Author: Nisha Shrestha

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ को खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ । दोलखाको कालिन्चोक-३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई २२ घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । डीएसपी बुढाथोकीका अनुसार शिक्षक शिवाकोटी हेलम्बु-१ मा रहेको ठाडो खोलाको खोँचमा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको भएको हो । शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीबेरमा उनलाई काठमाडौ‌ लगिने तयारी भइरहेको छ । शनिबार नुहाएर फर्कने क्रममा अचानक शिवाकोटी चिप्लिएर खोलामा डुब्दा बेपत्ता भएका थिए । उनी सिन्धुपाल्चोक हेलम्बु…

Read More

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै आत्महत्याको बाटो कसैले रोज्नु नहुने बताए । उनले नेपाल प्रहरीले पनि आम नागरिकको जनधनको रक्षाका लागि र शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक काम गर्नुपर्ने उल्लेख गरे । गृहमन्त्री खाणले हरेक मानिसले सबैभन्दा पहिला आफ्नो जीवन र समाजको रक्षा गर्न सक्नुपर्ने बताए । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपालमा आत्महत्या सम्बन्धीत तथ्यांक दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे…

Read More

काठमाडौं – नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ । नियमावली संशोधन गरेपछि बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको हो । ब्रोकर लाइसेन्स लिन चाहनेहरूले ३० दिनभित्र रितपूर्वक बोर्डमा निवेदन दिनुपर्नेछ । बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संशोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । हाल ५० वटा ब्रोकरहरूले सेवा दिईरहेका छन् । अब आवेदन दिने र योग्यता पुगेका सबैलाई ब्रोकर लाइसेन्स दिने भनेर उल्लेख गरिएको छ ।

Read More

काठमाडौं –  चाडपर्वको आउन लागेसंगै बजारमा चिनीको हाहाकार भएको छ । दशैैं, तिहार तथा छठ पर्व घरदैलोमा आइपुग्दा पनि सरकारले चिनीको व्यवस्था गर्न नसक्दा उपभोक्ता मर्कामा परेका छन् । चाडबाडमा खासगरी दैनिक उपभोग्य वस्तुका सामग्रीको बढी उपभोग हुने बेलामा सरकारले आवश्यक सामग्रीहरुको आपूर्ति व्यवस्थापन बिगतका दिनहरुमा जस्तै यस वर्ष गर्ने जमर्को गरेको भए पनि उपभोक्ताले चिनी नपाउने राष्ट्रिय उपभोक्ता मञ्चले जनाएको छ । सरकारले दसैं, तिहार तथा छठ लक्षित सुपथ मूल्यका पसल सञ्चालन गरी बजार मूल्य हस्तक्षेप गरी आम उपभोक्तालाई राहत प्रदान गर्ने प्रयास गरेको छ । तर सरकारले प्रयास गर्दैगर्दाको अवस्थामा मन्त्रालयहरुबीचमा समन्वय नहुँदा उपभोक्ताले चिनी भने नपाउने देखिएको…

Read More

काठमाडौं – केही दिनदेखि लगातार घटेको सुनको भाउ आज भने बढेको छ । आज तोलामा ३०० रुपैयाँले बढेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ – सिक्लेस हाइड्रोपावर आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो। लगानीकर्ताले आइतबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा शुक्रबारसम्ममा ८९ लाख ७२ हजार ७९३ जनाले आवेदन दिइसकेका छन्। सीडीएसको अन्तिम तथ्यांकअनुसार आईपीओमा १ अर्ब १० करोड ३७ लाख…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी सन्देशमा जनाइएको छ । उहाँले भन्नुभएको छ, “एकातिर हामीले हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्नु आवश्यक छ भने अर्कोतिर प्रथा र परम्पराको नाममा समाजमा विद्यमान महिलाद्वेषी विभेदजन्य अभ्यासहरूलाई भने समयसापेक्ष सुधार गर्दै जानु पनि जरूरी छ ।”…

Read More

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका छन् । संसद्को ‘आयु’ सकिएसँगै सर्वोच्च फर्कने तयारीमा रहेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन् । “म (आज) ११ बजे सर्वोच्च पुग्ने तयारी गर्दै थिएँ र त्यसानुसार तयार भएको थिएँ,” जबराले भने, “तर, सरकारले गेटमा तालाबन्दी गरिदिएको छ ।” ‘सर्वोच्चको गेटमा कि निवासको गेटमा तालाबन्दी ?’ भन्ने प्रश्नमा उनले आफ्नो निवासमा तालाबन्दी गरेर प्रहरी तैनाथ गरिएको जानकारी दिए ।

Read More

काठमाडौं – महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको खबर आएसंगै सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरुको तैनाथी बढाइएको छ । महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ । साथै केही विषयमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिएको तर यस संसदमा पर्याप्त समय अभाव भएकाले संविधानको धारा १०१ को उपधारा ६ बमोजिम अर्को प्रतिनिधिसभाको बैठकमा पेस गरी टुङ्गो लगाउनुपर्ने पनि उल्लेख छ । संविधानको धारा १०१ को उपधारा (६) र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१…

Read More

काठमाडौँ – नेपाल बार एसोसिएशन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको एसोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए ।

Read More