काठमाडौं – यो वर्षको तिहारलाई २३ लाख २५ हजार स्वदेशी माला खपत हुने पुष्प व्यवसायीहरुले बताएका छन् । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
मागअनुसार अपुग हुने करिब ३ लाख थान माला भारतबाट आयात हुने एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले बताए । बताए ।
यो वर्ष तिहारका लागि खपत हुने फूलको उत्पादन १० देखि २० प्रतिशत फूलको बढेको पनि एसोसिएसनले जनाएको छ । भारतीय फूलको आयात रोक्न गरेको आग्रह समेत सरकारले नसुनेको एसोसिएसनको भनाइ छ ।
नेपाल ९० देखि ९१ प्रतिशतसम्म तिहारको फूलमा आत्मनिर्भर रहेको अध्यक्ष तामाङले बताए ।
Facebook Comments Box