Author: Nisha Shrestha

काठमाडौँ- हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ । आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथा आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर०ले सगरमाथाको साउथ कोल ९चौथो शिविर०सम्म बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने ९रोप फिक्सिङ० गरेपछि आरोहण सुरु हुन्छ । वसन्त ऋतुको यो यामको…

Read More

काठमाडौं – एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार भोलि हुने खेल आजकै निरन्तरता हुनेछ । अर्थात् आज रोकिएकै ओभरबाट भोलि विहान ९ बजेदेखि खेल सुरु हुनेछ । आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र भोलिसम्मका लागि स्थगित भएको हो । खेल रोकिनुअघि…

Read More

गैँडाकोट- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकासमा निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको आज उद्घाटन गर्दै उहाँले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक विकासमा गति लिनसक्दैन, हामीले अहिले उत्पादन वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कुरालाई जोड दिएका छौँ ।” आजको युगमा यी सबै सरकारले पूरा गर्नसक्ने कुरा होइन भन्दै उहाँले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको काम गर्नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो वातावरण बनाइदिने जिम्मा राज्यको हुनुपर्दछ, राज्यले त्यसका निम्ती…

Read More

संसारभरिका श्रमिकले आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस बनाइरहेका छन् । एक सय ३४ वर्षअघि श्रमिकको विद्रोह, बलिदानी र न्यायको विरासत बोकेको श्रमिक दिवसको इतिहासको स्मृतिमा यो दिनलाई सम्झिरहँदा नेपाली श्रमिकले भने क्रमशः आफ्ना अधिकारहरु गुमाउँदै गइरहेका छन् । नेपालको श्रम बजारमा ठूलो मध्येको श्रम क्षेत्र यातायात क्षेत्र हो । यातायात क्षेत्रमा प्रत्यक्षरुपमा ११ लाख श्रमिक रोजगारीमा जोडिएका छन् । विसं १९७३ देखि मान्छेले बोकेर काठमाडौंँ प्रवेश गराएको इतिहासलाई हेर्ने हो भने नेपालमा यातायातका साधनको प्रवेश भएको एक सय सात वर्ष पूरा भइसकेको छ । तर, यातायात क्षेत्रले नेपालमा अझै उद्योगका रुपमा आफूलाई विकास गर्न सकिरहेको छैन । करिब १० खर्ब…

Read More

काठमाडौं- अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभएको छ । पाँचदिने भ्रमणमा आइतबार साँझ नेपाल आइपुग्नुभएका उहाँले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “यस्तो सेवा विपन्न समुदायसम्म पुर्‍याउनुपर्छ । महासङ्घले नेपाललाई प्रदान गर्दै आइरहेको आर्थिक एवं प्राविधिक सहयोग निरन्तर जारी रहनेछ ।” महानिर्देशक डा बरमेजोले यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन नेपाल सरकारसँग आग्रह गर्दै बृहत्तर यौनिकता शिक्षालाई समुदायस्तरमा पुर्‍याउनु सुझाव दिनुभयो । मूलतःगरिब, सिमान्तकृत, सामाजिकरूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन…

Read More

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने बताएका छन् । चितवनमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय परिवर्तन नहुने बताएका हुन् । उनका अनुसार किस्ताबन्दीमा लडाकुलाई दुई लाख रुपैयाँ दिइनेछ । माओवादी अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने निर्णय वर्तमान सरकारले नगरेको दाबी गर्दै उनले एमालेका विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्ति मन्त्री हुँदा भएको निर्णय अहिले कार्यान्वयन गर्न लागेको बताए । तर, उक्त निर्णय कार्यान्वयन गर्न खोज्दा अर्थतन्त्र नै संकटमा पर्न लागेको जस्तो गरी…

Read More

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले श्रमिकको हक, हित र अधिकार अगाडि बढाउन नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् । ‘राज्यको नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गर्न सके मात्र श्रमिकको अधिकार स्थापित हुन्छ,’– उनले भनेका छन्, ‘अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था हुन सके मात्र उनीहरूले न्याय पाउँछन् ।’सम्पूर्ण श्रमिकको समस्या समाधान गर्न सरकारी तवरबाटै श्रम आयोग गठन गर्नसमेत नेता डा कोइरालाले माग गरेका छन् ।

Read More

काठमाडौँ – नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बन गर्ने तयारी गरिएको छ । प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको छ । संसद सचिवालयका अनुसार दोस्रो पटक प्रहरी प्रधान कार्यालयको पत्र सचिवालयमा पुगेको छ । यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो । उक्त पत्र प्रतिनिधिसभा नियमावली २०७९ बन्नु भन्दा अगाडि आएकाले नयाँ नियमावली अनुसार स्वीकार गर्न नसकिने संसद सचिवालय र सभामुख देवराज घिमिरेको भनाइ सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको…

Read More

काठमाडौँ – सेयर लगानीकर्ताले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार बिहान अर्थमन्त्री महतलाई भेटेर सेयर लगानीकर्ताहरूले ६ बुँदे माग सहित ज्ञापन पत्र बुझाएका हुन् । मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने र जोखिम भार घटाउनुपर्ने माग उनीहरूको छ । । नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता सङ्घ नेपाल र नेपाल पूँजी बजार लगानीकर्ताले संयुक्त रूपमा बुझाएको ज्ञापन पत्रमा खुल्ला रूपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियाविना ढिलासुस्ती कार्यान्वयन गर्नु पर्ने लगायतका माग उल्लेख छन् । ‘१२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका…

Read More

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा साइकलयात्री पुस्कर शाहलाई छिर्न रोकिएको छ। साइकल लिएर रास्वापा पार्टी कार्यालय बसुन्धरा पुगेका शाहलाई साइकल लिएर छिर्न अनुमति छैन भन्दै रोकिएको हो। सोमबार शाहले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै आफूलाई पालेले साइकल भित्र लैजान मिल्दैन भन्दै फर्काइदिएको बताएका छन्। ‘चिया गफको लागि उपाध्यक्ष अर्यालले बिहान निम्ता दिनुभएको थियो।अध्यक्षज्यूलाई नि भेट्नु पर्‍यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धरा पुगेँ। पालेज्युले साइकललाई घन्टी घर भित्र प्रवेश छैन भन्नु भो,’ उनले लेखेका छन्, ‘ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ। भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ। मैले त्यो बारे प्रश्न गरेँ। पालेले…

Read More