Author: Nisha Shrestha

काठमाडौं – गृहसचिव विनोद प्रकाश सिंहले असोज १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यम मार्फतं बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चूनौतीहरुका बारेमा जानकारी लिनुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोत साधनको बावजुत कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेको र प्रतिकुल अवस्थामा रहेका बिओपीहरुको सुधारको लागि समयानुकुल बन्दोवस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको बताउनुभयो । गृहसचिव…

Read More

काठमाडौं – नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठान शाखाको अगुवाईमा इमेज टेलिभिजनमा बुधबार धर्ना दिइएको छ । महासंघ प्रतिष्ठान शाखा र केन्द्रीय समितिले उठाउदैं आएको माग सम्बोधन गर्ने सवालमा इमेज व्यवस्थापन पक्षले उदासिनता देखाएपछि फेरि दोहोर्‍याएर आज महासंघले इमेजको कार्यालय लाजिम्पाटमा एकघण्टा धर्ना दिएको हो । महासंघ केन्द्रको अगुवाईमा यस अगाडी पनि इमेज प्रतिष्ठान शाखामा धर्ना दिइएको थियो । दुवै पक्षले वार्ता टोली बनाएर वार्ता गर्दा पनि महासंघले उठाएको माग सम्बोधन गर्नुको साटो व्यवस्थापन पक्षले टादैं जाने र वार्ता समेत धकेल्दै जान थालेपछि महासंघले अब वार्ता र संर्घषका कार्यक्रम सँगसागै लाने गरी इमेज प्रतिष्ठान शाखामा आज एक घण्टा धर्ना दिएको हो…

Read More

काठमाडौं – सदस्य पदमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ सदस्यीय कार्यसमिति पूरा भएको छ । असार ६ गते सम्पन्न चुनावमा चार सदस्य पदका प्रत्यासीको समान ३९ भोट आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन । बुधबार त्रिपुरेश्वरमा भएको विशेष साधारण सभाबाट सदस्य पदको पुनः निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यालनका अधिकारी र अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका धिमाल विजयी भएका हुन् । विजयी अधिकारी र धिमालले क्रमशः ५४ र ४७ मत प्राप्त गर्दा पराजित शेर्पा प्यालनकै लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे । असारमा सम्पन्न चुनावबाट अध्यक्ष पदमा नेम्वाङ,…

Read More

काठमाडौँ – चाडपर्वमा नगद झिक्ने क्रम बढेका बेलामा उपत्यकाका अधिकांश एटिएमहरूमा समस्या देखिएको छ । धेरै एटिएम ‘आउट अफ सर्भिस’ हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । बैङ्कहरूले एटिएममा समयमा नगद नराख्दा र तथा एटिएम मर्मत नगर्दा चाडबाडको समयमा सर्वसाधारणले नगद झिक्न नपाएर सास्ती भोग्नुपर्ने अवस्था आएको छ । बानेश्वरको एटिएम लाउन्जमा बैङ्कमा पैसा झिक्न आएका सन्देश पहाडी ३२ ठाउँ पुग्दा पनि आफूले सेवा लिने बैकको एटिएम मेसिनमा ‘आउट अफ सर्भिस’को नोटिस भेटिसकेको बताउँछन् । ‘यस्तो आपतका बेला छ, बैङ्कहरू एटिएम सेवा चुस्त छैन,’ उनी भन्छन्, ‘कतिपय बैंकममा एटिएममा अर्को बैङ्कको एटिएम सपोर्ट पनि गर्दैन ।’ नेपाल राष्ट्र बैङ्कले अन्तर बैङ्क…

Read More

एजेन्सी – अमेरिकीहरूले चीनलाई उनीहरूको “प्रविधि” तथा “डाटा” चोरी गरेको कपिराइट तथा पेटेन्ट राइट उलङ्घन गरेको र तिनै चोरिएका प्रविधिबाट चिनियाँ प्रविधि निर्माण गरेको आरोप लगाउँदै आएका छन्। तर पछिल्लो समयमा चिनियाँहरू आफ्ना प्राविधिक केन्द्रहरूमा अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको बताउन थालेका छन्। चीनको ग्लोबल टाइम्सले मंगलबार पोष्ट गरेको समाचार अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा रहेको उड्डयन, एयरोस्पेस र नेभिगेसन अध्ययनका लागि प्रख्यात नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटी विरुद्ध साइबर हमला सुरु गरेको छ। यो हमलाको उद्देश्य चीनको पूर्वाधारका मुख्य उपकरणहरूमा घुसपैठ र नियन्त्रण गर्ने तथा संवेदनशील पहिचान भएका चिनियाँहरूको निजी डाटा चोरी गर्ने थियो। नर्थवेस्टर्न…

Read More

काठमाडौँ – नेकपा (एमाले)का नेता भीम रावलले आफू पार्टी कमिटीसँग निरन्तर सम्पर्कमै रहेको बताएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता रावल सम्पर्कमै नरहेको भन्दै एमालेका सुदूरपश्चिम प्रदेशका नेताहरूसँग चासो राखेपछि रावलले यस्तो बताएका हुन्। आफू अहिले अछाममा चुनावी कार्यक्रममा व्यस्त रहेको उनले बताए। गएको सोमबार एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम अध्यक्ष चन्द्र बोहरालगायत अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। त्यसक्रममा ओलीले रावललाई लक्षित गर्दै पार्टीको अनुशासनमा नेताहरू रहनु पर्ने भन्दै नेतृत्वसँग सम्पर्कमा रहनुपर्ने बताएका थिए। अछाम क्षेत्र नम्बर १ बाट रावल सर्वसम्मत उम्मेदवार सिफारिस भएका…

Read More

काठमाडौँ – सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।

Read More

काठमाडौँ – मनास्लुको हिम पहिरोमा हराइरहेकी विश्वविख्यात स्की आरोही अमेरिकन नागरिक हिलारी नेल्सन मृत अवस्थामा भेटिएकी छन् । मनास्लु हिमालमा स्की गर्ने क्रममा भिमाथाङ क्षेत्रबाट हराएकी नेल्सनलाई खोज्न शेर्पाहरुको टोली परिचालन गरिएको थियो । खोजीका क्रममा मृत भेटिएकी नेल्सनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइदैं छ । सांग्रिला नेपाल ट्रेकमार्फत् मनास्लु आरोहणमा गएकी ४९ वर्षीया नेल्सन स्की गरेर फर्किने क्रममा २ हजार फिट गहिरो खोंचमा परेकी थिइन् । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी १२ जना बेपत्ता भएका थिए । ति मध्ये १० जनाको सकुशल उद्धार गरिएको थियो भने सङ्खुवासभाका अनुप राई र नेल्सनको मृत्यु भएको हो…

Read More

काठमाडौं – नेपाल पौडी संघको आयोजनामा भएको २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा १४ स्वर्ण, १० रजत र १४ कास्य गरी कुल ३८ पदक प्राप्त गर्दै नेपाल प्रहरीको टिमले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा नेपाल प्रहरीका खेलाडीमध्ये गौरव लामाले १ स्वर्ण र ४ कास्य, सुविज्ञमान तुलाधरले ५ स्वर्ण र १ रजत, युवानलाल श्रेष्ठले १ रजत र ४ कास्य, सनिलकुमार थापामगरले ३ रजत र १ कास्य, रेवान्तबहादुर श्रेष्ठले १ रजत, अभिभ प्रधानले ३ स्वर्ण र १ रजत, आयुक्ति थापाले २ स्वर्ण, समीराशोभा थापा मगरले २ रजत र २ कास्य, सारसी खड्काले १ रजत र ३ कास्य, आर्य महर्जनले २ स्वर्ण तथा…

Read More

काठमाडाैँ – गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोलमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा रेबिया सदालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरेका रेबियाले ३२ वर्षीया श्रीमती दुलारी सदालाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएका प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More