Author: Nisha Shrestha

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत पुग्न लागेका छन् । आफूमाथि लागेको महाभियोग प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएको दाबी गर्दै जबरा अदालत फर्कन लागेका हुन् ।

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन् । आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवं विशिष्ट पहिचान भएको पर्व हो । उहाँले शुभकामना सन्देशमार्फत हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गरेका छन्। साथै उनले यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्नमा टेवा पुर्‍याएको बताए । यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका…

Read More

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आम मतदाताले संसद् विघटन गर्नेलाई नभई कांग्रेसलाई मत दिने दाबी गरेका छन्। पिता गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले आसन्न निर्वाचनबाट नेपाली कांग्रेसले नै ‘म्यान्डेट’ पाउने दाबी गरे। संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहले बताएका छन्। सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँडबारे भइरहेकाले छलफलले छिट्टै निकास पाउने उनको भनाइ छ। ‘गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ’, उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’ गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेता सिंहले नेपाली राजनीतिमा गणेशमान…

Read More

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट संविधान घोषणा हुँदा देशमा राजनीतिक स्थायित्व, विकास र सम्मृद्धिको बाटोमा लाग्ने विश्वास गरे पनि त्यो सफल भएनको बताएका छन् । प्रतिनिधिसभाको अन्तिम बैठकलाई आज सम्बोधन गर्दै उनले संविधानविपरित सदनले झण्डै अकाल मृत्युवरण गर्नु परेको बताए । उनले संविधानले निर्देशित गरेअनुसार पाँच वर्ष सदन चल्ने अनुमान गरे पनि यसले विभिन्न अवरोध व्यहोर्नु परेको बताए । सरकार गठनको तीन वर्षमै संविधानअुनसार सरकार अघि बढ्न सकेन । यसले अस्थिरता निम्त्याउन खोजेको थियो । यस्तै, प्रतिपक्ष दलकाका नेता केपी शर्मा ओलीले आरोप लगाए जस्तो अहिलेको सरकार परमादेशी नभइ जनदबाब र संविधानअनुसार बनेको उनले बताए ।…

Read More

धनगढी – अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका-६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका-५ बस्ने १७ वर्षीय जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीय मेनिका शाही, तीन वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाही र कमलबजार नगरपालिका-६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी,१५ वर्षीय…

Read More

कञ्चनपुर – पुनर्वास नगरपालिका ५ स्थित सिमरी र रातोखाली गाउँमा दोदा नदिको बाढी पस्दा १४३ घर डुबानमा परेका छन् । बाढीबाट प्रभावित क्षेत्रका स्थानीयहरुको उद्धारमा नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीय जुटिरहेका छन् । पुनर्वास नगरपालिकाले उक्त बाढी पिडितहरुलाई सुरक्षित स्थानमा राख्ने र राहत खाद्य सामाग्री र उद्धार सामाग्री उपलब्ध गराइ रहेको बाढी प्रभावित क्षेत्रमा पुगेका मेयर तोयप्रसाद शर्माले बताएका छ ।

Read More

काठमाडौँ – दुई पटक संसद् विघटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसद् सफल भएको बताएका छन् । वर्तमान संसद्ले काम गर्न नसक्ने भन्दै उनले दुई पटक संसद् विघटन गरेका थिए । पछि पुनः स्थापित संसद्मा समेत उनले ‘यो संसद्ले काम गर्न सक्दैन’ भनी सम्बोधन गरेका थिए । वर्तमान संसद्को अन्तिम बैठकमा शनिबार ओलीले यो संसद् सफल रहेको बताए । ‘राष्ट्रियताको रक्षा, महत्त्वपूर्ण कानुनहरू निर्माणसहितका हिसाबले यो संसद् सफल भएको छ,’ उनले भने, ‘जनादेश खल्बल्याउने काम गरेकाले ताजा जनादेशका लागि जानुपर्छ भनेर मैले विघटन गरेर चुनाव घोषणा गरेको थिएँ ।’ उनले सत्ता गठबन्धन अहिले बाध्यताले मात्र निर्वाचनमा सहभागी…

Read More

काठमाडौँ– प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पूरक प्रश्नको बयान सम्पन्न गरेको छ । शनिबार बसेको समिति बैठकले बयानको लिखित रुपमा हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । यसअघि बयान सुनेर हस्ताक्षर गरेका जबराले शनिबार भने नसुनिकनै सबै बयानमा हस्ताक्षर गरेको उनले बताए । महाअभियोग प्रस्तावमाथि अनुसन्धान सकियो प्रतिवेदन तयार गर्न बाँकी रहेकाले आजै दिउँसो अर्को बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिन विश्वकर्माले बताए । समितिले शनिबार नै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

Read More

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा अछाम जिल्लाका धेरै ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको हुँदा तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरिएको छ । बैठक प्रारम्भ हुनेबित्तिकै सांसद भीमबहादुर रावलले अविरल वर्षाका कारण अछाम जिल्लामा धेरै ठूलो धनजनको क्षति भएको र अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको अवस्था रहेको जानकारी गराउँदै गृहमन्त्रीसँग तत्काल उद्धार र राहतका लागि आग्रह गरे । उनले अहिले पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी पहिरोले बाटो अवरुद्ध भएका कारण जान नसकेको हुनाले हेलिकप्टरमार्फत लत्ताकपडा, खाना र घाइतेको उपचारका लागि सामान पुर्‍याउने काम गर्न अनुरोध गरे । उनले नेपाली सेनाको हेलिकप्टरमा चिकित्सकसमेत पठाएर घाइतेको उपचार…

Read More

काठमाडौं – नेकपा एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नागरिकताको विषयमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् । शनिवार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले एमाले नागरिकता समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले जन्म सिद्धका सन्तानलाई अध्यादेश मार्फत वंशजको नागरिकता दिने व्यवस्था ल्याएको बताए । तर त्यसलाई अदालतमा मुद्दा हालेर असफल पारिएको दाबी गरे । उनले एमालेले जन्म सिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कानुन बनाउँ भन्दा प्रोपोगान्डा गर्न खोजेको दाबी गरे ।

Read More