Author: Nisha Shrestha

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य भने घटेको छ । महासंघले बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो ।

Read More

काठमाडौँ- अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुगेकी छिन् ।विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो नेपाल भ्रमणका लागि आज बिहान यहाँ आइपुगेकी हुन्। नेपाल भ्रमणका क्रममा उनले दूतावासका अधिकारी, अमेरिकी दूतावास युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै भेटघाटका क्रममा उनले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे थप बुझ छलफलहरूमा पनि सहभागी हुनेछिन् । ट्रुडोले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुन:स्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाहरूको पनि भ्रमण गर्नेछिन् । नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा निस्किने कार्यतालिका रहेको छ । बुधवारदेखि…

Read More

काठमाडौं – नेपाली कांग्रेसले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरुको नामावली टुङ्गो लगाइएको स्पष्ट पारेको छ । कांग्रेसले निर्वाचन आयोगले निर्धारण गरेको समयभित्रै असोज ३ गते आयोगमा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पेस गरेको हो । कार्यक्रममा काँग्रेसका बरिष्ठ नेता कोईरालाको गतिबिधिप्रति आफूहरुलाई जानकारी रहेको भन्दै आवश्यक परे वार्ता गरिने डा महतले बताए । कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पार्टीको विधानबमोजिम सम्बन्धित निकायबाट सिफारिस भई केन्द्रमा आएका नामउपर केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवारहरुको नामावली टुङ्गो लगाएको बताए । उनले भने, “प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको टुङ्गो लगाउँदा पार्टीका पदाधिकारीहरुबीच घनिभूत छलफल भएको छ । पार्टीभित्रका आधिकारिक निकायबाट सर्वसम्मत…

Read More

काठमाडौं – इरानमा सुरक्षाकर्मीको बल प्रयोगका कारण कम्तीमा ७६ जना प्रदर्शनकारीको मृत्यु भएको छ।पछिल्लो ११ दिनमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि क्रुर व्यवहार गरेको र त्यसले मानवीय क्षति भएको अधिकारकर्मीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। नर्वेमा रहेको इरान मानवअधिकार(आइएचआर)ले अनावश्यक रूपमा सुरक्षाकर्मीले बल प्रयोग गरेको आरोप लगाएको छ। तर, इरानका सरकारी सञ्चारमाध्यमले मृत्यु हुनेको संख्या ४१ मात्रै रहेको दाबी गरेका छन्। मृत्यु हुनेमा सुरक्षाकर्मी पनि रहेको र त्यसका लागि प्रदर्शनकारी दोषी भएको सरकारी सञ्चारमाध्यमको भनाइ छ। प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोलाबारुदको प्रयोग गरेको र त्यो अन्तर्राष्ट्रिय अपराध कानुनविपरीत रहेको आइएचआरका निर्देशकले बताएका छन्। विश्व समुदायले इरानका बासिन्दा गरिरहेको आधारभूत अधिकारको मागको सुरक्षा तथा समर्थन…

Read More

काठमाडौं – प्रि ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेर १८३१.२३ को विन्दुमा आइपुगेको छ । ६२ हजार ४५७ रुपैयाँको सेयर कारोबार भएको छ । २४० कित्ताको खरिदबिक्री भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।

Read More

दाङ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज देखि निर्वाचन आचार संहिता लागू भए पनि त्यसलाई बेवास्ता गदै लुम्बिनी प्रदेशसभाले कार्यक्रम तय गरेको छ । लुम्बिनी प्रदेशसभाले निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम १४ गते गर्ने तयारी गरेको हो । निवर्तमान प्रदेश सभा सदस्यहरूलाई पठाएको सूचना अनुसार प्रथम प्रदेशसभाको कार्यकाल सम्पन्न हुन गइरहेकाले असोज १४ गते दिउँसो १ बजे नयाँ प्रदेशसभा भवन स्थायी राजधानी दाङको मोरीघाढमा देउखुरीमा सम्मान र शुभकामना कार्यक्रम राखिएको उल्लेख छ । निर्वाचन आचार संहिता जारी हुने सूचना आए लगत्तै निवर्तमान सांसदहरूलाई प्रदेशसभा सचिव दुर्लभ पुन मगरले…

Read More

काठमाडौँ- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्दै छन्। राष्ट्रिय सभागृह काठमाडौँमा हुने एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्। कार्यक्रम आज दिउँसो १ बजे हुँदै छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिएका थिए। विवेकशील साझा पार्टीका अध्यक्ष रहेका मिश्रले चुनावमा हार ब्यहोरेपछि राजीनामा दिएका थिए। राप्रपा प्रवेश गर्नुअघि उनले साधारण सदस्यबाट पनि राजीनामा दिएका छन्।

Read More

दैलेख– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार आठ सय ५८ मतदाता कायम रहेका छन् । दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा पुरुष ७९ हजार चार सय २० र महिला ७९ हजार चार सय ३८ मतदाता कायम भएका छन् । दुई संघीय निर्वाचन क्षेत्र, चार प्रदेशसभा क्षेत्र रहेको दैलेखमा कुल मतदानस्थल दुई सय सात र मतदान केन्द्र एक सय ३९ वटा कायम भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विवेक पुरीले जानकारी दिए । संघीय निर्वाचन क्षेत्र नं १ मा पुरुष ३८ हजार नौ सय ४४ र महिला ३९ हजार तीन सय ३८ मतदाता…

Read More

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बिहान ९ बजेबाट सुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्ष नेताको सहभागिता छ । यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीको आन्तरिक छलफलका लागि काँग्रेसका पदाधिकारीको छुट्टै बैठक बसिरहेको सो पार्टीले जनाएको छ । आगामी मङ्सिर ४…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार एक हजार ७२९ पीसीआर परीक्षणमा ४२ जना र दुई हजार १०० एन्टिजेन परीक्षणमा १२ जना गरी ५४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार १४४ जना रहेको छ ।

Read More