काठमाडौं – सरकारले एकैपटक पाँच सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ का प्रमुख सचिव बिनोदप्रकाश सिंहलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सिंहको गृह प्रवेशसँगै हालका गृह सचिव टेकनारायण पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।
बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने त्यहाँका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा तानिएको छ । अख्तियारमा प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई पठाइएको छ ।
Facebook Comments Box