Author: Nisha Shrestha

काठमाडौँ- आईसीसी टी २० पुरुष विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । मेलबर्न क्रिकेट मैदानमा टस हारेको पाकिस्तानले सुरुवाती ब्याटिङ गर्नेछ । यसअघि सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई दश विकेटले हराएको थियो । पाकिस्तानले न्युजिल्यान्डलाई हराउँदै तेस्रो पटक फाइलनमा स्थान बनाएको थियो । बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान र जस बट्लरको कप्तानीमा रहेको इंग्ल्यान्ड दोस्रो पटक उपाधि जित्ने योजनामा छन् । पाकिस्तानले सन् २००९ मा इंग्ल्यान्डमै भएको दोस्रो संस्करणको प्रतियोगितामा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । इंग्ल्यान्डले भने सन् २०१० मा वेस्ट इन्डिजमा आयोजना भएको प्रतियोगितामा अस्ट्रेलियालाई हराउँदै च्याम्पियन भएको थियो । तेस्रो संस्करणको प्रतियोगितामा इंग्ल्यान्ड फाइनलमा सात विकेटले…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि विकास निर्माणलगायत काम गर्न सकिने बताएका छन्। गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आज भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले उत्तरी गोरखाको विकासका काम प्राथमिकतामा रहेको बताए। उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मंसिर ४ को चुनावमा मत दिएर जिताउन पनि आग्रह गरेका थिए। ‘गोरखा १ को प्रतिनिधि सभामा काँग्रेसका नेता राजेन्द्र बजगाईँ र प्रदेश सभा (ख) मा काँग्रेसकै नेता नन्दप्रसाद न्यौपानेलाई जिताउन म आग्रह गर्दछु,’ प्रचण्डले भने, ‘बजगाईँलाई केन्द्रमा र न्यौपानेलाई प्रदेशमा मन्त्री बनाउन म पहल गर्छु।’ उनले आफू र…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा. शशाङ्क कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताएका छन्। चुनावी क्षेत्रअन्तर्गतका कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालीगण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता नै सङ्कटमा पार्ने भएकाले यो डाइभर्सन परियोजना अगाडि बढ्न नहुने बताए। त्रिवेणी-देवघाट हुँदै मुक्तिनाथ जोड्ने कालीगण्डकी नदी धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय हिसाबले नदी क्षेत्रका बासिन्दाको प्राण भएको भन्दै कोइरालाले प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएको हुँदा कालीगण्डकी डाइभर्सन अगाडि बढ्न नहुने दाबी गरे। ‘कालीगण्डकी धार्मिक आस्थाको नदी हो, हाम्रो संस्कार र संस्कृति हो, आयोजनाले केही निश्चित…

Read More

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले कालीकोटको रास्कोट, दैलेखको जम्मुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले शनिबार डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

Read More

ललितपुर – ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छन् । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेकी भुसालले आइतबारको घरदैलो कार्यक्रममा सो कुरा बताएकी हुन् । काँग्रेस एकताबद्ध नभएको र स्वतन्त्र उम्मेदवार डा। तोसिमा कार्कीले चुनौती दिइरहेको बेला भुसालले आफूलाई डर नभएको बताइन् । उनले भनिन्, ‘मैले यो क्षेत्रमा राम्रा कामहरू गरेको छु, जनतालाई नराम्रो लाग्ने कुनै काम पनि गरेको छैन, यसभन्दा अगाडि पनि दुई पटकसम्म जितिसकेको हो, त्यसैले डर मलाई छैन । जनताले, मतदाताले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ…

Read More

काठमाडाैं – युनाईटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

Read More

धादिङ – धादिङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार राति ८:२० बजे ज्वालामुखी गाउँपालिका-४ टारीमा जिप दुर्घटना भएको हो। टारीबाट अर्याल गाउँ जाँदै गरेको ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जिपमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए। उनका अनुसार जिप आफैं अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा सोही ठाउँका ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चालकसहित ६ जना घाइतेको उपचारका लागि जिल्ला अस्पताल धादिङमा पठाइएको थियो। घाइतेमध्ये किसन बिकबाहेक अरू सबैलाई सामान्य उपचार गरेर दस बजे राति डिस्चार्ज गरिएको…

Read More

काठमाडौँ – झापामा पुलबाट खसेर एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति- ५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको हाे । दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

Read More

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सन् २०२७ मा हुने यु–१९ महिला विश्वकपमा नेपाललाई सह-आयोजक बनाएको छ । आइसिसीले २०२७ मा नेपाल र बङ्गलादेशलाई संयुक्त रूपमा यु-१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

Read More

काठमाडौं – मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो । खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताउनुभयो । बैठकमा नेपालतर्फको…

Read More