Author: Nisha Shrestha

काठमाडौं – संयुक्त राष्ट्रसंघको ७७औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्र सचिव भरत राज पौड्याल र विभिन्न देशका विदेशमन्त्री बीच भेटवार्ता भएको छ । परराष्ट्र सचिव पौड्यालले बिहीबार माल्दिभ्सका विदेशमन्त्री एचई अब्दुल्ला साहिद र निकारागुआका विदेशमन्त्री डेनिस मोन्काडा कोलिन्द्रेससँग द्विपक्षीय भेटवार्ता गरेको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ । भेटमा दुई पक्षबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा पारस्परिक हित र सहयोगका विविध विषयमा छलफल भएको थियो । बिहीबार नै परराष्ट्र सचिव पौड्यालले अतिकम विकसित राष्ट्र र भूपेरिवेष्ठित विकासोन्मुख राष्ट्रको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका थिए ।

Read More

तेह्रथुम – जिल्लाको आठराई गाउँपालिका–३ ह्वाकुका सुमन गुरुङले विदेशमा भन्दा पनि आफ्नै घरगाउँमा आजकल राम्रो कमाइ गर्न थालेका छन्। चार वर्ष विदेश बसेर दुई वर्ष अगाडि घर फर्केका २७ वर्षीय गुरुङले स्वदेशमै भेडापालन गरेर विदेशमा भन्दा राम्रो कमाइ गर्न थालेका हुन्। कोरोनाका कारण घर फर्केका गुरुङ अब के गरेर जीवन चलाउने भन्ने सोचमा थिए। त्यत्तिकैमा आफ्नो पुख्र्यौली पेशा रहेको तर हाल लोपोन्मुख हुँदै गएको भेडापालन गरेर पनि आम्दानी लिन सकिने सोच मनमा आयो। विदेशबाट आएपछि आफ्नै गाउँ–ठाउँमा केही गर्ने मनसाय लिएका गुरुङलाई स्थानीय संस्था देउराली सोसाइटीले जागरुक बनाउन मद्दत गर्‍यो। अहिले भेडापालनबाट गुरुङले मासु र राडीपाखी बेचेर मनग्य आम्दानी गर्न…

Read More

काठमाडौं – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले सो रिट दायर गरेका हुन् । संसद्को अवधि समाप्त भइसकेपछि सभामुख र उपसभामुख पद पनि स्वतः रिक्त हुने जिकिर रिट निवेदनमा गरिएको छ । निवेदनमा प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै सभामुख र उपसभामुखको पद पनि खाली हुनुपर्ने माग गरिएको छ । बिहीबार परेको…

Read More

काठमाडौं – सत्ता गठबन्धन सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्। धनुषा –१, सिरहा–३ सहितका केही निर्वाचन क्षेत्रमा माओवादीसहित गठबन्धनमा रहेका दलहरूले दाबी गरेका छन्। सहमति जुट्न बाँकी रहेका निर्वाचन क्षेत्रका विषयमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू शुक्रबार पहिला छलफलमा जुट्ने छन्। उनीहरूबीच सहमतिपछि सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू आज दिउँसो १ बजे पुनसछलफलमा बसेर सहमतिमा पुग्ने प्रयास गर्ने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

Read More

काठमाडौँ – नेपाली चलचित्र ‘प्रेमगीत ३’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै स्वदेश तथा विदेशमा एकसाथ रिलिज भएका यो चलचित्र करिब १२ सय पर्दामा एकसाथ प्रदर्शनमा आएको हो । स्वदेशमा नेपाली र विदेशमा हिन्दी संस्करण रिलिज भएको चलचित्रले स्वदेश तथा विदेशमा राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । निर्माण भएको तीन वर्ष सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्रको हिन्दी संस्करण सेन्चरमा ढिलाई भएको कारण सोमबार मात्र रिलिज हुने बताइएको छ । हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृखंलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीत–संगीतले पाएको लोकप्रियताका कारण चलचित्रले ठूलो हाइप छ । यसैले फिल्मले ओपनिङ ब्यवसाय समेत राम्रो…

Read More

काठमाडौँ – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, प्रज्ञा प्रतिष्ठान सेवा आयोगले ११२ जना अधिकृतका लागि आवेदन खुला गरेको छ । खुला तथा आन्तरिक प्रतियोगिताका लागि विभिन्न पदमा दरखास्त फाराम आह्वान गरेको जनाएको छ । पदपूर्ति गर्नुपर्ने भएकाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान , कर्मचारी प्रशासन नियमावली , २०६४ (संशोधन सहित) बमोजिम तोकिएको योग्यता र सेवा अवधि पुगेका उम्मेदवारहरूले दरखास्त फाराम भरी सेवा आयोगको कार्यालयमा सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र फाराम भर्न आयोगले सूचना जारी गरेको छ ।

Read More

काठमाडौँ – कलाकार बुद्धि तामाङ शुक्रबार वैवाहिक बन्धनमा बाधिँदै छन् । तामाङले आज मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार मागी विवाह गर्न लागेकाे उनकाे पारिवारिक स्राेतले जनाएकाे छ । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू उपस्थित हुनेछन् । स्राेतका बुद्धिसँग विवाह गर्न लागेकी युवती स्नातक अध्ययनरत छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गरेका बुद्धि ‘हैट’ उपनामले चर्चित छन् । साथै, उनको नयाँ चलचित्र ‘दुई नम्बरी’ असोज २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Read More

गोरखा – जिल्लामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय जौवारीको टोलीले तीनैजनालाई पक्राउ गरेको हो। पक्राउ परेका सीताबहादुरको घरबाट एकनाले सर्ट गनसहित त्यसमा प्रयोग हुने गोली २४ थान र ३४ थान गोलीको खोका बरामद भएको लामिछानेले बताए। अन्य दुई जना माइला घलेको गोठबाट र कृष्णप्रसादको घरबाट बन्दुकसहित पक्राउ परेका हुन्।

Read More

काठमाडौँ – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षार्थ १ लाख १५ हजार म्यादी प्रहरीको माग भएकामा २ लाख ३२ हजार ८८ को आवेदन परेको छ । नेपाल प्रहरीले म्यादी प्रहरी भर्नाका लागि ३० भदौदेखि आवेदन खुला गरेको थियो । प्रहरीको तथ्यांकअनुसार आवेदन दिनेमा सबैभन्दा धेरै मधेस प्रदेशका छन् । देशका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन खुला गरिएको थियो । म्यादी प्रहरीमा भर्ना हुन १ लाख ७१ हजार ७१८ जना पुरुष र ६० हजार ३७० जना महिलाले आवेदन दिएका छन् । असोज ९ बाट म्यादी प्रहरीको छनोट शुरु हुन्छ । काठमाडौँ उपत्यकामा ९ हजार ७१ जनाले दरखास्त दिएका छन् । मंसिर…

Read More

काठमाडौँ – सशस्त्र प्रहरी बलले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो । ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।हेर्नुस् विज्ञापन :

Read More