Author: Nisha Shrestha

काठमाडौँ – ५ दिनदेखि अनसनरत डा. गोविन्दको स्वास्थ्यवस्था जटिल बनेको छ । विभिन्न मागसहित धनगढीमा अनसनरत केसी अस्वस्थ्य भएसँगै बिहीबारबाट सेती प्रादेशीक अस्पताल धनगढीमा उपचाररत रहेका छन् । काठमाडौं । ५ दिनदेखि अनसनरत डा. गोविन्दको स्वास्थ्यवस्था जटिल बनेको छ । विभिन्न मागसहित धनगढीमा अनसनरत केसी अस्वस्थ्य भएसँगै बिहीबारबाट सेती प्रादेशीक अस्पताल धनगढीमा उपचाररत रहेका छन् । आज अस्पतालले एक विज्ञप्ति जारी गर्दै टाउको दुख्ने, रिंगाटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरिरको मांशपेशी दुख्ने, मुटुको धड्कन बढ्नेदेखि पाँचौ दिनमा २ केजी तौल घटेको जानकारी गराएको छ । त्यसैगरी पोषण तत्व र पानीको मात्रा कम भइ जटिलता बढ्दै गएको अस्पताल…

Read More

धनगढी – धनगढी विमानस्थलको रनवेमा स्याल छिरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ । काठमाडौँबाट गएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो । ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेर पछि अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको जानकारी दिए । उनकाअनुसार अन्य प्राविधिक समस्या नभएर रनवेमा स्याल प्रवेश गरेका कारण जहाजले आकाशमा फन्को मार्नुपरेको हो । विमानस्थल कार्यालयकाअनुसार बेलाबखत ग्राउण्डमा स्याल प्रवेश गर्दा समस्या हुने गरेको छ । शुक्रबार बिहानैदेखि वर्षा भइरहे पनि धनगढी विमानस्थलमा हुने हवाइ उडान भने…

Read More

मनिला – फिलिपिन्समा बिहीबार मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जनामा सङ्क्रमण भएको बताइएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३९ लाखभन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण भएको जनाइएको छ । साथै यहाँ कोभिडका कारण बिहीबार मात्र ३१ जनाको ज्यान गएको फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको हो ।यो समेतगरी यहाँका ६२ हजार चार सय ४७ जनाको कोभिडबाट निधन भएको थियो । फिलिपिन्सको मेट्रो मनिला क्षेत्रमा कोभिडले सबैभन्दा बढी प्रभावित बनाएको छ । सो क्षेत्रमा मात्र कम्तीमा पनि एक हजार नयाँ सङ्क्रमित बिहीबार थपिएका बताइएको छ । यहाँ गत जनवरीमा एकै दिन ३९ हजार जनामा पनि सङ्क्रमण भएको…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई बिदाइ गरेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गरेका हुन् । उनले सांसदहरूलाई ४ मंसिरमा हुने निर्वाचनमा लाग्न निर्देशनसमेत दिए । असोज २ मा समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका भएकोले संसदको कार्यकाल सोही दिन सकिँदै छ । सोही कारण एमालेले शुक्रबार नै सांसदहरूलाई बिदाइ गरेको हो ।

Read More

पोखरा – विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७९ हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज १० गते (घटस्थापना)देखि नवमीसम्म उक्त महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा शोभायात्रा र श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । युवा पण्डित नारायण देवकोटाले सङ्गीतमय झाँकीसहित कथा वाचन गर्नुहुने सो महोत्सवमा नवमीदेखि प्रत्येक दिन बिहान ९ देखि १२ बजेसम्म र मध्याह्नदेखि अपराह्न ४ बजेसम्म महायज्ञ हुने उहाँले बताउनुभयो । पहिलो दिन देवीका नौ रुपस्वरुप नव कन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न सङ्घसंस्थाको उपस्थितिमा शोभायात्रा गर्दै महोत्सव सुरु गरिने छ ।…

Read More

सिरहा – सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेका हुन् । घटनाबारे पुष्टि गर्दै सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटरले नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा लगाइसकेको जनाएको छ । घटनाको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

गुल्मी – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)का महासचिव रुपा बुढा मगर र नेकपा(बहुमत)का गुल्मी संयोजक चिराग र क्रान्तिकारी कै केन्द्रिय सदस्य पदम नेपाली सहितका दुई दर्जन विद्यार्थी नेतालाइ प्रहरीले गिरफ्तार गरेको छ । उनिहरुलाई गिरफ्तार गरि गुल्मी जिल्ला प्रहरी कार्यलय गुल्मी तम्घासमा राखिएको छ । अखिल (क्रान्तिकारी)को गुल्मी जिल्लाको सम्मेलन उद्घाटन गर्न पुगेका मगर सहितको टोलीलाइ प्रहरीले गिरफ्तार गरेको क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीले राज्यले बिद्यार्थीको सम्मेलनमा प्रहरी हस्तक्षेप गर्नु निन्दनीय कार्य भएको समेत बताएका छन् ।

Read More

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले दिएको बयानमा हस्ताक्षर नगर्ने बताएका छन्। बयान दिन महाभियोग सिफारिस समितिमा पुगेका जबराले आफूले दिएको बयानको विवरण सुनेपछि हस्ताक्षर नगर्ने बताएका हुन्। समितिका एक सदस्य मीन विश्वकर्माका अनुसार सुरुमा जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको एक पेजमा हस्ताक्षर गरिदिने बताएका थिए । तर हस्ताक्षर गर्न दिने बेला उनले नमानेपछि अहिले अध्योपान्त पढेर सुनाउने काम भइरहेको विश्वकर्माले जानकारी दिए । विश्वकर्माले भने, ‘मैले बोलेका सबै कुराहरु बयान हुन् र अन्तिममा एक पेजमा हस्ताक्षर गर्दिन्छु, यो ठूलो रैछ, झण्डै दुई सय पेजको कपी मैले घरमा पढ्न पनि सक्दिनँ भन्नुभयो । बैठकमा ठ्याक्कै सही गर्नलाई…

Read More

काठमाडौं – नेपाली कांग्रेसले पाल्पाका पार्टीका नेता विजयराज घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गर्दै घिमिरेको निधनप्रति गहिरो दुःख व्यक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । सभापति देउवाले घिमिरेको निधनमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । क्यान्सर रोगबाट पीडित घिमिरेको भदौ ३० गते बिहीबार राति ८.१५ बजे उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । विसं २०५६ र २०७४ को आम निर्वाचनमा पाल्पा क्षेत्र नं १ बाट…

Read More

काठमाडौं – शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो। हिजो सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको थियो। बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

Read More