Author: Nisha Shrestha

तेहरान – इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शामखानी र रुसी महासङ्घको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभबीच युक्रेन सङ्कटबारे छलफल भएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उपायका साथै जारी युक्रेन सङ्कट र समस्याबारे पनि विचार विमर्श गरेका इरानी समाचार वेबसाइट नूरले जनाएको छ । सचिव शामखानीले युक्रेन–रुस युद्ध विराम तथा शान्ति वार्ताको लागि नेतृत्व गर्ने कुनै पनि प्रयासलाई इरानको स्वागत एवम् समर्थन रहने स्पष्ट गर्दै जारी द्वन्द्व अन्त्यका निम्ति सक्रिय भूमिका निर्वाह गर्न तेहरान तयार रहेको बताए । साथै उनले ऊर्जा, यातायात, कृषि, व्यापार, वित्त र वातावरणका क्षेत्रमा इरान र रुसबिचको सहकार्यलाई अझ सुदृढ तुल्याउन आह्वान…

Read More

दमौली – नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व गणेशमान सिंहको योगदान अतुलनीय रहेकामा जोड दिइएको छ । नेपाली काँग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर स्व गणेशमानको १०८औँ जन्म जयन्तीका अवसरमा गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरूले स्व गणेशमानको योगदानलाई सधैँ सम्मान गर्नुपर्ने बताए । नेपाली काँग्रेसका नेता एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले स्व सिंहको योगदानलाई कसैले पनि भुल्न नमिल्ने उल्लेख गर्दै स्व गणेशमानले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने पार्टीलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन गणेशमानको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे…

Read More

तनहुँ – तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरको भान्साकोठामा आगो ताप्ने क्रममा गत कात्तिक २१ गते जलेर घाइते भएका थापाको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

Read More

रौतहट – मधेश प्रदेशमा ट्राफिक प्रहरीले नियमविपरीत चल्ने सवारीसाधनमाथिको कारबाहीलाई तीव्रता दिएको छ। प्रदेशको आठ जिल्लामा ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनमाथि तीव्र रुपमा कारबाही सुरु गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताएका छन्। प्रदेश ट्राफिक प्रमुख एसपी नान्तिराज गुरुङको निर्देशनअनुसार गरिएको कारबाहीबाट मात्र ३ महिनामा २४ लाख १८ हजार राजस्व संकलन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ६ लाखले वृद्धि भएको छ। यस आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा मधेस प्रदेशको आठवटै जिल्लामा ट्राफिक नियमविपरीत चलेका तीन हजार ७२० सवारीसाधनलाई कारबाही गरिएको थियो। उक्त…

Read More

बागलुङ – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागी कारबाही हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रुपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ । आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ । जिल्लाभर रहेको दुई सय ३१ मतदान केन्द्रमा एक हजार आठ सय ५७ कर्मचारी र नौ सय ३० स्वयंसेवक खटिने भएका छन् । सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २६ मतदाता रहेका छन्…

Read More

किभ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता इन्डोनेसियाको बालीमा हुने जी २० नेताहरूको शिखर सम्मेलनमा सहभागी नहुने इन्डोनेसियास्थित मस्कोको दूतावासले जनाएको छ । ‘म पुष्टि गर्न सक्छु कि (परराष्ट्र मन्त्री) सर्गेई लाभरोभले जी २० मा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । राष्ट्रपति पुटिनको कार्यक्रममा अझै काम भइरहेको छ, उनी भर्चुअल रूपमा भाग लिन सक्छन्’, दूतावासका प्रोटोकल प्रमुख युलिया टोमस्कायाले भने । शिखर सम्मेलनमा भाग लिने अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि पुटिनलाई बालीमा भेट्ने कुनै मनसाय नभएको बताएका थिए । उनले पुटिनलाई ‘युद्ध अपराधी’ भन्दै आएका छन् । मस्कोले आफ्नो युक्रेन अभियानमा घाटा भोगिरहेको र क्रेमलिनले नोभेम्बर १५ देखि १६ सम्म…

Read More

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरूका वारेस बनेर मतदान गर्ने प्रति चनाखो हुन निर्देशन दिएका छन् । अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन । उनले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए । उनले गत स्थानीय तहको निर्वाचनमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्दा भनेअनुसार मतदान नभएको गुनासो आएको भन्दै त्यसप्रति चनाखो हुन आवश्यक रहेको बताए । उनले गत स्थानीय तहको निर्वाचनमा आफैँ मतदान गर्न सक्ने मतदाताहरुले…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गरेका छन्। राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गरिन्। उक्त अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो। उक्त भेटमा आइसल्यान्डका प्रधानमन्त्रीले नेपालले महिला सहभागिताको क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको उल्लेख गर्दै महिला नेतृत्वको क्षमता विकास, जलवायु अनुकूलन तथा अन्य पारस्परिक हितका विषयलाई प्राथमिकतामा राखी सम्बन्ध विकास गर्नुपर्नेबारे छलफल भएको थियो। त्यसैगरी राष्ट्रपति भण्डारीसमक्षम ‘वुमन पोलिटिकल लिडर्स’का संस्थापक तथा युरोपेली संसद्का पूर्वउपाध्यक्ष सिल्भाना कोक–मेहरिन तथा विश्व महिला नेतृत्व परिषद्का महासचिव लाउरा लिजउड र युएन वुमनका…

Read More

काठमाडौँ – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा साढ २ खर्ब रुपैयाँ बराबरको ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै थप २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने जनाएको हो। राष्ट्र बैंकले दोश्रो त्रैमासमा ३० अर्ब, तेश्रो त्रैमासमा ८८ अर्ब र चौथो त्रैमासमा १ खर्ब ३८ अर्ब गरी कूल २ खर्ब ५६ अर्ब रूपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको हो । राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको माध्यमबाट उक्त रकम बराबरको आन्तरिक ऋण निष्कासन गर्नेछ । कुल रकममध्ये ७५ अर्बको ट्रेजरी…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेको खण्डमा वृद्धभत्ता ५ हजार पुर्‍याउने बताएका छन्। केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले १ सय रुपैंयाबाट सुरु भएको वृद्धभत्ता अहिले ४ हजार पुगेको बताए। ‘अरुले नगरेको काम हामीले गरेका हौँ। बुढापाकालाई हामीले पेन्सन दिन सुरु गर्‍यौँ,’ नेपालले भने, ‘१ सय रुपैँयाबाट सुरु गरेको पेन्सन अहिले ४ हजार दिइरहेका छौँ। भोलि हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्‍याउँछौँ भनेर भनिरहेका छौँ, यो हाम्रो वचन हो।’ साथै, उनले इमानदारिताको भावना भएपछि जनताले विश्वास गर्ने बताए। राजनीतिमा उकाली र ओराली सामान्य भएको उनले टिप्पणी गरे। ‘नेपालको राजनीतिमा…

Read More