Author: Nisha Shrestha

काठमाडौँ – काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । (बुधबार) दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।

Read More

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने बताएका छन् । धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । झापा-१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनी पुगेका छन् ।

Read More

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ । रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का सत्याल र प्लम्बर थापालाई घुससहित अख्तियारले पक्राउ गरेको हो । उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरूले रकम लिएको खुलेको अख्तियारको भनाइ छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारको केन्द्रीय कार्यालयको टोली रामेछापमा रहेको पुष्टि गरे । अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते दुई वटा विचार, प्रवृत्तिबीचमा ब्याटल हुने बताएका छन्। प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान उनले मंसिर ४ को चुनाव आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन-मरणको सवाल भएको बताएका हुन्। प्रचण्डले भने, ‘मंसिर ४ गते दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारको बिचमा ब्याटल हुँदै छ वास्तवमा। यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन्।’ उनले आगामी चुनाव सामान्य भोट…

Read More

काठमाडौं – ‘‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड-२०२२’ अमेरिकाको कोलोराडोस्थित डेनभर शहरमा सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्येबाट अवार्ड प्रदान गरिएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बिशिष्ठ चलचित्रकर्मी नीर शाह, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ अभिनेताहरु शिब श्रेष्ठ, सुनिल थापा, बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, बरिष्ठ लोकगायक राम प्रशाद खनाल लगायत दर्जनौ नयाँ पुराना कलाकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । अवार्डमा चलचित्र ‘ए मेरो…

Read More

सुर्खेत – कर्णाली प्रदेश सरकारले १९ देखि २४ असोजसम्म परेको अविरल वर्षाको कारण गएकाे पहिरोमा परी ज्यान गुमाएका सदस्यका परिवारलाई जनही २५ हजार रुपैयाँ काजकिरिया खर्चस्वरुप दिने भएको छ । तत्कालका लागि किरिया गर्न मृतकका परिवारलाई सहज होस् भन्ने उद्देश्यले परिवारलाई रकम उलब्ध गराउन लागेकाे कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । मुख्यमन्त्री शाहीले हुम्लामा सञ्चालन भएको विपद्सम्बन्धी कार्यक्रममा पहिरोबाट ज्यान गुमाउने कर्णाली प्रदेशका सबै मृतकका परिवारलाई किरिया खर्च बापत राहत दिन सरकारले यो व्यवस्था गरेको बताए । पहिरोमा परी कर्णालीमा ३७ जनाले ज्यान गुमाएका थिए । अझै १९ जना बेपत्ता छन् । हुम्लामा मात्र ६ जनाको मृत्यु भएको थियो…

Read More

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ बुधवारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ। छापिएका मध्ये प्रतिनिधि सभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेश सभातर्फको मतपत्र ५० लाख २४ हजार रहेका छन्। योसँगै प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ। प्रदेशसभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन् । आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र काँग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हर किसिमबाट योग्य रहेको बताए । नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको बताए । सिंहले आफू देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको बताए । उनले आफ्ना अनुभवले कुन पदका लागि योग्य…

Read More

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

Read More

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नवौँ महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन् । महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् । महाधिवेशनका निर्णयहरू काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइएको छ । नवौँ महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृह क्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो ।

Read More