Author: Nisha Shrestha

काठमाडौँ – सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ। सत्ता, शक्ति र दल निकटका अरू थुप्रै आसेपासेलाई पनि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइएको छ। कसलाई कति रकम बाँडियो भन्ने सरकारले गोप्य राखेको छ। सरकारी ढुकुटीबाट नेता र आसेपासेलाई सरकारी ढुकुटीबाट रकम बाँड्ने क्रम रोक्न २०७९ जेठ ३१ मा मात्रै मन्त्रिपरिषद्ले नै नयाँ मापदण्ड जारी गरेको थियो । तर, मापदण्ड जारी भएको ३ महिना बित्न नपाउँदै एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई मन्त्रिपरिषद्बाट निर्णय गराएर २० लाख रुपैयाँ निकासा गरिएको हो। उक्त रकम खनाललाई छिट्टै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ। केही महिनाअघि पूर्वराष्ट्रपति…

Read More

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन् । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन । सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताउनुभयो । दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए । घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेको छ भने दुईको अवस्था…

Read More

काठमाडौँ – नेपालका लागि आगामी अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरे । उनी र्यान्डी बेरीको स्थानमा आउन लागेका हुन् । काठमाडौँ स्थित अमेरिकी दूतावासका अनुसार नव नियुक्त राजदुत थम्प्सन केही दिनमा काठमाडौँ आउने छन् ।

Read More

काठमाडौं– नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले अक्टोबर ६ मा नेपाल आउने समाजिक सञ्जालमार्फत बताएका हुन । गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससँगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पुर्जी गरेको छ । सँगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए । त्यसपछि सन्दीप क्यान र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार बिहान सामाजिक सञ्जालमा नेपाल आउने बताएका हुन् ।

Read More

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट गरेका छन् । शनिबार विहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । उनलाई चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, उपराष्ट्रपति पुनले जोशीलाई भने ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’ शताब्दी पुरुष जोशी डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन् ।

Read More

काभ्रे – काभ्रेमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। काभ्रेको विकट खानीखोला गाउँपालिका–१ स्थित गैरीभान्ज्याङमा खानीखोलाबाट बनेपातर्फ दशैँको लागि खसी लिएर आउँदै गरेको बा५च ४११७ नम्बरको बोलेरो दुर्घटना भएका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले दुर्घटनामा परी खानीखोला–४ स्थित् डाँडागाउँका ज्ञानबहादुर जिम्बाको २१ वर्षीय छोरा दिपेश जिम्बाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार मृतक जिम्बाको शव बनेपास्थित शिरमेमोरियल अस्पतालमा राखिएको छ। त्यस्तै घाईते ५ जनालाई उपचारका लागि अस्पताल लागिएको छ। जसमा शिरमेमोरियलमा छिरिङ जिम्बा र रुपेश स्याङ्तान रहेको छ भने धुलिखेल अस्पतालमा मिलन लोप्चन, बलबहादुर…

Read More

पर्वत – गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिएको छ। प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो। गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदा सम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो। गण्डकी प्रदेशका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू असोज २४ गते सोमबारदेखि सञ्चालनमा आउने भएका छन्।

Read More

एजेन्सी – म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका पूर्व सल्लाहकार तथा अष्ट्रेलियाका एक प्राध्यापकलाई सैन्य अधिकारीले तीन वर्षको जेल सजाय सुनाएको छ । जुन्ताले सुकीलाई गिरफ्तार गरेको र उनको निर्वाचित सरकारलाई कुद्वारा अपदस्थ गरेको केहीदिन पछि सियान टर्नेललाई फेब्रुवरी २०२१ मा यांगुनमा हिरासतमा राखिएको थियो । सुकीसँगै उनलाई आधिकारिक गोप्य ऐन उल्लंघन गरेको आरोप लगाइएको छ । दुबै जनाले उक्त आरोप अस्विकार गरेका छन् । अधिकारवादी समूहहरूले आलोचना गरेको गर्दै आएको उक्त मुद्दामा उनीहरूलाई बिहीबार सजाय सुनाइएको हो । अष्ट्रेलियाले पनि अदालतको निर्णयलाई अस्वीकार गरेको जनाएको छ । ‘अष्ट्रेलिया सरकारले म्यानमारको सैन्य शासनद्वारा अन्यायपूर्ण रूपमा हिरासतमा राखेको १९ महिनाभन्दा बढी…

Read More

काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त सहयोगमा आज नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर हस्तान्तरण गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दास र विश्व स्वास्थ्य सङ्गठन नेपाल शाखाका प्रतिनिधि डा.एलिसनले संयुक्त रूपमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख, प्रहरी नायव महानिरीक्षक वसन्त बहादुर कुँवरलाई ब्रेथलाइजर हस्तान्तरण गरेका हुन्। दसैँ तिहार छठ लगायतका ठुला पर्वहरूमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई ध्यानमा राखी दुर्घटना न्यूनीकरण गर्न ४० थान ब्रेथलाइजर र…

Read More

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २९ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको समापन गर्नुभएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असोज १४ गते आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुको साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । कार्यक्रममा उहाँले सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गर्न संगठनका सवै तहका कर्मचारीहरु पेशागत ज्ञानले शिक्षित प्रशिक्षित हुनुपर्ने उल्लेख गर्नुहुँदै उपलब्ध जनशक्तिलाई प्रभावकारी नेतृत्व प्रदान गर्न सक्षम नेतृत्वको अपरिहार्यतालाई यस्ता पेशागत तालिमले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।…

Read More