Author: Nisha Shrestha

काठमाडाैं – सशस्त्र प्रहरी बलका ५७ जना यसपटकको संविधान दिवसमा विभूषित हुँदै छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले घोषणा भएका विभूषितहरुलाई आगामी वैशाख १ गते पदक तथा विभूषण प्रदान गर्ने प्रचलन रहेको छ । सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) देखि परिचरसम्म गरी ६५ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने घोषणा गरेको हो । जसनअुसार डीआईजी शम्भु सुवेदीले सुप्रबल जनसेवाश्री पाउने भएका छन्। त्यस्तै सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्की, रुपकुमार क्षेत्री, विकास घिमिरे, डा. सुमित्रा थापाले प्रबल जनसेवाश्री पाउने भएका छन् । त्यस्नै सशस्त्र प्रहरी नायब उपरिक्षक खगेन्द्रबहादुर चन्द, रविन भुजेल, आनन्द थापा मगर, सरोज सिंह बस्नेत, सन्तोषबहादुर सिंह,…

Read More

काठमाडौँ । संघीय संसद्‌बाट नागरिकता विधेयक पारित भएर राष्ट्रपति कार्यालय पुगेको १५ दिन पूरा भएको छ । यसअघि पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय पुगेको सो विधेयक उनले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन्। त्यसपछि, गत २० भदौमा प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरी फेरि राष्ट्रपतिकहाँ पठाएको हो। दोस्रो पटक पठाइएको सो विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले लिएको समय पनि १५ दिन नाघेको छ। पुनर्विचारका लागि १५ दिनको समय सीमा तोकिएकाले आजको दिनसम्म राष्ट्रपतिले निर्णय लिनैपर्नेछ। तर, राष्ट्रपति भण्डारी भने अझै पनि विधेयक ‘होल्ड’ मा राख्ने मनस्थितिमा रहेको उनी निकट स्रोतको भनाइ छ। १४ दिन बितिसक्दा पनि प्रमाणीकरण नगरेपछि…

Read More

काठमाडौँ- देशभर डेंगु संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘राष्ट्रव्यापी प्रकोप’ घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । नियन्त्रणका लागि र्‍यापिड एक्सन प्लान बनाउन पनि ईडीसीडीले मन्त्रालयलाई आग्रह गरेको हो । पछिल्ला दिनमा डेंगुको संक्रमण देशव्यापी बनेको छ । सोमबारसम्म देशभर १७ हजार ४ सय ९४ जनामा डेंगु पुष्टि भएको छ । डेंगुले यो वर्ष २१ जनाको मृत्यु भइसकेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै कुल संक्रमणको ५८.६७ प्रतिशत संक्रमित छन् । काठमाडौँमा पछिल्लो १९ दिनमा सबैभन्दा बढी ३ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा पहिलो पटक २०६१ मा…

Read More

एजेन्सी – अमेरिकामा २४ हजार जनामा मंकिपक्स संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ । केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै चार हजार छ सय ५६, न्युयोर्कमा तीन हजार सात सय ५५ र फ्लोरिडामा दुई हजार तीन सय ९८ जनामा मङ्किपक्स पुष्टि भएको छ । मङ्किपक्स सङ्क्रमण घातक नभए पनि धेरै बिरामीले दुईदेखि चार साताभित्र स्वास्थ्य लाभ गर्दछन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मंकिपक्सबाट हुने मृत्यु दर तीनदेखि छ प्रतिशतसम्म छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले उक्त रोगको उपाचारका निम्ति उपलब्ध एकमात्र औषधिको अधिक प्रयोग नगर्न सुझाएका छन्…

Read More

काठमाडौँ – चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा दुई अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौमा निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रूपमा ६ वटा…

Read More

धनगढी – एक हप्तादेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको छ । अनसन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ । सोमबार सेती प्रादेशिक अस्पतालले डा। केसीको…

Read More

काठमाडौं – आइतबार बिहान सर्वोच्च अदालत परिसरमा एक्कासि कानुन व्यवसायी जम्मा भए । वकिलहरू व्यापक भेला भएपछि सुरक्षाकर्मी पनि बढाइयो । अघिल्लो दिन राति निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत फर्कने तयारीमा रहेको भन्दै रजिस्ट्रारलाई फोन गरेपछि सोमबार बिहानैदेखि अदालत परिसरमा तनावको स्थिति उत्पन्न भयो । नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार इकाइले जबरा सर्वोच्च आए भित्र पस्न अवरोध गर्ने चेतावनी दिए । बारले त यसअघि नै जबरालाई सर्वोच्चमा अवरोध गर्ने निर्णय नै गरिसकेको छ । जबराले आफू ११ बजे सर्वोच्च आउने डेडलाइन नै मिडियालाई बताएपछि सुरक्षा व्यवस्था कडा बनाइयो । प्रतिनिधिसभाको कार्यकाल सकिएलगत्तै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय भएको…

Read More

काठमाडौं – सत्ता गठबन्धनका दलहरु प्रत्यक्षतर्फको सीट भागबण्डामा सहमति जुटाउन पुनः छलफलमा व्यस्त भएका छन् । सोमबार समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएका सत्ता गठबन्धनका दलहरुले प्रत्यक्षतर्फको भागबण्डाका लागि छलफललाई पुनः निरन्तरता दिएका हुन् । सत्ता गठबन्धनका शीर्ष तहका नेता सहित सिट बाँडफाँट कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो ।

Read More

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा चार सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

Read More

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले मुलुकमा कोरोना महामारी ‘सकिएको’ घोषणा गरेका छन्। कोरोना संक्रमणबाट मर्ने अमेरिकीहरूको संख्या बढ्दै गए पनि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन् । बाइडेनले अझै समस्या भए पनि परिस्थिति तीव्र रूपमा सुधार भइरहेको बताए। ‘हामी अझै पनि समस्यामा छौं तर अवस्था सुधारोन्मुख छ,’ उनले भने। सीबीएसमा ६० मिनेटसँगको अन्तरवार्तामा बाइडेनले भाइरस नियन्त्रण गर्न अमेरिकाले अझै धेरै काम गरिरहेको बताए।बिबीसीका अनुसार उनले अन्तर्वार्ताका क्रममा भनेका थिए- यदि तपाईँले याद गर्नुभयो भने कसैले मास्क लगाएको छैनन्। सबैजना ठिकठाक देखिन्छन्… जहाँसम्म मलाई लाग्छ यो परिवर्तन हुँदैछ। गत साता विश्व स्वास्थ्य संगठनका प्रमुखले महामारीको अन्त्य ‘दृश्य’मा रहेको बताएका थिए…

Read More