Author: Nisha Shrestha

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याको बारेमा आफूले गर्दै आएको दाबीलाई शास्त्र र तथ्यले अन्यथा भन्छ भने स्वीकार्न तयार रहेको बताएका छन् । उनले अयोध्याको विषय आफूले पोलिटिकल स्टन्टका लागि नउठाएको भन्दै इतिहासको यथार्थलाई उजागर गरेको बताए । ‘राम जन्मेकै अयोध्या (माडी) मा हो, डेढ सय वर्षअघि मात्रै अङ्ग्रेजहरूले त्यहाँका हिन्दु र मुसलमानलाई खुसी पार्नका लागि एकातर्फ फैजावाद र अर्कोतर्फ अयोध्या भने,’ उनले भने, ‘यो सत्य तथ्यलाई मैले खाली उजागर गरेको हुँ । यदि शास्त्र र तथ्यले अर्को भन्छ भने म त्यस विषयमा ओपन नै छु । मेरो कुनै आग्रह होइन, इतिहासलाई यथार्थ ढङ्गले चलाउनुपर्‍यो । यो प्रश्न पोलिटिकल स्टन्टसँग…

Read More

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न गृहमन्त्री र कानुन मन्त्री प्रचण्ड निवास खुमलटार पुगेका थिए।भेटवार्ताका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको थियो। प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिन मात्र बाँकी रहेका बेला संसदमा रहेका विभिन्न विधेयकबारे दुई मन्त्रीले प्रचण्डसँग छलफल गरेका छन्। भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको स्रोतको भनाइ…

Read More

दार्चुला – महाकाली नगरपालिकाले आज शोक बिदा दिएको छ । २४ गते राती परेको अविरल वर्षाका कारण लास्कु खोलामा आएको बाढीका कारण महाकाली नगरपालिका वडा १ देखि ४ सम्मका विभिन्न ठाउँमा व्यापक धनजनको क्षेति भएको घटनाले नगरपालिकालाई स्तब्ध बनाएको जनाएको छ । नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै महाकाली नगरपालिका मातहतका कार्यालय, तथा शिक्षण संस्था कार्यालयहरू आज बन्द गरेको जनाएको छ । महाकाली नगरपालिकाका नगर प्रमुख नरसिह चैसिरद्धारा हस्ताक्षरित पत्रमा मृतक प्रति संवेदना प्रकट गर्दे नगरपालिका नगर कार्यपालिकाको आइतबार बसेको बैठकले २७ गते नगरपालिका मातहतका कार्यालयहरू बन्द गरी सार्वजानिक बिदा दिने निर्णय गरेको उल्लेख छ । साथै नगरपालिकाले एक हप्तासम्म विद्यालय बन्द भएका शिक्षक तथा…

Read More

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय ९२ पिसिआर परीक्षणका क्रममा ८९ जना र १ हजार ९ सय ९५ एन्टीजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २ सय १ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ३ सय १६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ – प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौँ-निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले आयोजनाको ठेक्का सम्झौतासम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई आधार मानेर ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्नहरूलाई कारबाही गर्न निर्देशन दिएको हो। सार्वजनिक खरिद ऐनअनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेकाले सम्बन्धित पदाधिकारीहरूलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयलाई सचेत गराइएको समितिकी सभापति कल्याणी कुमारी खड्काले जानकारी गराइन्।

Read More

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६ अंकमा ओर्लिएको छ । कुल २६ कम्पनीको मूल्य बढ्दा १५६ को घट्यो भने ७ को स्थिर रहेको छ। दिनभर कुल ७४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भयो । बैंकिङ ३, विकास बैंक ५३, फाइनान्स २२, होटल तथा पर्यटन ३७, जलविद्युत् ३४, जीवन बीमा ३९, उत्पादन ५, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा ३८ र व्यापार उपसमूह ११ अंक घटेको छ । अन्य उपसमूह ४ अंक बढ्यो । मैलुङखोला पावरको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशत बढ्यो । छ्याङ्दी हाइड्रोको मूल्य सबैभन्दा धेरै…

Read More

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसँगको तातोपानी नाकालाई सहज रूपमा खुल्ला गर्न आफूले निरन्तर चिनियाँ अधिकारीसँग  छलफल गरिरहेको बताएका छन्। आइतबार कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरूको टोलीसँगको छलफलका क्रममा मन्त्री खड्काले उक्त नाकालाई सहज रूपमा सञ्चालनका लागि आफूले पटक पटक चिनियाँ अधिकारीसँग छलफल गरेको बताएका हुन्। उनले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज भए पनि पछिल्लो समय देखिएको विभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे। तिब्बतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुल्ला गर्नका लागि आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइएको उनले बताए। उनले आपूर्ति सहज गर्नका लागि आफू…

Read More

काठमाडौं – मलंगवा नगरपालिका-८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रूपैयाँ सहित बाँके कोहलपुर नगरपालिका-६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको बा.९८ प ७१५८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपाल सहितको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरू आगामी असोज १ गते बिदा हुने भएका छन् । असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरुलाई बिदाइ गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । ५ वर्षअघि अर्थात् २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसदहरू पहिलो पटक सोही सालको फागुन २१ संसद प्रवेश गरेका थिए । प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निर्क्योल भएसँगै सोही दिन अर्थात् असोज १ गते अन्तिम बैठक राखेर सांसदहरुलाई बिदाइ गर्न लागिएको हो । संसद सचिवालयले भदौ २९ गते बैठक राखेको छ…

Read More

बुटवल – बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए । विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए । सम्पर्कविहीन भएका मध्ये समिर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उहाँसँग सम्पर्कमा आएकोे इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । “परिवारमार्फत बालकहरू सम्पर्कमा आएको खबर पाएका छौँ । अब बालकहरू आएपछि नै उनीहरू किन कसरी गए भन्ने कुरा…

Read More