Author: Nisha Shrestha

कञ्चनपुर– बेलौरी नगरपालिका–६ विद्यानगरबाट लागूऔषध सहित २ जनालाई प्रहरी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उपमहानगरपालिका-७ मनहेरा बस्ने १५ वर्षीय किशोरलाइ खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७५ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयका अनुसार से.७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

Read More

बारा– बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका बुथहरूमा प्रहरीका सई र असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नागो रुपमा देखिई रहेको बताएका छन् । उम्मेदवार पुरुषोत्तम पौडेलले भने, ‘ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, इनरवा , सनफुलवा, सिन्चाइ बुथ लगायत बुथहरूमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङगो रुपमा देखिइरहेका छन् ।’ उम्मेदवार पुरुषोत्तम…

Read More

चितवन– चितवन क्षेत्र नं २ का दुई केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं। ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो । सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी…

Read More

काठमाडौँ – राष्ट्रिय सभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ । यसअघि वैशाख ५ गते बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको जानकारी दिएका छन् ।

Read More

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेच्नुभएन । उत्पादित ५३ क्विन्टल गहुँ उहाँले गाउँमै बिक्री गर्नुभयो । खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक चौधरीले बताउनुभयो । “गाउँमै गहुँको राम्रो मूल्य पाइयो, “हामीले रु चारहजारदेखि रु चार हजार दुईसय प्रतिक्विन्टलका दरले गाउँमै गहुँ बेचिरहेका छौँँ”, कृषक चौधरीले भन्नुभयो, “खाद्यले गहुँको मूल्य चलनचल्तीभन्दा धेरै कम निर्धारण गरेको छ ।”खाद्यले यस वर्ष गहुँको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल रु चार हजारदेखि रु चार…

Read More

बैतडी- मोफसलका सञ्चारकर्मी लक्ष्मण विसीको ‘साई बाज’ बोलको पहिलो देउडा गीत बजारमा आएको छ । विसीकै शब्द रहेको गीतमा लोक देउडा गायक दीपक सङ्गम विसी र चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ । दीपक सङ्गम विसीको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त देउडा गीतमा गायक विसीले नै सङ्गीत भर्नुभएको छ भने एरेन्ज र मिक्सिङ्गोको काम पनि दीपक सङ्गमले गर्नुभएको छ । निर्देशन तथा कोरियोग्राफी टेकेन्द्र शाहले गर्नुभएको यास गीतिभिडियोमा गायक सङ्गम विसी र सुस्मिता कुँवरको अभिनय रहेको छ । विसीले यस देउडा गीतमार्फत समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको बताउनुभयोे । रेडियो मेलौलीमा स्टेशन म्यानेजरको रुपमा कार्यरत उहाँले दर्जनौँ कविता,…

Read More

रुपन्देही – बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७र्औं बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मुल व्यवस्थान समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ । बुद्धजयन्तीको तयारीका लागि विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा मूलसमिति गठन गरिएको छ । विकास कोषका कोषाध्यक्ष सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयमसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमिति गठन गरिएको छ । यस्तै पुरस्कार…

Read More

धनगढी- बैतडीमा एक कुखुराले अनौठो आकारको अण्डा दिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका – ४ शाहीलेक स्थित एमएस भण्डारीले पालेको पोथी कुखुराले अनौठो अण्डा हो। उक्त कुखुराले शनिवार करिब चार इन्च लाम्चो भ्रूण आकारको फुल पारेको बताइएको छ। उक्त घटनाले त्यहाँका किसान समेत जिल्ल परेका छन्। कुखुराले अनौठो फुल पारको विषयमा पशु चिकित्सकहरुले हर्मोनका कारण यस्तो भएको बताएका छन्।

Read More

चितवन – चितवनको भरतपुर महानगरपालिका-११ मा रहेको नयाँकिरण मावि मतदानस्थलमा रवि लामिछानेका समर्थकहरुले हुलदंगा गरेपछि झडप भएको छ । रवि आफ्ना केही सहयोगीसहित सो विद्यालयको बुथतर्फ जाँदा त्यहाँ रहेका समर्थकहरुले उनको पक्षमा नारा लगाएका थिए । ‘रवि दाइ हाइ हाइ’ भन्दै नाराबाजी भएपछि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेका हुन् ।आक्रमण प्रयास गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसपछि प्रहरीले उनीहरुलाई रोक्न लाठीचार्ज गरेको थियो । त्यसक्रममा भागाभाग मच्चिएको बताइन्छ । ‘के को हाइ हाइ ? अहिले नाराबाजी गर्न पाइन्छ ? आचारसंहिता लाग्दैन ?’ भन्दै केही युवाहरुले हुलहुज्जत गरेपछि प्रहरीले रविलाई सुरक्षा दिएर लगेको थियो । ती युवाहरु र प्रहरीबीच झडपसमेत…

Read More

काठमाडौं – बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमेन्द्र शर्माले जानकारी दिनुभयो । मृत्यु हुनेको पहिचान नखुलेको शर्माको भनाइ छ । घाइते सबैलाई लुम्बिनी मेडिकल कलेजमा पठाइएको शर्माले जानकारी दिनुभयो । घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस भिरमा अड्किएको बताइएको छ ।

Read More