Author: Nisha Shrestha

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको झुलाघाटमा स्वदेश फर्किनेको सङ्ख्या बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेका छन् । सुदूरपश्चिममा नयाँ वर्षलाई ‘बिसु’ पर्र्वका रूपमा समेत मनाइने भएकाले काम गर्नका लागि भारत पसेका फर्किने गर्दछन् । सुदूरकै पुरानो पहाडीनाका झुलाघाट भएर बैतडी, बझाङ, बाजुरा, अछामलगायतका जिल्लाका स्थानीय बिसु मनाउन घर फर्कने गरेका छन् । सीमानाका झुलाघाटबाट नेपाल फर्किनेको घुइँचो लागेको सीमा प्रहरीचौकी झुलाघाटका इञ्चार्ज योगेशकुमार पालले जानकारी दिनुभयो । हाल दैनिक दुई सय बढी नागरिक भारतबाट नेपालतर्फ आउने गरेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । घर फर्किनेको नाकामा…

Read More

बझाङ – खप्तडछान्ना गाउँपालिका – ६ बयानामा विवादका कारण चार वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । तत्कालीन पाटादेवल गाविसबाट रु दुई लाख ३१ हजार र गाउँपालिकाको १० लाखको लागतमा निर्माण गरिएको उक्त सेन्टर उद्घाटन नहँुदै विवादका कारण बन्द भएको थियो । गाउँमा छलफल नै नगरेर जानकारी बिना नियम विपरीत बर्थिङ सेन्टर सञ्चालन गरेको र जग्गादातालाई कार्यालय सहयोगी राख्नुपर्ने माग राख्दै २०७६ कात्तिक महिनामासो सेन्टरमा तालाबन्दी गरिएको थियो । सञ्चालनको तयारीमा रहेको सेन्टरमा तालाबन्दी गरेपछि भौतिक तथा स्वास्थ्य सामग्री प्रयोगविहीन बन्नुका साथै सेन्टरको झ्याल ढोकासमेत तोडफोड भएका थिए । सेन्टर निर्माण भएपछि दुई दिन मात्रै सञ्चालनमा आयो…

Read More

काठमाडौं – आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम्सेवक तालिम सञ्चालन गरेको छ । बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रतिवडा दुईजना मतदाता शिक्षा स्वयम्सेवक तयार गर्ने गरी यही चैत २७ र २८ गते तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन तनहुँ निर्वाचन क्षेत्र नं १ मा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, चितवन निर्वाचन क्षेत्र नं २ मा आयोगका सचिव गोकर्णमणि दुवाडी र बारा निर्वाचन क्षेत्र नं २ मा उपसचिव…

Read More

काठमाडौं– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन् । बैंक तथा लघुवित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरूको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएको, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाई लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपरान्ह १ बजे हुनेछ । बैंकहरूले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन । उनले सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन्…

Read More

काठमाडौँ – प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३९औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान हुने २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण समेत गर्नुभयो । साथै उहाँले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७९’ र नेपाल मेडिकल जर्नलकोसमेत लोकार्पण गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालको सेवा प्रवाहमा उल्लेखनीय योगदान दिनुहुने अस्पतालका पूर्व मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त…

Read More

काठमाडौँ – सभामुख देवराज घिमिरेको आह्वानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच बैठक सुरु भएको छ । सभामुखको निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रचण्ड, ओली र देउवासँगै एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, काँग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी भएका छन् । टिआरसीसहितका अन्य विधेयकका बारेमा छलफल गर्नको लागि उक्त बैठक बोलाइएको हो । बैठकमा महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्व महान्यायाधिवक्ता रमेश बडाललाई पनि बैठकमा बोलाइएको छ ।

Read More

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक बस्न लागेको हो । बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुने र आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय गर्ने बताइएको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरुलाई छोड्न नहुने बताएका छन्। सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरुलाई छोड्न नहुने बताएका हुन्। ‘अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौँ, घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ, यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौँ’, उनले भने । यस्तै, उनले बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु नहुने भन्दै यस्तो अराजक प्रवृत्तिलाई छुट दिन नसकिने उल्लेख गरे । ‘हुलहुज्जतको सहन सकिँदैन, त्यसमा सरकार कठोर…

Read More

काठमाडौँ – आज बसकेो राष्ट्रिय सभाले दुईवटा विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ सर्वसम्मत पारित गरेको हो । सो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका हुन् । अब दुवै विधेयकसन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ । राष्ट्रिय सभाको अर्को बैठक ३० चैत बिहीबानर दिउँसो १ः०१ बजे बस्नेछ ।

Read More