Author: Nisha Shrestha

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए । ‘समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भूमिका छ, यसलाई सरकारले प्राथमिताका साथ बजेट विनियोजन गरेको छ’, प्रधानमन्त्री देउवाले भने । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले प्राथमिकता दिएको उनले उल्लेख गरे । उनले कोभिड–१९ को समयमा चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई…

Read More

काठमाडौं – नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने २ जना व्यक्ति आज पक्राउ परेका छन् काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलिले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ मा रहेको राधेराधे ट्रायल सेन्टरबाट टुकुसिंह तामाङ र राज कुमार श्रीमललाई पक्राउ गरेको हो। सिन्धुलीको दुधौली नगरपालिका १४ घर भएका मनिष प्रसाद सेढाईको नाममा ट्रायल दिँदै गर्दा सोहि ठाउँका २१ बर्षिय टुकुसिंह तामाङ र गोरखाको भिमसेनस्थान गाउँपालिका घर भएका ओमहरि ताम्राकारको नाममा ट्रायल दिँदै गर्दा सोहि ठाउँका २२ बर्षिय राज कुमार श्रीमललाई पक्राउ गरेको हो। गत साउन १९ गते देखी हालसम्म ६ जना नक्कली परिक्षार्थीहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन् । चुनावमा जितरहार दुवै हुने भए पनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको अनभूति सुनाए । काठमाडौँको बूढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा उनले विद्यार्थीलाई पनि परीक्षामा फेल होइएलाकी भन्न डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए । पूर्वमन्त्रीसमेत रहेका महामन्त्री थापाले सफलता र असफलता दुवै जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीको पठनपाठनलाई अघि बढाउन विद्यालयलाई आग्रह गरे । ‘एउटा चुनाव जित्यो । त्यसपछि खुसी भयो । त्यसपछि अर्को…

Read More

काठमाडौं – कोलम्बियाको पश्चिमी क्षेत्रमा भएको आक्रमणमा कम्तीमा सात जना प्रहरी अधिकृत मारिएका छन् । राष्ट्रपति गुस्ताभो पेट्रोले ६० वर्षे द्वन्द्व अन्त्य गर्ने वाचा गर्दै आफ्नो पदभार ग्रहण गरेयता सुरक्षा बलमाथि भएको सबैभन्दा घातक हमलाको रुपमा यो घटनालाई लिइएको छ । प्रहरी अधिकृतहरूको टोली गाडीबाट गस्ती गर्ने क्रममा शुक्रबार सान लुइसमा प्रहरी टोलीलाई लक्षित गर्दै गरिएको विस्फोट गरिएको थियो । उक्त घटनामा जम्मा ८ जना प्रहरी मारिएको बताइएको छ । उक्त घटनाप्रति दुस्ख व्यक्त गर्दै राष्ट्रपति पेट्रोले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पेट्रोले उक्त घटनालाई शान्ति खलबल्याउने घटनाको रुपमा व्याख्या गरेका छन् । पूर्वविद्रोही समेत रहेका राष्ट्रपति…

Read More

काठमाडौं – पोखरादेखि भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शिलान्यास गरेका छन् । शनिबार एक कार्यक्रमबीच भरतपुर ओरालोमा विजुलीका तार भूमिगत गर्ने परियोजनाको उनीहरुले शिलान्यास गरेका हुन्। प्रचण्ड र घिसिङले गैँचीले खनेर शिलान्यास गरेका हुन्। उक्त आयोजना अन्तर्गत पोखरा महानगरपालिका र भरतपुर महानगरपालिका अन्तर्गतका मूख्य सडकहरू विजुलीका तार भूमिगत गरिने विद्युत् प्राधिकरणले जनाएको छ। शिलान्यास कार्यक्रमपछि बोल्दै प्रचण्डले भरतपुरबाट देशभर विकास र समृद्धिको सन्देश दिने आफ्नो संकल्प रहेको बताए। करिब तीन अर्बको लागतमा बन्ने उक्त आयोजनामा नेपाल सरकार र विद्युत् प्राधिकरणको…

Read More

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपमा फरार एक अभियुक्तलाई प्रहरीले नक्सालस्थित मेरियट होटेलबाट पक्राउ गरेको छ । यूएईबाट फ्लाई दुबईको विमानबाट शुक्रबार बिहान विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति १० बजे मेरियट होटेलबाट पक्राउ गरेको हो । आलमलाई प्रहरीले विमानस्थल अध्यागमन कार्यालयलाई बुझाएको छ ।

Read More

चितवन – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज यहाँ शिलान्यास गर्दै अध्यक्ष दाहालले सङ्कल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए । जनताको चाहना विकास र समृद्धि भएको उल्लेख गर्दै उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना हो ।’ भूमिगत विद्युतीकरणले जनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उनको भनाइ थियो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम…

Read More

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २४औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले भने, ‘सरकारले होसियारीपूर्वक लिएका नीतिहरूका कारण नेपाल श्रीलंकाको बाटोमा जान पाएन ।’ अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको भन्दै उनले आगामी दिनमा सझै सकारात्मक हुने उल्लेख गरे । उनले बजेटमा निर्यात प्रवर्द्धन गर्न लिएका नितिको फाइदा लिन व्यवसायीसङ्ग उनले आह्वान समेत गरे । गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको उनको भनाइ छ । आर्थिक पत्रकारहरुको छाता सङ्गठन सेजनले शनिबार स्थापनाको २५औँ…

Read More

काठमाडौ‌ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि फारम बुझाउन आह्वान गरेको छ। शुक्रबार परीक्षाफल प्रकाशन गरेको बोर्डले शनिबार सूचना निकालेर फारम बुझाउन आह्वान गरेको हो। बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा आगामी असोज ३० र ३१ गते हुनेछ। परीक्षामा सहभागी हुन असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्कवापत प्रतिविद्यार्थी ६०० रुपैयाँ बुझाउनुपर्ने सूचनामा उल्लेख छ। तोकिएको अवधिमा फारम भर्न छुटेका विद्यार्थीले असोज १४ गतेभित्र दोब्बर दस्तुर तिरेर असोज २५ गते कार्यालय समयभित्र बोर्डको सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फारम बुझाउनु पर्नेछ। दुई विषयमा ननग्रेडिङ अर्थात् एनजी आउने परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ।

Read More

काठमाडौं – नेपालमा गत २४ घण्टामा २०६ जना कोरोना संक्रमित थपिएका छन् भने ३ संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ८६९ नमूनामा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभरमा ३९८ जना कोरोनामुक्त भए भने ९८ हजार ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा २ हजार ८९१ जना सक्रिय संक्रमित रहेका छन् ।

Read More