Author: Nisha Shrestha

काठमाडौँ – चिनियाँ जनकंग्रेस अध्यक्ष लि चान्सुको भ्रमणको अवधिमा विरोध जनाउन सक्ने आशंकामा प्रहरीले एकजना पक्राउ गरेको छ । शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट बारा घर भएका विनय यादवलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय एकता अभियानका अध्यक्ष रहेका यादवले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु सँगको भेटघाट पारदर्शी बनाउन माग गरेका थिए । लि आउनुअघि नै विज्ञप्ती जारी गरेर भेट पारदर्शी नभएर विरोध गर्ने चेतावनी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर थुनामा राखेको छ । उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थपेर प्रहरी वृत बानेश्वरको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ । राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता…

Read More

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सु बीच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन् । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चारदिने औपचारिक भ्रमणका क्रममा यही…

Read More

काठमाडौँ – नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको हो। भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी छ। अध्यक्ष लीले आज दिनभर उच्चस्तरिय भेटवार्ता गर्दैछन्। ओलीसँगको भेटवार्तापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। लि ले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

Read More

काठमाडौं – वाग्मती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ । लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १०० अंकमध्ये ७० अंक प्राप्त गरेको खण्डमा सहजै लाइसेन्स प्राप्त गर्न सकिनेछ । संघीय सरकारको यातायात व्यवस्था विभागले तयार गरेको निर्देशिकाअनुसार ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थाअनुसारको मापदण्ड लागू गर्न लागिएको वाग्मती प्रदेशको श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए । ‘अन्य प्रदेशले नयाँ मापदण्ड लागू गरिसकेका छन् । हामी पनि असोज १ बाट लाइसेन्सको परीक्षा हुने पाँचै यातायात कार्यालयबाट नयाँ निर्देशिकाअनुसार परीक्षा सञ्चालन गर्नेछौं,’ उनले भने । प्रदेशको हेटौंडामा एउटा र काठमाडौंमा चारवटा स्थानबाट लाइसेन्सको परीक्षा सञ्चालन हुन्छ । चालु आर्थिक…

Read More

काठमाडौं – सरकारले एकैपटक पाँच सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ का प्रमुख सचिव बिनोदप्रकाश सिंहलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । सिंहको गृह प्रवेशसँगै हालका गृह सचिव टेकनारायण पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने त्यहाँका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा तानिएको छ । अख्तियारमा प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई पठाइएको छ ।

Read More

काठमाडौं- नबिल बैंक(NABIL)ले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ। बैंकले मंगलबजार,इलाम,मुलपानी,सुरुङ्गा,भगवान पाउ (डल्लु), साँखु,काँकडभिट्टा र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो । उपत्यका भित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित र बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौड्याल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा साँखु शाखाको उद्घाटन गरेका थिए । यसैगरी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौडेल तथा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा मंगलबजार शाखाको उद्घाटन गरे । कागेश्वरी मनोहरा वडा ६ का वडा अध्यक्ष प्रकाश फुयाँल र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय…

Read More

काठमाडौँ – सिट बाँडफाँटको सकसमा रहेका सत्तारुढ दलहरुको बैठक आज पनि बस्दैछ। निरन्तर बैठक गरिरहेको कार्यदलसहित शीर्ष नेताहरु आज पनि छलफलमा जुट्ने भएका हुन्। कार्यदलसहित शीर्ष नेतारुको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने कार्यदल सदस्य एवम् राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए। हिजो पनि कार्यदलसहित शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो। कार्यदलका सदस्यहरुका अनुसार आधा जति सिटमा सहमति जुटिसकेको छ। कार्यदलले निर्वाचन क्षेत्रअनुसार बुझाएको सिट बाँडफाँटको खाकामा एक सय हाराहारीमा सहमति जुटेको र ६५ सिटमा दाबी धेरै देखिएकाले सहमति जुट्न नसकेको सदस्यहरुको भनाइ छ। मंसिर ४ को निर्वाचनका लागि कांग्रेसले १ सय…

Read More

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ६ सय पिसिआर परीक्षणका क्रममा १२७ जना र २ हजार ३ सय ५९ एन्टीजेन परीक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १ सय ७१ संक्रमित कोरोनामुक्त भएका छन् ।

Read More

काठमाडौं –  चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु नेतृत्वको टोली काठमाडौं आइपुगेका छन्। सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका ली चानसुलाई सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका थिए। ली चानसु नेतृत्वको टोली सिधै सोल्टी होटल जानेछन्। चिनियाँ दूतावासले उनीहरुका लागि चार दिनको लागि होटल बुक गरेका छन्। केहीबेरको आरामपछि ली चानसु नेतृत्वको टोली बानेश्वरस्थित संसद भवन आउने कार्यक्रम छ। सभामुख अग्नि प्रसाद सापकोटाले उनीहरुलाई स्वागत गर्ने कार्यक्रम छ। उनीहरुबीच हुने छलफलमा द्विपक्षीय सम्झौता हुने बताइएको छ। ली चानसुले भोलि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने ली चानसुले बुधबार भेटवार्ता गर्ने…

Read More

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिठठठपी)ले यहाँ आज आयोजना गरेको मानव विकास प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले त्यसका लागि देशको अर्थतन्त्र सबल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सबल अर्थतन्त्रको निर्माणका लागि नेपालको प्रमुख आधार कृषि, पर्यटन र ऊर्जा भएको जनाउँदै देश विकासका लागि जलस्रोतलगायतका प्राकृतिक स्रोतको उचित प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।  ‘पहिले विद्युत्् उज्यालोका लागि, अबको विद्युत्् उज्वल भविष्यका लागि’ भन्ने मान्यताका साथ सरकारले औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि विकास, लिफ्टमार्फत खानेपानी र सिँचाइका साथै विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो भविष्यका लागि ऊर्जाको…

Read More