भइसकेको छ । जसमा १ एआइजी, १ डिआइजी, १ एसएसपी, ३ एसपी, ७ डिएसपी, ८ इन्स्पेक्टरसहित ७६ जनाको दरबन्दी कायम भएको छ । थपिएको नयाँ दरबन्दीमा सिनियर डिआइजी वंशी दाहालको बढुवा हुने सम्भावना रहेको स्रोत बताउँछ । उनी हालका प्रहरी महानिरीक्षक राजु अर्यालकै ब्याचका हुन् । एआइजीको दरबन्दी थपिएसँगै सशस्त्रको…

Read More

काठमाडौं – ५८ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई २०४७ भदौं २९ गते अनुमोदन गरेको दिनको अवसरलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाउँदै आएको छ । दिवस २०६३ सालदेखि मनाउन थालिएको हो। बालदिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले बालबालिकाको उचित पालनपोषण‚ शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासमा आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन्।…

Read More

काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा आपसी हित, नेपाल र चीनबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए।

Read More

काठमाडौँ –  प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो । सम्भावित कार्यसूची दुई बुँदे रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने रहेको छ । साथै दोस्रो बुँदामा गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

Read More

काठमाडौं – लगातारको गिरावटपछि आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको छ । नेप्से १.११ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले बढेर ३७६.१७ विन्दुमा पुगेको छ । कूल २३१ वटा कम्पनीको ३१ लाख ४६ हजार ९ सय ९६ कित्ता सेयर खरिदबिक्री हुँदा ९२ करोड २५ लाख ७४ हजार ४ सय १० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै…

Read More