काठमाडौं – शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो। हिजो सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको थियो।
बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
Facebook Comments Box