Author: Nisha Shrestha

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्शको ७२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको बताए । ‘नेपाल सरकार आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा छ। परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ। सरकारले यस पटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको…

Read More

काठमाडौँ – अर्थमन्त्री डा.प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरूलाई निर्देशन दिएका छन् । भन्सार विभागद्वारा आज यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । ‘आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरू के हुन् तपाईंहरुलाई नै थाहा छ, तर कार्यान्वयन भइरहेको छैन, म यहाँहरूलाई त्यतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।’ आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढङ्गबाट काम गर्न लागिपरेको उल्लेख गर्दै उनले जिम्मेवार पदाधिकारीलाई गम्भीर भएर काम गर्न निर्देशित गरे । ‘जबाफदेही र जिम्मेवार बनाउने परम्पराको हामी सुरुआत गरौँ’, उनले भने । धेरै कारणबाट राजस्व…

Read More

काठमाडौँ – राष्ट्रपति कार्यालयले सोमबार फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोहोर उठाइदिन अनुरोध गरेको छ । शीतल निवास वरपरको क्षेत्रबाट फोहोर सङ्कलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शीतल निवासले टेलिफोन गरेर फोहोर उठाइदिन अनुरोध गरेको हो । महानगरले फोहोर मैला उठाएर बञ्चरेडाँडामा लैजानुपर्ने भएकाले त्यहाँ नलैजान निर्देशन दिएपछि फोहोर नउठाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले बताए । सञ्चालक घिमिरेले भने, ‘हामीलाई फोहोर उठाउन राष्ट्रपति कार्यालयबाट फोन आए पनि फोहोर नउठाउन महानगरका मेयरको निर्देशनले उठाएका छैनौँ ।’ काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदवारबाट फोहोर नउठाउन निर्देशन दिएपछि अहिले प्रधानमन्त्री कार्यालयसहित सिंहदरवारभित्रका कार्यालयबाट पनि फोहोर उठ्न सकेको छैन । महानगरपालिकाले फोहोर…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतमा सुविधा पाउने भएका छन् । संघीय संसद सचिवालयले प्रमुख विपक्षी दलको नेताको हैसियतमा देउवालाई ९३ दिनको सुविधा दिने तयारी गरेको हो । पुस १० मा प्रचण्डको नेतृत्वमा सरकार बनेको थियो । त्यस बेला काँग्रेस संसदमा प्रमुख विपक्षी दलको बेन्चमा बसेको थियो । तर २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पनि काँग्रेस विपक्षी दलको बेन्चमा नै बसेको थियो । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले सरकारलाई विश्वासको मत दिएको दल प्रमुख विपक्षी दल हुन नसक्ने दाबी गर्दै आएका छन् । यस विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा परेको…

Read More

काठमाडौँ – सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको छ । तर यही कानुनी मान्यताबाट फाइदा उठाउँदै भ्रुण पहिचान गरी छोरी भएमा भ्रुण हत्या गर्ने गरिएको पाइएको छ । गर्भमा नै लिङ्ग पहिचान गर्ने र छोरी भए गर्भपतन गराउने तथा छोरालाई जन्मिन दिने गर्नाले यसको असर राष्ट्रिय जनगणनामा पनि देखिएको हो । लिङ्ग पहिचान गरेर छोरीको हत्या गरेपछि नेपालमा छोरी छोराको तुलनामा कम जन्मिने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । हालै सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा लिङ्ग पहिचान गरेर गरिने गर्भपतनको प्रभाव परेको देखिन्छ । जनगणनामा नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । समाजमा छोराप्रतिको बढ्दो चाहना र महिलालाई गरिने विभेद्पूर्ण…

Read More

काठमाडौँ – प्रि ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचकमा ०.८३ अंकले घटेर १८३७.६५ विन्दुमा आएको छ । यससँगै ८ कम्पनीको एक हजार २४० कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ४३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसूचकहरू मध्ये २ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Read More

काठमाडौँ – नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा.ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा उनले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्राएर विकासमा फड्को मार्न सक्नेमा विश्वास व्यक्त गरे । कोरिया सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झण्डै चार दशक काम गरेका पूर्वमन्त्री लीले कुनै पनि देश विकासका लािग नेतृत्व बलियो हुनुपर्नेमा जोड दिए । उनले दक्षिण कोरियाले सही नेतृत्वका कारण विकसित राष्ट्र बन्न सकेको बताए । उनले भने, ‘नेपालमा कैयन सम्भावना छन्, यी सम्भावनालाई अवसरका रूपमा लिन सके नेपालले पनि…

Read More

काठमाडौँ – प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद्को शङ्कर हलमा सभामुख देवराज घिमिरेले बैठक आव्हान गरेका हुन् । बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरूको उपस्थिति छ । प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नुका साथै विषयगत समिति गठन, मस्यौँदा समिति गठन लगायतमा छलफल हुनेछ । सोमबार दिउँसो संसद् बैठक बस्ने भएकाले त्यसअघि परामर्श समितिको बैठक बसेको हो । सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनयन गरेपछि आज पहिलो बैठक बसेको छ ।

Read More

धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो । उपचारका लागि धनगढी ल्याउने क्रममा ठगुन्नाको बाटोमै मृत्यु भएको हो । दुर्घटनामा चुरे गाउँपालिकाकै प्रकाश धामी, हरिष धामीसहित तीन विद्यार्थीसमेत घाइते भएका छन् । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । झण्डै ४५ किलोमिटरको दूरीमा रहेको अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिएर घरतर्फ जाँदै…

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुन सोमबार ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । तेजाबी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको मूल्य भने तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार ४ सय ३० रुपैयाँ कायम भएको छ । आइतबार…

Read More