Author: Nisha Shrestha

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाभभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै उनले त्यसका लागि आफू तयार रहेको बताएका हुन् । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताएका छन् । ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’ मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका…

Read More

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ । दुई प्रदेशमा रहेका प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको हो । निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ…

Read More

काठमाडौं – यो वर्षको तिहारलाई २३ लाख २५ हजार स्वदेशी माला खपत हुने पुष्प व्यवसायीहरुले बताएका छन् । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । मागअनुसार अपुग हुने करिब ३ लाख थान माला भारतबाट आयात हुने एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले बताए । बताए । यो वर्ष तिहारका लागि खपत हुने फूलको उत्पादन १० देखि २० प्रतिशत फूलको बढेको पनि एसोसिएसनले जनाएको छ । भारतीय फूलको आयात रोक्न गरेको आग्रह समेत सरकारले नसुनेको एसोसिएसनको भनाइ छ । नेपाल ९० देखि ९१ प्रतिशतसम्म तिहारको फूलमा आत्मनिर्भर रहेको…

Read More

मुम्बई– ‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् । अमिताभले हालैमात्र आफ्नो ८०औं जन्मदिन मनाए । उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन पराइरहेका छन् । यो वर्ष अमिताभ अन्य अभिनेता अक्षय कुमार र अजय देवगनभन्दा सर्वाधिक व्यस्त अभिनेता बनेका छन् । यो वर्ष यी फिल्ममा अमिताभ देखिए । झुण्डअमिताभले यो वर्षको सुरुवात नगराज मन्जुलेको फिल्म ‘झुण्ड’ बाट गरे । यो फिल्म मार्चमा रिलिज भएको थियो । यो खेल बायोपिकलाई समीक्षकहरूले पनि मन पराएका थिए । यो फिल्मलाई वर्षकै शानदार फिल्मको श्रेणीमा राखिएको थियो । रनवे २४ ‘झुण्ड’ पछि अमिताभ अभिनेता अजय देवगनका साथ ‘रनवे २४’ मा देखिए । यो फिल्ममा उनले विमान दुर्घटना प्रमुखको भूमिका निभाएका थिए ।…

Read More

पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले म्याराथनको उपाधि जितेको छ । मंगलबार बिहान भएको प्रतियोगितामा अनिश थापा मगरले स्वर्ण जितेका हुन् । मगरले २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गरे । प्रतियोगितामा नेपाली सेनाका धावक कृष्ण बस्नेतले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी रजत जित्दा सशस्त्रका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेर कास्य जिते । महिलातर्फ सशस्त्र प्रहरी बलकी वृन्द्राधन श्रेष्ठले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा मंगलबार बिहान भएको म्याराथन दौडमा वृन्द्राले ४२.१९५ किलोमिटर दूरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । रजत पदक जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ००.३५ सेकेन्डमा दूरी पूरा गरिन् । पुलिसकी रेखा विष्टले ३…

Read More

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

चितवन – बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा एकातिर किसान मारमा परेका छन् भने अर्कोतर्फ उपभोक्ताले सुलभ मूल्यमा अण्डा उपभोग गर्न पाएका छैनन् । सुलभ मूल्यमा पाइने प्रोटिनको राम्रो स्रोत अण्डाका बारेमा जनचेतना जागृत गराउन नसक्दा उपभोग बढ्न सकेको छैन । अण्डा बजारका यावत समस्या समाधान गर्न ठूला व्यवसायीले समिति नै निर्माण गरेर काम सुरु गरेका हन् । उनीहरूले ३० हजारभन्दा बढी अण्डा उत्पादन गर्ने लेयर्स कुखुरापालक फार्म…

Read More

डडेल्धुरा – डोटी नछाड्ने अडान लिएका नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले अन्ततः कैलालीमाट टिकट पाए । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट उनी गठबन्धनका साझा उम्मेदवार भएका छन् । बलाययरले डोटी छाडेसंगै कैलाली ४ मा ‘हेभिवेट’ नेताहरु एक–आपसमा भिड्ने पक्का छ । सोही क्षेत्रबाट एमाले उम्मेदवार लेखारज भट्ट उम्मेदवार छन् । उनी पार्टीका केन्द्रीय सचिव र सुदूरपश्चिम इञ्चार्ज पनि हुन् । यसअघि माओवादी केन्द्रबाट विजयी भएका भट्टले केही वर्ष अगाडि मात्रै एमाले रोजेका हुन् । यो क्षेत्रमा यी दुईबाहेक अन्य आठ उम्मेदवार चुनावी मैदानमा छन् । बलायरको यो क्षेत्रबाट पहिलोपटक उम्मेदवारी हो भने भट्ट यही क्षेत्रबाट तेस्रोपटक चुनाव लड्दैछन्…

Read More

पोखरा – गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो । निशा आजको खेलमा स्वर्ण पदकबाट चुकिन । लुम्बिनीकी निशाले पाँच दशमलव ४९ मिटर जम्प गर्दै रजत पदक प्राप्त गरिन् । सो स्पर्धामा सशस्त्र प्रहरीको एपिएफ क्लबकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कास्य पदक प्राप्त गरिन् । नवौँ राष्ट्रिय खेलकुदमा जयरानीको यो…

Read More

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि टाँगिएका ब्यानर, तुल लगायतका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । निर्वाचन प्रचारका लागि ब्यानर, तुल, भित्तेलेखन प्रतिबन्ध रहे पनि केही क्षेत्रमा प्रयोग भएको पाइएपछि आयोगले प्रमुख जिल्ला अधिकारीहरुमार्फत् यस्तो निर्देशन दिएको हो । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले उम्मेदवारले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएकाले रोक्न भनिएको बताए ।सम्बन्धित उम्मेदवारलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई उनले आग्रह गरे । सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन चुनाव चिह्नको प्रयोग भएको छ त्यही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख छ ।

Read More